काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गुरुङ दाहाल नेपाल समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । नेकपाको दाहाल नेपाल समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)