Wednesday, April 14, 2021
Home बिचार जनादेशअनुसार जुटेर अघि बढ

जनादेशअनुसार जुटेर अघि बढ

,

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ । चर्चामा सत्ताधारी नेकपा र प्रतिपक्षमा रहेको नेपाली कांग्रेस आएका छन् । नेकपाको दाहाल–नेपाल समूह ओली सरकारको विकल्प खोज्नेगरी अघि बढे पनि पार्टीको कानुनी अड्चनका कारण त्यो त्यति सहज भने छैन । त्यसैले अब बन्ने सरकार कसको भन्नेमा टुंगो लागिसकेको छैन त्यसका लागि पनि लामो संसदीय प्रक्रियाबाट गुज्रनुपर्छ । सायद सर्वोच्चले दिएको १३ दिनभित्र यी काम हुन सक्नेछन् । त्यो भनेको सरकार निर्माणकै हो । वर्तमान सरकार रहिरहन पनि सक्छ र नरहन पनि सक्छ । यस कुराको फैसला अधिवेशनका लागि बोलाइएको संसद्भित्र अविश्वासको प्रस्ताव राखिन्छ वा राखिँदैन भन्नेसँग सम्बन्धित छ । सत्ताधारी पार्टी आफैंले निर्णय गरेर अधिवेशनभन्दा अघि पनि यो कुराको टुंगो लगाउन सक्छ । बहुमतप्राप्त गरेको हैसियतले उसलाई अझै यो सुविधा छ । जनताले नेकपालाई पाँच वर्षको जनादेश दिएकाले नेकपाभन्दा इतर शक्तिको सरकार खोज्नु जनादेशको अपमान हो ।

त्यसैले सत्तारूढ दल नेकपा अझै पनि सकिन्छ भने मिल्नुको विकल्प छैन । आफूआपूm झगडा गरेर सत्ताको चाबी अन्य कुनै दललाई सुम्पिने स्थिति आयो भने इतिहासमा नेकपाका लागि त्योभन्दा ठूलो भुल अरू केही हुने छैन र आगामी दिनमा जनतासमक्ष निर्वाचनमा जाँदा पनि नेकपासँग जनताअघि मुख देखाउन सक्ने अवस्था पनि नरहन सक्छ । जित्नुको त परै जाओस् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षका लागि जनताको जनादेश प्राप्त गरेको छ । यो जनादेशमाथि हाल भएगरेका राजनीतिक क्रियाकलापले पूर्णध्वस्त नै हुनेगरी असर पारेको छैन । राजनीति हो, त्यसैले मिलेर जाँदा आकाश खस्ने र धरती भासिएर जाने पनि देखिँदैन । जनता यसको पक्षमा छन् । जनताका लागि यो स्वीकार्य पनि छ । जनताले हाँसीहाँसी पचाउँछन् । जनताको म्यान्डेटको सम्मान गर्न नेता लजाउनु पनि आवश्यक छैन । जनता त खुसी हुन्छन् उनीहरूले दिएको म्यान्डेटको सम्मान गरेकोमा । पार्टी विधानतः फुटेको छैन । निर्वाचन आयोगले पनि यसलाई फुटेको मान्यता दिएको छैन । बरु पार्टी ठुल्ठुला भएका छन् । श्रीवृद्धि राम्रै कुरा हो । यही अवस्थामा मिलनबिन्दु खोज्ने हो भने युवालाई नेतृत्वमा ल्याउने गरी खोज्न सकिन्छ । पनि नेपाली राजनीतिको एउटा नौलो प्रयोग नै हुनेछ । नेताका तिक्तता आफ्ना ठाउँमा होलान् । बुढो गोरु बिसाउँदै लड्दै गर्दा लडाइँमा चित्त नबुझेको पनि होला तर कार्यकर्ता र जनता एकताको पक्षमा छन् । यो कुराको समय छँदै बोध हुनु जरुरी छ । मानिसलाई पछुताउन पनि समय चाहिन्छ । समय छँदै सोच पुगोस् ।

अर्को कुरा, ‘घर फुटे गवाँर लुटे’को स्थिति पैदा हुन नदिन नेताले सोच्नुपर्छ । सायद सामान्य जनता र नेता हुनुमा चाहिने आवश्यक ताŒिवक अन्तर भनेको यही कुरा पनि होला । यसको बोधले नेपाल, नेपाली, राष्ट्रियता र जनताका अपेक्षाको सम्बोधन हुन सकोस् । राजनीतिमा थकाइ पनि हुँदैन र दुस्मनी पनि । तर, यसपालि मित्रता देखियोस् र अविराम देश र जनताका सेवामा नेकपा जुटोस्, यो जनताको जनादेशबाट अभिव्यक्त जनमत पनि हो । जनादेशअनुसार जुटेर अघि बढ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

साताका लोकप्रिय समाचार

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख...

‘लाल मोहन जि’ मा विपिन कार्की

काठमाडौंँ । फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई बर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

ट्रेन्डिङ

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । स्थानीय पूर्वी क्षेत्रमा रहेको...

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडाैं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश,...

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए ।...

चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ...

वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको दोस्रो...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

कोरोना त्रास : उपत्यकाबाट यात्रु बाहिरिने क्रम बढ्यो

काठमाडौँ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु...

नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ । कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकमा बृद्धि भएको हो...

छोरीले गरिन् आमाको दाहसंस्कार

महेन्द्रनगर । हिन्दु समाजमा नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको बेला कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडा टोलकी बिस्ना देवी...

समीक्षाको उपचार खर्च एन्फाले बेहोर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरायसी कामको दौरान काम गर्ने क्रममा दायाँ आँखामा गम्भीर चोट लागेकी यू–१६ महिला फुटबल खेलाडी समीक्षा मगरको...

सप्तरीका ४० जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्दार

राजविराज । सप्तरी जिल्लाका १२ महिलासहित ४० जना सहयोगापेक्षी सडक मानवको आइतबार उद्दार गरिएको छ । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत यहाँ आइपुगेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)