Wednesday, April 14, 2021
Home भर्खरै मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

,

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् ।

आज पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए ।

प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रम मार्फ़त गरिब दलितको आवासको लागि बर्सेनि आउने गरेको करिब डेढ अर्ब रकम दुरुपयोग भएको भन्दै मन्त्री साह आक्रोशित बने । प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा समेत हेर्न लायक एउटा पनि काम नभएको मन्त्री साहले बताए ।

“संघीय सरकारले जनता आवास कार्यक्रममार्फत वर्षको करिब डेढ अर्व रकम पठाउने गरेको छ । तर प्रदेश सरकारले वर्षेनी उक्त रकमको दुरुपयोग गर्दै आएको छ ।” मन्त्री साहले भने, “गरिब दलितको घर बनाउनको लागि सरकारले प्रदेशमा पठाएको रकम खर्च नगरेर गरिबलाई झन दु:ख दिन खोज्ने प्रदेश सरकारको हर्कत आपत्तिजनक छ ।”

“हिजो पहिचान र सम्मानको नाममा भोट मागेका मधेशी दल आज मधेसको अपमान र बदनाम गराउन उद्धत छ । देशकै सबभन्दा सानो प्रदेश-२ भए पनि अरु प्रदेशको तुलनामा दोब्बर संख्यामा मन्त्री राख्नु , सबभन्दा गरिब प्रदेश भए पनि अरुको तुलनामा सांसद-मन्त्रीको तलब सुविधा बढ़ी हुनु, उधोग, व्यापार, कृषि, पर्यंटन जस्ता सम्भावनै सम्भवनाले भरिएको क्षेत्रलाई पुरै बेवस्ता गर्नु र बजेटलाई कमिशनको चक्करमा बाडचुड गरि दुरुपयोग गर्नु जस्ता कार्यले आज गौरवपूर्ण इतिहास बोकेको मधेस बदनाम भईरहेको छ ।” मन्त्री साहले भने, “प्रदेश सरकार गठन भएको तीन वर्ष भईसकेको छ तर अहिलेसम्म कुनै एउटा काम देख्नुभएको छ, जुन प्रदेश सरकारले गरेको हो ? एउटा पनि काम छैन । यस्ता धोखेबाजलाई अब मधेशी जनताले साथ दिन सक्दैनन् ।”

मधेशी दलले जनतालाई निरन्तर धोका मात्र दिदै आएको बताउँदै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मुलुक र जनताका लागि जसपा आवश्यक नभएको बताए । उनले जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य महम्मद समीर, संविधानसभा सदस्य राजकुमार गुप्ता एवम् जयप्रकाश थारु, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, नेताहरू डा. विशम्भर शर्मा, बलिराम साहलगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

साताका लोकप्रिय समाचार

श्रीमती हत्याको आरोपमा गनपत पक्राउ

रुपन्देही । आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...

महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलको जित, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको नेतृत्वको जित सुनिश्चित भएको छ । शनिबार केन्द्रको मत गणना सकिएको छ । नुवाकोटसहित ५ जिल्लाको...

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

ट्रेन्डिङ

सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब...

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

‘संवैैधानिकता’ र ‘वैधानिता’को खोजी

संसद् विघटनमा ‘संवैधानिकता’को प्रश्न उठे झैं सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा पनि ‘वैधानिकता’को कुरा उठाइएको छ । संसद् विघटन गरिएको विषय...

काठमाडौलाई कोरोनामुक्त र सुशासनयुक्त बनाउन जोड

काठमाडौ । राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी अधिकारीहरु र सरोकारवालाले काठमाडौ उपत्यकालाई कोरोना जोखिममुक्त तथा सुशासनयुक्त र अपराधमुक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन् ।...

भागरथी हत्या प्रकरण : हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ- प्रहरी

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ...

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व : गगन थापा

कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । नेपाल...

कोभिड–१९ का बेलामा स्तनपान

स्तनपान संरक्षण र संवद्र्धन गरी व्यापक जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन र युनिसेफको अग्रसरतामा १९९० को विश्व स्वास्थ्य सम्मेलनपश्चात् हरेक वर्ष अगस्त महिनाको...

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा...

‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा...

एमसीसीको प्रतिवेदन १० दिनभित्र आउँछ : झलनाथ खनाल

सिन्धुपाल्चोक । नेकपाका वरिष्ठ नेता एवम पुर्वप्रधामन्त्री झलनाथ खनालले १० दिनभित्र एमसीसीको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । नेकपा सिन्धुपाल्चोकको वृहत्त आमसभामका सञ्चारकर्मीहरुसँग कुराकानी...

लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा

दोहा । गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको आठौँ वनभोज तथा सांस्कृतिक कार्यक्रममा...

भारतले सडक बनाएको जानकारी थियो : परराष्ट्रमन्त्री

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडक विस्तारको विषयमा सांसदहरूले सरकारको धारणा मागेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनीहरूले सरकारको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)