Wednesday, April 14, 2021
Home भर्खरै विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

,

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो ।

आर्थिक वर्ष २०५१-०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफलपश्चात् पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । सो बैठकमा नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव हँुदा पक्षमा ७४ र विपक्षमा ८६ मत परी अस्वीकृत भएको सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित ‘संसद् दर्पण’मा उल्लेख छ ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा दिनाका साथै नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा विघटन गरी विसं २०५१ कात्तिक २७ गते आमनिर्वाचनका लागि मिति तोक्न सिफारिस भएबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो ।

विसं २०५१ मङ्सिर १३ गते तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेता मनमोहन अधिकारी सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । विकसित राजनीतिक घटनाक्रमसँगै विसं २०५२ जेठ २६ गते तत्कालीन प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजासमक्ष सिफारिस गरेपछि जेठ ३० गते प्रतिनिधिसभा विघटन भएको थियो । सर्वाेच्च अदालतबाट विसं २०५२ भदौ १२ गते विघटनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो ।

नेपालमा तेस्रोपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा पुनःविघटन गरी विसं २०५६ वैशाख २० गते निर्वाचनको मिति तोक्ने सिफारिस गर्नुभएको थियो । सो सिफारिसअनुसार राजाबाट सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

विसं २०५४ पुसमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा विरेन्द्रलाई सिफारिस गरेका थिए । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय मागेका थिए । सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो ।

चौथौपटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्नुभएको थियो । निर्वाचनको लागि मिति तोक्न सिफारिस गरेबमोजिम सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

विघटन भएको प्रतिनिधिसभा जनान्दोलनको बलबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विसं २०६३ वैशाख ११ गते राति ११ बजे पुनःस्थापना गरी २०६३ साल १५ गते बैठक बस्ने गरी मितिसमेत तोकिएको थियो । पाँचौँपटक विसं २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिससहित नेपालको संविधानबमोजिम र संसदीय प्रणालीको आधारभूत मर्म एवं अभ्यासबमोजिम गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरियोस् भनी सिफारिस गर्नुभएको थियो ।

सो सिफारिसबमोजिम राष्ट्रपतिबाट वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सर्वाच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको छ । अदालतको फैसलापछि सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा ३२ विधेयक प्रक्रियामा
नेपालको संविधान जारी भएपश्चात् विसं २०७४ को आमनिर्वाचन सम्पन्न भई विसं २०७४ फागुन २१ गतेदेखि सङ्घीय संसद्को पहिलो अधिवेशन शुरुआत भएको थियो । सो समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधिसभा) मा दर्ता भएका विधेयक ८७ रहेका छन् । तीमध्ये प्रमाणीकरण भएका विधेयक जम्मा ५३ रहेका छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो ।

हाल प्रतिनिधिसभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।

त्यस्तै संसद्को पाँचौ अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । सङ्घीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धी-सम्झौताको सङ्ख्या १४ छ । उक्त छ सन्धी-सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धी-सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

साताका लोकप्रिय समाचार

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसद पदबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा‘ ‘बादल’ लाई राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब...

एपीएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एक खेलअगावै फाइनलमा...

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।...

ट्रेन्डिङ

लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत...

अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सन्दीपको नाममा ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका...

जलविद्युत् क्षेत्रका समस्या

१९६८ सालमा निर्मित ५ सय किलोवाटको फर्पिङ जलविद्युत् निर्माण भएको १ सय ८ वर्ष व्यतीत भइसकेको छ । पछिल्ला दिनमा कर्णाली बेसिनबाट ३२ हजार...

कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने...

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते

राजविराज । सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् । झडप भएको ठाउँबाट प्रहरीले तस्करले...

कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

काठमाडौं । कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि...

अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष...

खोलाको जग्गा हाउजिङको नाम पास गरिदिने नापी कार्यालय प्रमुख सहित १७ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख...

अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक

काठमाडौं । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू...

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

संवैधानिक आयोग चार वर्षदेखि बेवारिसे

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका संवैधानिक आयोगले पूर्णता पाउन सकेका छैनन् । लैंगिक, जातीयलगायत अधिकारका लागि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)