Wednesday, April 14, 2021
Home बिचार सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

सन्दर्भ: ‘आयोडाइज्ड नुन महिना’ फेबु्रअरी

,

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा ढिके नुन हाल्नै पर्ने तथा जसको घरमा बढी धेरै र पुरानो ढिके नुन (५० वर्ष सम्म) छ, त्यही नै धनी, सम्पन्न ठहर्छ । विभिन्न किसिमका जनचेतनाको अभाव तथा आयोडिनको महŒव बुझाउनु आजको आश्यकता हो ।

नेपालको सन्दर्भमा खासगरी गलगाड आयोडिनको कमीले निम्त्याउने गर्दछ तर नुनमा अनिवार्य रूपमा आयोडिन राख्न थालेपछि यो रोग घट्दै गएको छ र पहाडी तथा हिमाली क्षेत्रमा समेत पहिले जस्तो त्यति देखिँदैन । थाइरोकसिन हर्माेनको कमी भएर आउने बिरामीमा प्रौढ र महिला बढी छन् । त्यसैमा झन् महिलाहरूमा पुरुषभन्दा चार÷पाँच गुनाले बढी देखिन्छ किनभने पुरुषहरू घरबाहिर विभिन्न ठाउँमा गएर खाने बानी र हर्मोनको फरकले यस्तो भएको हो ।

थाइराइड ग्रन्थी र थाइरोक्सिन हर्मोन
थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोन थाइरोक्सिनको संरचनामा आयोडिन चाहिन्छ । तसर्थ आयोडिन कम भए थाइरोक्सिन हर्मोनको उत्पादन कम हुन्छ र हर्मोन कम भए बच्चामा क्रेटिनिज्म, वयस्कमा गलगाँड, मिक्सोएडेमा हुने गर्दछ । तर, हर्मोन बढी हुँदा पनि कण्ठरोग हुन सक्दछ । शरीरलाई शक्ति दिन हर्मोन थाइरोक्सिनको उत्पादन हुनुपर्छ ।

थाइरोक्सिन हर्मोन आवश्यक मात्रामा नवनेमा वा कमी भएमा (जसलाई हाइपोथाइराइडिज्म भनिन्छ) ठूला मानिसमा अल्छी लाग्ने, भ¥याङ चड्दा पनि थाक्ने, पहिलेभन्दा पनि बढी थकाइको महसुस हुने, खान मन नलाग्ने र थोरै खाने तर शरीरको तौल बढ्दै जाने, नदुब्लाउने हुन्छ । त्यसैगरी मुटुको चाल कम हुनु, मुटुको वरिपरि झिल्लीमा पानी जम्नु, मानिसको दिमागले ढिलो काम गर्नु, मानिस लोसे हुनु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, शरीरको ताममान घट्नु, स्याँ–स्याँ आउने, चिसो मन नपर्ने, कपाल झर्ने हुन सक्दछ ।

महिलामा थाइरोक्सिन हर्मोनको घटीबढी हुँदा, महिनावारीमा गडबडी हुने, सुस्त मनस्थितिको बच्चा जन्मने लगायतका समस्या देखिन सक्दछन् । अमेरिकन थाइराइड एसोसिएसनका अनुसार, थाइराइडको समस्या पुरुषभन्दा महिलालाई ५ देखि ८ गुणा बढी, हरेक ५० जना गर्भवती महिलामध्ये १ महिलामा देखिन्छ र हरेक १०० गर्भपतनमा ६ जना महिलालाई थाइरोक्सिनको कम उत्पादनले भूमिका खेलेको हुन्छ ।

आयोडिन र नेपाल
मानसिक फुर्ती र शारिरिक शक्ति मानिने आयोडिन समुन्द्र, समुन्द्रमा पाइने खाद्यपदार्थ र न्यून मात्रामा माटोको माथिल्लो सतहमा, पानी र उक्त स्थानमा उत्पादन गरिएका खाद्य पदार्थमा पाइन्छ । तैपनि माटोको माथिल्लो सतहमा नै भूक्षय, हिमनदीको वहाब, निरन्तर भइरहने बाढीपहिरो, खोलानालाका कारण बेलाबेलामा हुने माटोको फरकपन, धेरै वा न्यून वर्षा, वनजंगलको फडानी इत्यादिले आयोडिन बगेर समुन्द्रमा पुग्ने, त्यसपछि वास्फीकरण भई बादलमा र मनसुन भई जमिनमा आउने वातावरणीय चक्रका कारण स्थायी स्रोत हामीकहाँ नभएकोले विश्वका हिमालय क्षेत्रमा जस्तै हाम्रो देशमा यसको कमी छ र समस्या उत्पन्न भएको पाइन्छ ।

