Wednesday, April 14, 2021
Home बिचार भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

,

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने गरी विभिन्न खाले हर्कत हुन थालेका छन् । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि यही विषयलाई जोडेर संवैधानिक आयोगमा भएका नियुक्ति पनि बदर गरिनुपर्ने कलुषित आवाज उठिरहेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको विषय र संवैधानिक आयोगमा नियुक्ति भएको विषय फरकफरक विषय हुन् । त्यसैले संवैधानिक परिषद्ले गरेको सिफारिस र नियुक्तिको विषय प्रतिनिधिसभा पुनस्र्थापनासँग जोड्न जरुरी छैन ।

अहिले अख्तियारलाई विभिन्न कोणबाट प्रहार गरेर हुर्मत लिने केही षड्यन्त्र पनि भइरहेका छन् । प्रधानन्यायधीशसमेत संलग्न रहेको संवैधानिक परिषद्को सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति भएको हो । संविधान र कानुनको अन्तिम व्याख्या गर्ने मुख्य निकायको प्रमुख नेतृत्वमा रहेका प्रधानन्यायधीशले नै अख्तियारलगायतका संवैधानिक निकायका प्रमुखलाई शपथ खुवाएर काम गर्ने बाटो खोलिदिएका हुन् । त्यसैले अहिले पनि यो विषयलाई विवादको विषय बनाउनुका पछाडि ठूलै स्वार्थ समूह लागिरहेका छन् । सम्मानित सर्वोच्च अदालतमा रिट परे पनि अदालतले अन्तरिम आदेशसमेत नदिएर रिटलाई सामान्य अवस्थामा राखेको छ । त्यसैले यतिखेर अख्तियारलगायत अन्य संवैधानिक निकायलाई उच्च मनोबलका साथ काम गर्न कुनै बाधा पर्ने अवस्था छैन । तर, विभिन्न खालका गलत कथा बुनेर यतिखेर अख्तियारको नवनियुक्त नेतृत्वलगायतका पदाधिकारीको मनोबल गिराउने र उनीहरूलाई कामै गर्न नदिने काला षड्यन्त्र पर्दाभित्र बुनिन थालेका छन् ।

ती सबै षड्यन्त्रलाई अख्तियारका प्रभावकारी एक्सनले परास्त गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा उठ्न पुगेको छ । त्यसैले अख्तियारलगायत संवैधानिक निकायको अन्य नेतृत्व यस्ता काला हर्कतसँग डराएर बस्नुहँुदैन । अब भ्रष्टचारीको मुटु काम्ने र हल्लिने गरी छिटोभन्दा छिटो एक्सनमा जानुपर्छ । वर्षांैदेखि मुलुकका विभिन्न क्षेत्रमा दादागिरि मच्चाउँदै आएका आर्थिक माफियाले विगतदेखि अख्तियारलगायतका राज्यका महŒवपूर्ण निकायमा आफू निकटका व्यक्तिलाई लैजाने र उनीहरूकै संरक्षणमा आर्थिक अपराध मच्चाउने कुचेष्टा गर्दै आएका हुन् । विभिन्न कालखण्डमा उनीहरू सफल पनि भएका थिए । संवैधानिक निकायका पदाधिकारी तथा राज्यका विभिन्न महŒवपूर्ण पदमा रहनेसँग अपवित्र साँठगाँठ गर्र्दैै अकुत सम्पति आर्जन गर्ने अपराधीका अहिले सबै बाटा बन्द हुन थालेपछि उनीहरू बर्बराउन थालेका छन् । त्यस्ता अपराधी अनेक भेषमा छन् ।

अख्तियारलगायत संवैधानिक निकायका अन्य नेतृत्व यस्ता काला हर्कतसँग डराएर बस्नुहँुदैन । अब भ्रष्टचारीको मुटु काम्ने र हल्लिने गरी छिटोभन्दा छिटो एक्सनमा जानुपर्छ

