प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मन्त्री साहले आफ्नै पार्टी सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेहरुले नैतिकताको कुरा गर्न नसुहाएको बताए । ५ वर्षको लागि म्यान्डेट पाएको सरकारले बीचमै छोड्नु जनादेशको अपमान हुने बताउदै मन्त्री साहले अत्यधिक सांसदको समर्थन प्राप्त रहेकोले प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्नेहरुले अनैतिक हुने बताए ।

“अहिले कतिपयले सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा मागेर नैतिकताको विषयसंग जोडिरहेका छन्, यसमा म यति मात्र भन्छु कि आफ्नै पार्टीको सरकार विरुद्ध षड्यन्त्र गरि अविश्वासको प्रस्ताव ल्याउनेले नैतिकताको कुरा गर्न सुहाउँछ ? जनताले ५ वर्षको लागि सरकारले बीचमै छोड्दिदा चाहिँ नैतिकता हुने अनि जनादेशको सम्मान गर्दै पुरै ५ वर्ष सरकार संचालन गर्दा अनैतिक हुने ? यो भन्दा हास्यास्पद कुरा के हुन सक्छ ।” मन्त्री साहले भने, “जसले अहिले प्रधानमन्त्रीको राजिनामा माग्दैछ उसले आफै अनैतिकताको हद नाघिसकेको छ ।”

दुई चार जनाले फुटाउन चाहेपनि नेकपाको फुट सम्भव नभएको बताउदै मन्त्री साहले देशमा कम्युनिष्ट सरकारको विकल्प नरहेको जीकिर गरे । संसद पुनर्स्थापना पछि अस्थिरता फैलाउने तत्वहरु अग्रसर भएर सांसद तानातान र किनबेचमा लागेपनि पूरा नहुने मन्त्री साहले वताए ।

अझै पनि बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारको पक्षमा रहेकोले सरकारको विकल्प खोज्नुको कुनै अर्थ नभएको मन्त्री साहको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)