Wednesday, April 14, 2021
Home Uncategorized कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने बताएका छन् ।

अध्यक्ष दाहालले शुक्रबार राति प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेस, जसपा र आफूहरू सम्मिलित तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताएका हुन् । ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो,’

अन्तर्वार्ताका क्रममा दाहालले भने, ‘हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ ।’

अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयमिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गरे । त्यसैले यही स्थायित्वका लागि पनि कांग्रेस जसपा र आफूहरू मिल्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास हुँदैन,’ उनले थपे, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु,’ नेकपाका अध्यक्ष दाहालले भने ।

अन्तर्वार्ताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दाबी गरे । अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याई ओलीलाई बिदा गरेरै छोड्ने दाबी गरे ।

उनले आफूहरूले अब कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पनि स्पष्ट पारे । दाहालले केपी शर्मा ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाएरै छोड्ने जिकिर गरे ।

‘मलाई प्रधानमन्त्रीको लोभ छैन, म दाबी पनि गर्दिनँ । दुई चार दिनभित्रै हामी यो समस्याको अन्तिम चरणमा पुग्छौं’, उनले भने, ‘मैले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ, देउवालाई बनाएर मुलुकलाई अगाडि बढाउँछु ।’

दाहालले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई संसद्बाट अविश्वासको प्रस्तावमार्फत सरकारबाट हटाउने बताए । उनले आफूले सत्ताका लागि सम्झौता नगरेको जिकिर गर्दै कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने आफ्नो योजना रहेको स्पष्ट पारे ।

ओलीले संविधानमाथि ठूलो घात गरेको भन्दै दाहालले अब एकताको कुनै सम्भावना नरहेको जिकिर गरे । ‘मैले एकताको त्यस्तो सम्भावना अब देख्दिनँ । हाम्रो दूरी आन्तरिक थियो तर ५ पुसमा पार्टीको विवादलाई देखाएर ओलीले संविधानमाथि घात गर्नेगरी संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘त्यसपछि हाम्रो अन्तरविरोध पार्टीभित्र मात्रै सीमित रहेन, ओलीजीले पश्चाताप नगरेसम्म एकता हुन्न तर उहाँले पश्चाताप गर्नुहुन्न,’ दाहालले भने ।

(Visited 592 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

साताका लोकप्रिय समाचार

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर...

एपीएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एक खेलअगावै फाइनलमा...

आइपीएलः बेंगलोरको रोमाञ्चक जीत

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक जीत हात पारेको छ । चेन्नइमा भएको उद्घाटन...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

सत्ता समीकरणका खेल

निकै चर्को विवादमाझ नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि भेटघाट र बैठक सुरु गर्न थालेको छ । तर, पनि सत्ता समीकरणका लागि भनेर गरिएका...

ट्रेन्डिङ

भलिबल खेलाडीको कोरोना बिमा हुने

काठमाडौं । लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रस्टले नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली तथा बिच भलिबलको महिला र पुरुष टोलीका खेलाडीको कोरोना बिमा गरिदिने...

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व...

जुम्लाका भेडीगोठालाका नलेखिएका कथा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे । सुरुमा उनी रहरै रहरमा प्रत्येक शनिबार छिमेकीको भेडा चराउँथे ।...

मनसँग मन स्थगित

काठमाडौं । यही नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने भनिएको नेपाली चलचित्र ‘मनसँग मन’को प्रदर्शन स्थागित गरिएको छ । कोरोनाको प्रभाव बढेको भन्दै फिल्मको...

सांगीतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत

पोखरा । कोरोना वर्ष सन् २०२० बिर्सँदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा...

कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै ‘नमस्ते’

न्युयोर्क।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरिस प्रधानमन्त्री लिओ बारड्करले शुक्रबार ह्वाइट हाउसमा नमस्ते गरेर एक अर्कालाई अभिभावदन गरेको तस्बिर यतिबेला चर्चामा छ...

थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

काठमाडौं । नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक...

धनुष सागर पोखरीमा युवकको शव भेटियो

जनकपुरधाम । जनकपुरधामको धनुष सागर पोखरीमा एक युवकको शव फेला परेको छ । राम मन्दिरको अगाडि रहेको सो पोखरीमा शव फेला परेको छ । शवको...

लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा...

नेपाललाई स्वदेशी भूमिमा ३७ वर्षपछि उपाधि

काठमाडौं । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढीपहिरोले पु-याएको क्षतिप्रति दुःख ब्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट देशभर पुगेको जनधनको क्षतिप्रति दुःख ब्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै भनेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)