काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको सचिवालय बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय बताए ।