Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ दाहाल र नेपाललाई ओलीको काउन्टर

दाहाल र नेपाललाई ओलीको काउन्टर

‘अबको दुई वर्ष म नै प्रधानमन्त्री, नो राजीनामा’

,

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी गरेका छन् । नेकपाकै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने २ वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताएका हुन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकटका सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोहीअनुसार अघि बढ्न निर्देशन दिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश १ का संघीय सांसदसँग छलफल गरेका उनले कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारे । छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा १ सय २० भन्दा बढी सांसद पुग्ने दाबी गरेका छन् ।

– दाहाल नेपाल ओलीलाई विस्थापन गरेरै छोड्ने रणनीतिमा
– ओली विभिन्न उपायमार्फत प्रधानमन्त्री आफैं रहने योजनामा

दाहाल–नेपाल समूह भने ओलीलाई जसरी पनि विस्थापित गर्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सरकार निर्माणबारे छलफल गरेका दाहाल–नेपाल समूहले ओली समूहबाहेकको संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका हुन् ।

‘बीचमै राजीनामा दिएर छोड्न मिल्दैन । अझै दुई वर्षसम्म मैले नै सरकार चलाउने हो’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले भने, ‘राजीनामा दिने कल्पना नै नगर्नुस् । तपार्इंहरू ढुक्क हुनुस् । साथीहरू लड्डु खाँदै हिंडनुभएछ, ठिकै छ हेर्दै जाउँला ।’

प्रधानमन्त्री ओलीसँग छलफल गरेका सांसदले पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएका छन् । तलका नेता, कार्यकर्ता तथा शुभेच्छुकले पार्टी एकता कायम रहोस् भन्ने चिन्ता राख्दै आएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको एक नेताले बताए ।

प्रदेश १ का साथै अन्य प्रदेशका सांसदसँग छलफलमा रहेका प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा सल्लाहसुझाव लिइरहेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै आगामी दिनमा तय गर्नुपर्ने रणनीति बनाइरहेका छन् ।

यसैबीच नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने’ बताएका हुन् ।

प्रधानमन्त्री संसदीय सर्वोच्चता स्विकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले बताए । हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चुनौतीसमेत उनले दिए । प्रधानमन्त्री ओली लोकतन्त्रको संस्थागत विकासमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले स्पष्ट पारे ।

कम्युनिस्ट पार्टी हिजोझैं ‘चल्ते, चलाते’ ढंगले सञ्चालन नहुने जिकिर गर्दै पोखरेलले नयाँ कम्युनिस्ट पार्टीमा युवा हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने तथा फोहोरमैला सफा हुने बताए ।

सचेतकमा भट्टराई नियुक्त, गुरुङ हटाइए

यता प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् । नेकपामा विवाद बढ्दै गइरहेका बेला प्रमुख सचेतक रहेका देव गुरुङलाई बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराई अध्यक्ष ओली निकटका हुन भने गुरुङ अध्यक्षद्वय दाहाल–नेपाल निकटका नेता हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएपछि भट्टराईले दलको नेता र उपनेताको निर्देशनमा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीको विधि, विधान र संसदीय दलको मूल्यमान्यतालाई आत्मसाथ गर्दै दलका नेता र उपनेताको निर्देशनमा दललाई प्रभावकारी बनाउँदै अघि बढ्ने उनले स्पष्ट पारे ।

पार्टी एकता जोगाउनेबारेमा ओली र गौतमबीच छलफल

प्रतिनिधिसभा विघटनको निर्णयसँगै दुई समूहमा विभाजित नेकपाको एकता जोगाउने अभियानमा लागेका उपाध्यक्ष वामदेव गौतमले एकतालाई जोगाउने भन्दै छलफललाई तीव्रता दिएका छन् ।

गत बिहीबार नेकपा अध्यक्ष दाहालसँग पार्टी एकताका बारेमा छलफल गरेका गौतमले शुक्रबार प्रधानमन्त्री रहेका अर्का अध्यक्ष ओलीसँग समेत छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमका बीचमा करिब एक घण्टा छलफल भएको थियो । गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार दुई नेताका बीचमा पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको हो ।

‘पार्टीका शीर्ष नेतासँग छलफल गरेर के–कसरी पार्टी एकता जोगाउन सकिन्छ भन्ने विषयमा नै उहाँ केन्द्रीत हुनुहुन्छ’ टमटाले भने, ‘पार्टी दुई समूहमा विभाजित भएपछि उहाँ हिजो पनि एकताकै अभियानमा हुनुहुन्थ्यो । आज पनि पार्टी एकता कसरी जोगाउन सकिन्छ भन्ने अभियानमै हुनुहुन्छ ।’

ओलीसँग पार्टी एकताको प्रस्ताव गरेका गौतमले सार्वजनिक रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरिसकेका छन् । उता नेकपा अध्यक्षद्वय दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनामा गरेर आफ्नो गल्ती स्वीकार गरेमा एकता सम्भव रहेको बताउँदै आएका छन् ।

(Visited 4,599 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

साताका लोकप्रिय समाचार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

अब जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण

काठमाडौं । अब जीन एक्सपर्ट विधिबाट कोरोना भाइरस परीक्षण हुने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जीन एक्सपर्ट विधिमार्फत् कोरोना परीक्षण हुने भएको...

टरिगाउँ एयरपोर्टमा जडित टावर कन्सोलको नगर प्रमुख पाण्डेद्वारा उद्घाटन

तुलसीपुर । टरिगाउँ एयरपोर्टमा जडान गरिएको अत्याधुनिक उपकरण (टावर कन्सोल ) को उद्घाटन गरिएको छ । करिब एक करोड लगानीमा एयरपोर्टमा जडान गरिएको टावर...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलको जित, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको नेतृत्वको जित सुनिश्चित भएको छ । शनिबार केन्द्रको मत गणना सकिएको छ । नुवाकोटसहित ५ जिल्लाको...

ट्रेन्डिङ

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको...

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् : रघुवीर महासेठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन...

महामारीविरुद्ध एकजुट महाशक्ति राष्ट्रहरू

विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीन हालैको टेलिफोन वार्तापछि एकापसमा मिलेर कोरोना सक्रमणविरुद्ध लड्ने कुरामा सहमत हुँदा विश्वभर सकारात्मक सन्देश गएको छ ।...

यसपछि सुरू भयाे कुलमान घिसिङकाे दाैड…

काठमाडाैं । जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु...

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल

काठमाडौँ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको...

आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान...

असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने

काठमाडौँ । आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम...

मृत्युको हल्ला फैलाइएका किम जोङ उन २० दिनपछि सार्वजनिक भए

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु...

सञ्चारकर्मी जनकको म माया लाउदिन

काठमाडौं । पत्रकार जनक रावलले आफ्नो नयाँ गीत म माया लाउदिन...को भिडियो सार्वजनिक गरेका छन् । २०४९ सालदेखि गीत लेखनमा सक्रिय गीतकार रावलका यसअघि...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

शैक्षिक सत्र असार मसान्त पु-याऔं

विगत नौ महिनाको बदाबन्दीपछि सरकारले विद्यालय सञ्चालन कार्यढाँचा पारित गरेर पुसको पहिलो सातादेखि स्थानीय तहको समन्वयमा शिक्षालय सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)