गलगाड आयोडिनको कमीले निम्त्याउने गर्दथ्यो तर नुनमा अनिवार्य रूपमा आयोडिन राख्ने थालेपछि घट्दै गएको छ

९८ प्रतिशतभन्दा बढी सोडियम क्लोराइड हुने नुनमा प्रतिबन्धित पोटासियम आयोडेट मिसाई आयोडिन उपलब्ध गराइन्छ । प्याकेट नुनमा जति आयोडिन मिसाइन्छ, त्यति नै उपभोक्तामा पुग्छ भने ढिके नुनमा राखिएको ५० पिपिएममा १५ पिपिएम मात्र पाउँछन् । आयोडिनयुक्त नुनको प्रवर्तन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक महिना (फ्रेबुअरी) भरी सन् १९९८ देखि आयोडिन महिना घोषणा गरी आयोडिनसम्बन्धी जनचेतनामूलक गतिविधि गरिँदै आएको छ । सरकारले विगत ४ दशकदेखि नै साल्ट टे«डिङलाई नै नुनको आधिकारिक विक्रेताको जिम्मेवारी दिएकाले यो आयोडिन महिना पनि यसैले मनाउ“छ ।

आयोडिनको कमीले हुने विकृतिमा गर्भ तुहिने, मृत शिशु जन्मने, अंगभंग भएको वा शारीरिक तथा मानसिक अपांगता भएको शिशु जन्मने, क्रेटिनिज्म भई जन्मने, जन्मेको शिशु चाँडै मर्न सक्ने, सामान्य बच्चाहरू बहिरा, लाटा, लठेब्रा, वामपुड्के, लुलो, आदि हुने, पढाइमा कमजोर भई पटकपटक असफल हुनुका साथै खेलकुदमा समेत पछाडि पर्न सक्ने, विशेषगरी केटाकेटीमा घाँटीको क्यान्सर हुन सक्ने, गलगाँड (कण्ठरोग–घाँटीमा रहेको थाइराइड ग्रन्थीको वृद्धि) आउने, सुस्त मनस्थिति हुने, आइक्यू लेवल कम हुने, आलस्यपन आउने, काम गर्ने क्षमतामा कमी आउने, नाभिकीय विकिरणबाट बढी प्रभावित हुन सक्ने अत्यधिक खतरा, शरीर कमजोर भई रोगसँग लड्न सक्ने क्षमतामा कमी भई सानातिना रोगले छुँदा पनि सिकिस्त र मृत्यु नै हुने गर्दछ । त्यसैगरी पशुपंछीमा गाईवस्तुले दूध कम दिने हुन सक्दछ ।
भए गरेका प्रयास

नेपालको पहाडी जिल्लामा सञ्चालित कण्ठरोग नियन्त्रण आयोजना सन् १९७३ मा प्रारम्भ भई सन् १९९८ सम्म निरन्तर २५ वर्ष रह्यो । त्यसपछि सोही उद्देश्यका लागि तर नाम परिवर्तन गरी आयोडिन मिश्रण गर्न, प्याकिङ गर्न, ढुवानी खर्च बेहोर्न र जनचेतना जगाउने कार्यका लागि सन् २००५ देखि भारत सरकारको सहयोग पुनः सञ्चालनमा छ । नेपालमा आयोडिनको कमीबाट उत्पन्न जनस्वास्थ्य समस्या धेरै देखापर्न थालेपछि सरकारले सन् १९९३ देखि नुनमा आयोडिनको मात्रा मिसाउने, आयोडिन भएको तेल खुवाउने, आयोडिनयुक्त सुइको प्रयोग जस्ता अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम अगाडि बढाएको हो ।

यसै क्रममा सन् १९९८ देखि घरपालुवा पशुलाई खुवाउने नुनमा पनि आयोडिन मिसाउन सुरु गरियो जसबाट मासु, अण्डा, दूधबाट पनि आपूर्ति हुने भयो मानिसलाई आयोडिनको आयो नुनको प्रयोगलाई शत प्रतिशत जनसंख्यामा पु¥याउन सन् २०१३ देखि २०१७ को पञ्चवर्षीय योजना बनाएको थियो । सडक पसल तथा जनचेतनाको अभावका कारण आयोडाइज्ड नुन प्रयोग नहुने स्थानमा क्रेटिनिज्म रोक्नलाई बच्चा पाउने उमेरका महिलालाई १ देखि २ मिलिलिटर आयोडाइज्ड पपिसिड तेल (४७५ देखि ९५० मिली ग्राम आयोडिन) प्रत्येक ५÷५ वर्षमा सुईका रूपमा दिनुपर्दछ ।