अनेक भेषमा रहेका त्यस्ता अपराधीले सम्पति शुद्धीकरण गरेर करोडौं रुपैयाँ आर्जन गरिरहेका छन् । त्यसैले सम्पति शुद्धीकरण अनुसन्धान विभागले त्यस्ता अपराधीलाई पानीमुनि गए पनि नछोड्नेगरी आफ्ना संयन्त्र परिचालन गर्न ढिलाइ गर्नुहँुदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका ती निकायसँग समन्वय गरी निजी क्षेत्रमा रहेका आर्थिक अपराधीलाई पाता कस्ने वातावरण सिर्जना गराउन सक्नुपर्छ । यसैगरी राजस्व छली गर्ने राजस्वमारालाई राजस्व अनुसन्धान विभागमार्फत कानुनी दायरामा ल्याउन सक्नुपर्छ । कमिसनखोर, भ्रष्ट, बिचौलिया र तस्करलाई अब आलिसान महलबाट सडकमा पु¥याउन सक्नुपर्छ ।

पक्कै पनि भ्रष्टाचारीलाई पाता कस्ने काम सहज छैन । भ्रष्ट, माफिया र तस्करको जगजगी रहेको हाम्रो समाजमा इमानदार व्यक्तिलाई काम गर्न र बाँच्नै कठिन छ । भ्रष्टको जरा उखेल्न खोज्दा आफंै हट्नुपर्ने दुःखदायी अवस्था पनि हामी कहाँ छ तर हिम्मत हार्नुहँुदैन । सत्यको जित निश्चित छ ।

सरकारका अधिकांश निकाय भ्रष्टचारको अखडा बन्ने र उनीहरूसँगको अपवित्र गठबन्धनले निजी क्षेत्र तथा अन्य व्यक्ति विशेष मोटाउने प्रवृत्ति हामीकहाँ व्यापक छ । त्यसैले पनि अब अख्तियारले सबै सरकारी निकायलाई सिस्टममा हिँड्ने बनाउन सक्नुपर्छ । अहिले जहाँ जहाँ सरकारी निकाय सिस्टममा हिँड्न सकेका छैनन् त्यहाँ नै बढी भ्रष्टचार र कमिसनतन्त्र हावी छ । कमिसनतन्त्रको समुल नष्ट गर्नुपर्छ । विशेषगरी स्वास्थ्य, शिक्षा, भूमि, वन, यातायात, राजस्वलगायतका क्षेत्रमा माफिया, तस्कर र बिचौलियाको बिगबिगी छ । अब अख्तियारले ती सबै क्षेत्रलाई सूक्ष्म रूपमा अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।

अख्तियारले यो तेरो, त्यो मेरो नभनीकन भ्रष्टचार गर्ने र बेथिति गर्नेविरुद्ध आगो बाल्नुपर्छ । राज्यसंयन्त्रका विभिन्न निकायमा वर्चस्व जमाउने र आफ्नो नियन्त्रणमा राख्न खोज्ने माफिया, बिचौलिया र तस्करले अख्तियारलगायतका संवैधानिक निकायलाई पनि विभिन्न प्रपञ्च गरी आफ्नो मुठीमा राख्ने प्रयास गर्छन् । विगतमा पनि पटकपटक त्यस्ता प्रयास हुँदै आएका हुन् । अहिले अख्तियारको नेतृत्वलाई त्यसरी नियन्त्रणमा राख्न सक्ने अवस्था नआएपछि त्यो कुतŒव विभिन्न नक्कली कथा रचेर अख्तियारका प्रमुखलगायतका पदाधिकारीको चरित्र हत्या गरी उनीहरूको मनोबल गिराउने अपराधिक खेलमा लागिरहेको छ ।

विगतमा सरकारका विभिन्न निकायमा रहँदा कतिपय सरकारी कामको सिलसिलामा निर्णय गर्नुपर्ने विषयमा भएका केही निर्णयलाई आधार बनाएर अख्तियार प्रमुखलाई नै भ्रष्टाचार गरेको अनावश्यक आरोप लगाउने काम गरिएको छ । नागरिक समाजले स्वतन्त्र छानबिन गरोस् । अख्तियारको नेतृत्वलाई आरोप लगाउने पक्ष र अख्तियार नेतृत्वमध्ये को इमानदार र फटाहा छ भनेर ? सहजै पत्ता लाग्नेछ । आज अख्तियारको नेतृत्वलाई पटकपटक आरोप लगाउनेले आफ्नो सम्पति विवरण सार्वजनिक गर्दै स्रोत खुलाउन सक्छन् ? के उनीहरूमा त्यो हिम्मत छ ? सुशासनको ब्यारोमिटरमा के उनीहरू नापिन तयार छन् ? यो गम्भीर प्रश्नको उनीहरूले उत्तर दिनुपर्नेबेला पनि छिट्टै आउने नै छ ।

