Wednesday, April 14, 2021
Home Editor-Picks भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

‘जतिसक्दो चाँडो पार्टी फुटाएर भएका सांसद जोगाउन प्रचण्ड–नेपाललाई सुझाव’

,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने,‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

साक्षात्कारमा बोल्दै उनले भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे । उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए । उनले भने,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

बस्नेतले अहिले दाहाल–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे । उनले दाहाल–नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुँगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समकिरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाई छ । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे । उनले भने,‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’

२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उनले स्पष्ट पारे । उनले नेकपाभन्दा बाहिर सत्ता समिकरण नपुग्ने पनि दाबी गरे । उनले भने,‘सत्ताको खेल आज नेकपाभित्रै छ । योभन्दा बाहिर छैन् ।’

भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उनले यदि त्यसो हो भने एकता हुनेपनि सुनाए । तर, दाहाल–नेपाल समूहले लड्डु खाँदै २२ जना सांसद आफूहरुतिर आउने भनेर पालेको भ्रम तोडिईसकेको पनि उनको दाबी छ ।

बस्नेतले दाहाल–नेपाल समूहले सत्ता समिकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए । उनल भने,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’

उनले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोलेको दाबी गरे । उनले भने,‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, उनले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।

यद्धपी उनले प्रधानमन्त्री ओलीलाई देशभित्रबाट वा बाहिरबाट ? कहाँबाट सुरक्षा थ्रेट छ? भन्ने कुरामा आफू अपडेट नभएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भएपनि प्रधानमन्त्रीले असुरक्षित छु भनेर नभनेको भन्दै प्रधानमन्त्रीको भनाईको बचाउ गरे ।

उनले प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको जिकिर गरे । उनले अब ओलीका समकालिन नेतामा अन्तिम राज ओली नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्नेपनि सुनाए । अब नयाँ पुस्ता जबरजस्त ढंगले आउने उनको विश्वास छ । उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

उनले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गरे । उनले भने,‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’

उनले आफूहरुको साईबर सेना कुनै सुरक्षा दस्ता नभएर सूचनाको सही प्रवाह गर्ने रुपचन्द्र विष्टको थाहा अभियानजस्तै भएको स्पष्ट पारे । र, आफूले यसको न्वारान गरेको सुनाउँदै आफू यसको सेनापति नभएको पनि बस्नेतको भनाई छ ।

(Visited 485 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

साताका लोकप्रिय समाचार

देउताको कसमले अनुसन्धानमा सहज

मुगु । बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागार्इंको हत्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको...

अफ्रिकन रुट्स फाइनलमा

पोखरा । पाहुना टोली अफ्रिकन रुट एसोसिएसन १९औं संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । उपाधिका लागि उसले शनिबार संकटाको सामना...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

ट्रेन्डिङ

सर्लाहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा कोरोना भाईरस संक्रमण बाट फेरी थप एक जनाको महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नं. १२ घर भै लालबन्दी...

कोरोना भाइरससम्बन्धी गलत समाचार सामग्री प्रेषित गरे कार्वाही गरिने

काठमाडाैं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ । काउन्सिलले...

राप्रपा एकता महाधिवेशन वैशाखमा

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आगामी वैशाखमा तय भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले २५–२८ वैशाख २०७८ मा...

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाको छैठौं नगर...

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो, १ हजार भन्दा बढीको मृत्यु

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य...

अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र...

नेकपा दाहाल–नेपाल समूहद्वारा को बैंक खाता रोक्न पत्राचार

काठमाडौं । नेकपा विभाजन भएपछि नेकपाका दाहाल–नेपाल समूहले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरूको खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्र पठाएको...

प्रतिष्ठित व्यवसायी एवम् कांग्रेस सांसद केसीको निधन

पोखरा । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति ६३ वर्षको उमेरमा निधन भएको छ । उनको आफ्नै निवास पोखरा...

ढकाल समूहका व्यवसायी असन्तुष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका उद्योगी-व्यवसायीले...

सिजन लम्ब्याउने तयारी

लन्डन । युरोपियन फुटबलको सर्वाच्च निकाय (यूईएफए)ले यो सिजन आउँदो अगस्टमा सकाउने योजना अघि सारेको छ । यूईएफएले क्लबको दबाब कम गर्न र टिभी...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ...

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, १७३ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)