आयोडिन कम भए थाइरोक्सिन हर्मोनको उत्पादन कम हुन्छ र हर्मोन कम भए बच्चामा क्रेटिनिज्म, वयस्कमा गलगाँड, मिक्सोएडेमा हुने गर्दछ

एकैपटक खाएर पनि नहुने धेरै खाएर पनि नहुने सधंै नियमित रूपमा र अलिअलि मात्रामा खानुपर्ने भएकोले खाने नुनमा मिसाउनु व्यावहारिक ठानी साल्ट ट्रेडिङले उपलब्ध गराउने नुनमा आयोडिनको मिश्रण गर्न थालियो र अहिले ९० प्रतिशतभन्दा बढी परिवारले आयोडिनयुक्त नुन खान्छन् । १ केजी नुनमा १५ मिलिग्राम भए पुग्नेमा ५० मिलिग्राम आयोडिन मिसाइएको हुन्छ किनभने घाम, तातोपानी, खुला रूपमा र लामोसमयसम्म राख्दा आयोडिन उडेर वा नष्ट भएर जान्छ ।

अन्तमा, आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरूप नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी चेतनामुलक गतिविधि र कार्यक्रम सञ्चालक गरिँदै आएको छ । सरकारले लिएको विकास लक्ष्यमा सन् २०१८ सम्म उचित आयोनुनको उपभोग गर्ने घर ९० प्रतिशत पु¥याउनेमा सन् २०१६ मै ९१ प्रतिशत पुगिसकेको तथा ५ वर्षमुनिका बालबालिकामा ९४.५ प्रतिशत छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन र खुला बजार, निजीकरण, व्यवसाय, नाफाजस्ता शब्दमार्फत आमनेपाली नागरिकको स्वास्थ्यमाथि खेलबाड गरी धावा बोल्न दिइनु हँुदैन ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

सांसद पद गुमाएका चार मन्त्रीको पुर्ननियुक्ति, ५ बजे सपथ

काठमाडौं । सांसद पद गुमाएका चार जना नेकपा ओली समुहका नेताले शुक्रबार मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका...

ट्रेन्डिङ

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय...

ठकुरीको छोरीसंग प्रेम गरेको भन्दै गाउँलेले कुटेर मारे दलित युवकलाई

रुकुम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता...

यो साता विदेशमा थप १ हजार बढी नेपालीमा संक्रमण

लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो...

राजनीति र प्रशासनमा खराब को ?

मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी ? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र ? भन्ने प्रश्न र बहस नयाँ होइन ।...

गाइजात्रा विषेश : केपी बा आफैंमा गाइजात्रा जस्तो हु्नुहुन्छ

काठमाडौं । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन...

विश्वविद्यालयका परीक्षा पनि स्थगित

काठमाडौं । सरकारले विश्वविद्यालयका पनि परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । भोलिदेखि हुन गइरहेको एसईई परीक्षा रोक्ने निर्णय लिएको सरकारले चैतमा हुन गइरहेको...

तुलसीपुरमा ट्याक्टर पल्टिदा सहचालक घाइते

तुलसीपुर । तुलसीपुमरा ट्याक्टरको ट्राली पल्टिदा एक सहचालक घाइते भएका छन् । बिजौरीबाट बालुवातर्फ जाँदै गरेको रा १ त ८६९ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा...

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । कोभिड–१९ महामारीसम्बन्धी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

इग्लिस प्रिमियर लिगको शीर्षस्थानमा साउथ हेमटन

लन्डन । न्यूक्यासललाई २–० ले पराजित गर्दै साउथ हेमटन इग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान सम्पन्न खेलमा साउथ हेमटनका लागि...

जलविद्युत्मा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना महामारी कारण जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार रहेको बताएका छन् । कोरोना...

प्रदेश १ मा थपिए ८९ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा शुक्रबार डिस्चार्ज हुने भन्दा २० जना बढी कोरोना संक्रमित थपिएका छन् । ६९ जना डिस्चार्ज हुँदा ८९ जना कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)