लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले हार्यो । पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टरले दोस्रो लेगमा २-० को हार बेहोरेसँगै लिगबाट बाहिरिन बाध्य भयो । यता नापोली पनि युरोपा लिगबाट बाहिरिएको छ ।

यस्तै अन्तिम ३२ को दोस्रो लेग सकिदा नेपालो ग्रानाडासँग २–३ ले हार्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ को जित निकालेको ग्रानाडाको मैदानमा नापोली २ शून्यले हार्यो ।

जसको परिणाम नापोली युरोपा लिगबाट बारिरिन बाध्य भयो । यता म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगमा निकालेको ४ शुन्यको जितले युनाईटेड प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो