Wednesday, April 14, 2021
Home Breaking News खोप अभियानलाई देशव्यापी बनाइँदै

खोप अभियानलाई देशव्यापी बनाइँदै

२ करोड १८ लाख नागरिकलाई खोप लगाइने

,

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महŒवाकांक्षी योजना ल्याएको छ ।

मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफल बनाउन देशव्यापी रूपमा सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन आग्रह गरेको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले नागरिकलाई जोखिमबाट मुक्त गराउने उद्देश्यसहित ठूलो मिहिनेत गरेर खोप ल्याउन सफल भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियालाई पारदर्शी बनाइने र कुनै प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव लक्ष्मण मैनालीले तीन वटै सरकारको समन्वयमा भ्याक्सिन अभियानलाई छिटै देशव्यापी बनाउँदै नागरिक स्तरमा सरकार रहेको प्रत्यक्ष अनुभूति दिइनेगरी काम गर्ने बताए ।

मन्त्रालयले कोरोनाविरुद्धको अभियान तथा खोप अभियान सफल बनाउन आवश्यक पर्ने उपायहरूका बारेमा सम्पादकहरूसँग समेत राय र सुुझाव लिएको थियो । सम्पादकहरूले खोप अभियानलाई छिटोभन्दा छिटो आम नागरिकसमक्ष पु¥याउनुपर्ने, पारदर्शिता अपनाउनुपर्ने, भ्याक्सिन अभियान सफल बनाउन स्पष्ट खालका नीति योजना तथा कार्यक्रम बनाउनुपर्ने तथा मिडियामैत्री नीतिसमेत अख्तियार गर्नुपर्ने सुझाव दिएका थिए ।

–४८ अर्व ८३ करोड खर्च हुने अनुमान
– दोस्रो मात्रा ७ वैशाखदेखि
– थप ५० लाख डोज खरिद गर्ने तयारी
– २३ फागुनदेखि दोस्रो प्राथमिकताको पहिलो चरणकालाई खोप

सो कार्यक्रममा मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कुल जनसंख्याको ७१.६२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेगरी महŒवाकांक्षी योजना ल्याइएको जानकारी दिए । जसअनुसार २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

योजनाअनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी, प्रवासी कामदार र शरणार्थी ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाइनेछ । यस्तै, ४० देखि ५४ वर्षका बाँकी सबै २९ लाख १ हजार १ सय ४, १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जनालाई खोप उपलब्ध गराइनेछ ।

सम्पूर्ण खोप व्यवस्थापनका लागि ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार ८ सय ८९ रूपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ ।

हाल पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरूलाई खोप लगाउने अभियान जारी छ । पहिलो प्राथमिकतामा कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मी, वृद्धाश्रममा आश्रित नागरिक, कैदी बन्दीहरू, पत्रकार, सफाइकर्मीलगायत रहेका छन् । दोस्रो प्राथमिकतामा ५५ वर्ष र माथिका नागरिकहरू, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरू पर्छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू, १५ देखि ३९ वर्षसम्मको उमेर समूह भएकाहरू पर्छन् ।

मन्त्रिपरिषद्को मार्गदर्शनअनुसार नै खोपको छनोट गरिनेछ । खोपको गुणस्तर, हाल भइरहेका खोप भण्डारणको पूर्वाधारसँगको अनुकूलता, कम लागत र खोपको उपलब्धतालाई खोप छनोटका आधारहरूको रूपमा लिइएको छ ।

नेपालमा कुन कुन खोप ?
हाल नेपालमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामको बायोफर्मास्युटिकल कम्पनीले विकास गरेको र भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप उपयोगमा आएको छ । खोप विज्ञहरूका अनुसार यो खोप ७१ प्रतिशत प्रभावकारिता रहेको छ ।

हालसम्म देशभर ४ लाख २९ हजार ७ सय ५ जना नागरिकलाई कोभिसिल्ड खोप लगाइएको छ । यो खोप कम्तीमा ८ साताको फरकमा दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने खोप विज्ञ डा. श्यामराज उप्रेतीले बताए । यो खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

पहिलो प्राथमिकताको पहिलो चरण र पहिलो प्राथमिकताको पहिलो चरणमा थप गरिएको (उपत्यकाभित्र) र पहिलो प्राथमिकताको दोस्रो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ सम्म दिइने प्रस्तावित योजना बनाइएको छ । यस्तै, दोस्रो प्राथमिकताको पहिलो चरण आगामी २३ फागुनदेखि पहिलो मात्रा र २०७८ जेठ १७ देखि दोस्रो मात्रा दिइनेगरी स्वास्थ्य मन्त्रालयले योजना तय गरेको छ ।

