Wednesday, April 14, 2021
Home प्रमुख नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

,

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ ।

अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी नेता जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएको छ ।

न्यूरो सर्जन डा. राजीव झाले परिवारलाई उद्धृत गर्दै जनाएअनुसार हिजो राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महसुस गरेका जोशीलाई परिवारजनले राति नै वीर अस्पताल लगेका थिए । अस्पताल आउँदासम्म बोलिरहेका नेता जोशी वीर अस्पताल पुग्दासम्म बहोस् भइसकेका थिए । बेहोस भएपछि वीरमै सीटी स्क्यान गरिएको थियो र सो क्रममा टाउकोमा नराम्रोसँग रगत जमेको देखिएको थियो । अवस्था निकै गम्भीर देखिएपछि वीरकै डाक्टरहरुको सल्लाहमा नर्भिक अस्पतालमा ल्याइएको डा. झाले बताए ।

नर्भिकमा ल्याइसकेपछि जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको समेत डा. झाले जानकारी दिए । उनका अनुसार यो राम्रो संकेत होइन । ‘एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको भनेर बुझ्दा हुन्छ ।’ डा. झाले भने

बिहान साढे ३ बजे आफूले सो विषयमा खबर पाएको र आफू आइपुग्दा नेता जोशीको अवस्था निकै गम्भीर रहेको र उनी कोमामा पुगेको न्यूरो सर्जन डा. झाले बताए । सो क्रममा नेता जोशीलाई पटक–पटक बान्ता भएको र बान्ता फोक्सोमा पुगेको देखिएको थियो । फोक्सोमा बान्ता पुग्दा श्वास फेर्न गाह्रो भएको र इमेरजेन्सी इन्कुभेसन–पाइप राखेर श्वास फेराउने काम) गरिएको डा. झाले जानकारी दिए ।

नर्भिकमा ल्याइसकेपछि जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको समेत डा. झाले जानकारी दिए । उनका अनुसार यो राम्रो संकेत होइन । ‘एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको भनेर बुझ्दा हुन्छ ।’ डा. झाले भने ‘नर्भिकमा ल्याएर हामीले पुनः सीटी स्क्यान गर्दा टाउकोको बीच भागमा पानी जम्दै गरेको समेत देखियो । डा. झा भन्छन् उहाँमा सुगर, प्रेसरको समस्या पनि रहेछ । उहाँले रगत पातलो हुने औषधि पनि खाइरहनुभएको रहेछ । यस्तो व्यक्तिलाई सर्जरी गरिए रक्तश्राव नियन्त्रण हुँदैन । त्यसकारण विशेष रगतहरु व्यवस्था गरेर हामीले सानो ड्रिल गरी ड्रेन राखिदिएका छौं, त्यसबाट १३० एमएल पानी निकालिसकेका छौं ।’

डा. झाले जोशीको अवस्था स्थिर भन्न मिल्ने खालको नरहेको उल्लेख गर्दै भने ‘हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ । त्यही आशा राखेर हामीले सक्दो प्रयास गरिरहेका छौं ।’

डा. झाका अनुसार जोशीलाई जस्तो मष्तिस्कघातको समस्या नेपालमा निकै सामान्य बन्दै गइरहेको र यस्तो समस्या उच्च रक्तचाप भएर पनि सही औषधि नखाँदा, औषधि नियमित खान नमान्दा आउने गर्छ ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

साताका लोकप्रिय समाचार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा...

वैशाख ११ मा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो...

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

मुगु । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह...

ट्रेन्डिङ

‘छाडा भयो गाईजात्रा’

काठमाडौं । हास्यव्यंग्य अभिनेता शिवहरि पौडेलको नजरमा पछिल्लो समय गाईजात्रा छाडा भएको छ । गाईजात्रालाई अहिलेको पुस्ताले छाडा बनाएको यी अभिनेताको कथन छ । सामाजिक...

प्रेम वियोगपछि काम केन्द्रित कैटरिना

मुम्बई । बलिउड अभिनेत्री कैटरिना कैफले प्रेम सम्बन्ध टुट्दा त्यसको असर लामो समयसम्म पर्ने बताएकी छन् । अभिनेता रणवीर कपुरसँग आफ्नो प्रेम सम्बन्ध विच्छेद...

एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ । जुलाई ७...

काठमाडौंमा सबै किसिमका जात्रा पर्व स्थगित गर्ने निर्णय

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा हुने सबै प्रकारका पर्व, जात्रा र सांस्कृतिक गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला...

कोरोनाको महामारी र मितव्ययिता

विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा झन्डै २० खर्ब मूल्य बराबरको क्षति पु¥याएर नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणले...

धनकुटामा हिमपात (फोटोफिचर)

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक...

११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी

काठमाडौं । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । ...

चन्द्रनगरमा ३ हजार १ सय ३१ परिवारले राहत पाए

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा चार दिनमा दिनमा ३ हजार १ सय ३१ परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले...

कोरोनाले लखेटिएका कर्णालीवासी नाकामा अलपत्र

वीरेन्द्रनगर । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा...

संक्रमित नै सम्पर्कबाहिर

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय...

सर्लाहीको एकै पालिकामा थपिए ७६ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा आज(मंगलवार) एकै पालिकामा ७६ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको छ । आज थपिएको ७६ जना कोरोना संक्रमित कौडेना गाउँपालिकाका रहेको जिल्ला...

कोरोनाको त्रास : जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)