अब अख्तियारले आमजनतामा गहिरो छाप छोड्ने गरी भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध विगुल फुक्न जरुरी छ । भ्रष्टाचारको जरा कहाँ कहाँ कोसँग पुगेको छ त्यसको एकएक खोजी गरी भ्रष्टाचारीलाई जेलमा पठाउन ढिलाइ गर्नुहँुदैन । विभिन्न सरकारी निकायसँग मिलिमतो गरी भ्रष्टचारको आहालमा डुब्दै रहेका निजी संघसंस्थामाथि पनि अख्तियारले गहिरो अनुसन्धान गर्नुपर्छ । सरकारकै निकायसँग मिलेमतो गरी सरकारी सम्पतिको दोहन गर्न उद्धत अन्य संघसंस्था र व्यक्तिलाई पनि एकएक खोजी गर्नुपर्छ । कसैको आग्रह पूर्वाग्रही आरोपबाट अख्तियार विचलित हुन जरुरी छैन । भटाभट काम देखाउनुपर्छ । भ्रष्टचारीको रंग रूप र आकार हँुदैन । त्यसैले के ठूला के साना सबैलाई एक÷एक खोजी गरी कानुनको कठघरामा ल्याउनुपर्छ । सरकारी निकायसँगको तस्कर र माफियाको जालोको समुल नष्ट गर्नुपर्छ ।

संवैधानिक निकायका पदाधिकारी तथा राज्यका विभिन्न महŒवपूर्ण पदमा रहनेसँग अपवित्र साँठगाँठ गर्र्दैै अकूत सम्पति आर्जन गर्ने अपराधीका अहिले सबै बाटा बन्द हुन थालेपछि उनीहरू बर्बराउन थालेका छन्

आन्तरिक राजस्व विभाग, सम्पति शुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, वाणिज्य विभाग, उद्योग विभागलगायतका सबै विभाग र सबै मन्त्रालयका नेतृत्वमाथि नियमित रूपमा नै उच्च निगरानी राख्नुपर्छ । विगतमा भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पतिको खोजतलास गर्नुपर्छ । गैरकानुनी काम गरेबापतमन्त्री, सचिव तथा उच्च पदस्थले तस्कर माफियासँग टिप्सका रूपमा पाएका करोडांै मूल्यका जग्गा तथा अन्य भौतिक वस्तुको समेत एक-एक खोजतलास गर्नुपर्छ ।

सुशासन कायम गर्ने विषयमा अख्तियार कहिल्यै डगमगाउनुहँुदैन । अहिलेको अख्तियारको नेतृत्वमा नैतिकता, इमानदारिता र कर्तव्यनिष्टता भएकाले ढिलो चाँडो राम्रो परिणाम आउन सक्ने विश्वास गर्न सकिन्छ । अख्तियारमा सोहीअनुसारको ‘डायनामिक’ टिम फर्मेसन गर्न सक्नुपर्छ । अख्तियारलगायत सबै संवैधानिक निकायले राष्ट्रिय हित र स्वार्थअनुसार प्रभावकारी काम गर्दै जाने हो भने उनीहरू स्वःतह सफल हुनेछन् र जनताको सहयोग र साथ पनि पाउँदै जानेछन् । त्यसपछि अहिले उनीहरूविरुद्ध फैलाइएका गलत हल्ला र आरोप साबुनको फोका जसरी आफंै बिलाएर जानेछन् । सर्वोच्च अदालतले पनि राम्रा काम गर्नेहरूलाई कुनै आग्रह पूर्वाग्रह नगरी न्यायकै पक्षमा फैसला दिने भएकाले त्यसको चिन्ता गर्न जरुरी छैन ।