थप ५० लाख डोज छिट्टै
सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । गत ८ माघमा भारतले १० लाख डोज खोप उपहारस्वरूप नेपाललाई उपलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा रहेको छ ।

सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो । कोभ्याक्समार्फत करिब १ करोड ३० लाख डोज खोप छिट्ट नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, पहिलो चरणमा भने केही दिनमा नै १९ लाख खोप आउने भएको छ । चीन सरकारले पनि ५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने वाचा दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकसँगको अन्तरक्रियामा खोप अभियान र यसको प्रभावकारिताका बारेमा समेत जानकारी गराइएको थियो ।

खोप लगाएपश्चात् केही व्यक्तिमा सुई लगाएको भागमा दुख्ने, सुनिने गाँठो पर्ने, टाउको दुख्ने, जिउ दुख्ने, जोर्नीहरू दुख्ने, मध्यम ज्वरो आए पनि गम्भीर प्रकृतिकोे असर नदेखिएको विज्ञ उप्रतीले बताए । उनका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप ४ लाख २९ हजार जनामध्ये कसैलाई पनि स्वास्थमा गम्भीर समस्या देखिएन ।

खोप विज्ञहरूका अनुसार १८ वर्षमुनिका बालबालिकामा यो खोपको सुरक्षा र प्रभावकारिता स्थापित नभएको कारणले दिन मिल्दैन । यस्तै, खोपको पहिलो मात्रापछि गम्भीर एलर्जी भएमा र यसभन्दा अघि अट्ट कुनै भ्याक्सिन, इन्जेक्टेबल थेराफिज, फुड आइटम्स, फर्मास्युटिकल प्रोडक्टसलगायतले गम्भीर एलर्जी भएमा र गर्भवती महिलालाई यो खोप दिनुहुँदैन ।

तर, पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति, दीर्घ रोग (मुटु, मस्तिष्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर), रोग प्रतिरक्षा कमी वा एचआईभी भएका, बालबालिकालाई स्तनपान गराइरहेका आमालाई खोप दिन मिल्छ । खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाका लागि आवश्यक व्यवस्था खोप केन्द्रमै गर्ने र प्रेषणको व्यवस्था मिलाइएको छ ।

(Visited 287 times, 1 visits today)
Loading comments...

आजको समाचार

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

साताका लोकप्रिय समाचार

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

वैशाख ११ मा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो...

ट्रेन्डिङ

सिन्धुलीमा करेन्ट लागेर १ को मृत्यु, ३ जना घाइते

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ७ सिम्लेमा शनिबार बिहान बत्ती बाल्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते...

हिउँदको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

काठमाडौं । हिउँदको सुक्खा याममा मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थालाई थप सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर प्रसारण बिन्दुबाट थप १५ मेगावाट विद्युत्...

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

काठमाडौँ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले...

विवाहले खुसी छाएको जीन्दगी

इलाम । इलाम नगरपालिका–३ पुवामझुवाका नितेश सुनुवार शारीरिक रूपमा अशक्क्त छन् । हिंडडुल गर्न नसके पनि दुःखले हात चलाउन र बोल्न मात्र सके पनि...

भारती सिंह गिरफ्तार, घरमै भेटियो गाँजा

मुम्बई । प्रहरीले कमेडियन भारती सिंहलाई गिरफ्तार गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । प्रहरीले उनको श्रीमान हर्ष...

भारतवाट फर्केका वडा अध्यक्ष क्वारेन्टाइनमा

जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षलाई क्वारेन्टाइनमा राखिएको छ । आईतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष...

कोरोना भाइरस : भविष्यमा हुने यात्रा कस्ता होलान् ?

समशुद्धिन ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन् । उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए । उनले घुमाएका मध्ये एकजना...

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको...

शिव र शिवरात्री

शिवरात्री विश्वभरका हिन्दु धर्मावलम्बीका लागि महान् दिन हो । ब्रह्मान्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा...

संकटको बेला सहयोगमा देखिएनन् स्टार कलाकार

काठमाडौं । अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग...

‘१०१ फरेनहाइट ज्वरो आउँदा नाचेको गीत तिहारै आयो’

तिहारै आयो लौ झिली मिली हे सुन हजुर भैलिनी आइन् आँगन... तिहारमा सबैभन्दा बढी बज्ने र गाइने गीत हो यो । चलचित्र स्वर्गको यो गीतलाई लोचन...

हतियारसहित एक जना युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० भुडामा ससस्त्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)