Wednesday, April 14, 2021
Home Breaking News कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

,

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताउनुभएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा दुई लाख ७० हजार ३२५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप लगाएपछि के हुन्छ ?
स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीले विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारे यकिनरूपमा बताउन नसकिने बताएका छन् ।

खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षैसम्म पनि एन्टिबडी रहिरहन्छ ।

यद्यपि यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टिबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।

शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना सङ्क्रमण भइसकेका मानिसमा त्यसैले पनि सङ्क्रमणको सम्भावना कम हुनसक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टिबडी विकास भइसकेको हुन्छ तर कति समयसम्म सो एन्टिबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ ।

त्यसैले स्वास्थ्य समितिले एकपटक सङ्क्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डिएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छलगायतका विभिन्न भ्रम फैलिएका छन् ।

यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ । खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकालाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक सापकोटाले बताउनुभयो । लामो परीक्षणपछि ल्याइएकाले पनि यी खोप सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

साताका लोकप्रिय समाचार

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत...

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

चीनको वुहानमा आजदेखि लकडाउन हटाइयो

बुहान । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । बुहानबाट कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो । हिजो मङ्गलवार...

नेपालमा जलविद्युत्को नीतिगत व्यवस्था र कार्यान्वयन पक्ष

चालु आव २०७७-७८ को बजेट बक्तव्यमा मुलुकको ऊर्जा संकट समाधान भएकाले अब विद्युत् उत्पादनलाई नदी प्रणालीमा आधारित, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाका माध्यमद्धारा विद्युत् निकासीतर्फ...

सोलुखुम्बुमा आइचर दुर्घटना, तीनको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका...

बलात्कार अभियोग लागेका ‘सिद्धबाबा’लाई जिल्ला अदालतले दियो सफाई

काठमाडौं । महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला न्यायाधीश...

कुर्सी जोगाउने उपाय खोज्दै प्रधानमन्त्री ओली

काठमाडौं । आफैंले दिएको अभिव्यक्ति आफ्नै लागि घाँडो होला भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेका भए पक्कै भन्ने थिएनन् ‘नेपालको भुमी फिर्ता ल्याउन खोजेको...

रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीले ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित पूर्ण अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएको छ । साथै अर्को विधा ‘उत्कृष्ट...

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

नयाँदिल्ली । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी...

बैतडीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

दैलेखमा सरकारी विद्यालयको लोकप्रियता

दैलेख । शहर देखी ग्रामिण भेगका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी देखी अंगे्रजी माध्यमबाट अध्यापन...

लाइपजिगको सहज जित

म्युनिख । स्पेनिस मिडफिल्डर ड्यानियल ओल्मोले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि आरबी लाइपजिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)