सुशासन नहँुदा सार्वजनिक निकायमा बस्नेको नैतिकतामा ह्रास आउँछ, राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण हावी हुन्छ । यसैगरी दण्डहीनता समेत मौलाउन सक्ने, गरिबी फस्टाउने, विकास सुस्त हुने, सदाचार नहुने, विकास र समृद्धि रोकिने, सेवा प्रवाह पूर्णरूपमा अप्रभावकारी हुने जस्ता ठूलाठूला समस्या देखिन सक्छन् । यस्तो प्रवृत्तिले मुलुकको विकास र समृद्धि बाटो अवरुद्ध हुन सक्छ । बाहिर सुशासनको रफ्फु भर्ने र आडम्बर गर्ने तर भित्रभित्र कुशासनको चक्र चलाउँदै कम्मल ओढेर घिउ खाने प्रवृत्ति भएकालाई अहिले मुलुकमा व्याप्त आर्थिक बेथिति र अपराध रोक्ने भन्दा पनि संवैधानिक निकायलाई पंगु बनाएर आफ्नै स्वार्थसिद्धि गर्ने खेलमा छन् तर निश्चित छ, उनीहरू आफूले खनेको खाल्टोमा आफंै पर्नेछन् । अख्तियारलगायतका निकाय त्यस्ता कुतŒवले खनेको खाल्टो पुर्दै मुलुकका व्याप्त बेथिति र विकृति रोक्न अत्यन्तै संवेदनशील बन्नुपर्छ ।

हामी कहाँ वर्षौंअघिदेखि जहाँतहीँ भ्रष्टचार व्याप्त हुँदै आएको छ । शिक्षामा भ्रष्टाचार, छपाइमा भ्रष्टाचार, निकासी पैठारीमा भ्रष्टाचार व्याप्त छ । यसैगरी, सुन तस्कर गरी तस्करले पैसाको पहाड थुपार्दै आइरहेका छन् ।

सुकुमबासीका नाममा जग्गा हत्याउने भूमाफिया, राष्ट्रिय सम्पतिका रूपमा रहेको ढुंगा, गिटी बालुवाको तस्करी गर्नेलाई पनि अब छोड्नु हँुदैन । सबैखाले आर्थिक विकृतिको समूल अन्त्य गर्नेगरी अख्तियार अब जाग्नैपर्छ । त्यसरी जाग्दा जनता अख्तियारको साथमा हुनेछन् । त्यस्तो अवस्थामा महाभ्रष्टको प्रहार पनि खानुपर्नेहुन्छ तर आमजनताको अघि त्यस्ता महाभ्रष्टको प्रहार निस्तेज हुनेछ ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

साताका लोकप्रिय समाचार

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल...

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

गोरखा सांस्कृतिक समाजमा नयाँ नेतृत्व

काठमाडौं । गोरखा सांस्कृतिक समाजमा गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको तेस्रो अधिवेशनले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्षमा...

ट्रेन्डिङ

कलाकार गोपाल राउतको निधन

काठमाडौं । पछिल्लो समय अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका कलाकार गोपाल राउतको निधन भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको हो । उनका एक श्रीमती,...

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

कोरोनाले सिकाएको पाठ

मान्छे मरणशील प्राणी हो । यसो त यो संसारमा रहेका हरेक जीव मरणशील छन् । ढिलो वा छिटो कुनै न कुनै बाहनामा तिनीहरूलाई जानु...

नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा...

गरिबी र आत्महत्या

लालदेव सरार्फ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि बर्सेनि करिब ८ लाखको संख्यामा मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जना र एक...

हिगुआइनले युभेन्ट्स छाड्ने

टुरिन । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले क्लब छाड्ने पक्का भएको छ । युभेन्ट्सले अर्जेन्टिनाका फरवार्ड हिगुआइनले क्लब छाड्ने पक्का गरेको छ...

सडकले बनायो स्याङ्जाका बस्तीलाई पहिरोको जोखिम

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढे सगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारको सबै...

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक,...

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट...

२४ घण्टामा भारतबाट ३ सय १४ नेपाली नागरिक सप्तरी प्रवेश गरे

सप्तरी राजविराज । भारत सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्किनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढेको छ । जसका कारण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)