Monday, July 26, 2021
HomeBreaking Newsटिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

बहिनीसंग पढन आएकी बालिकालाई युवाले गरेका थिए बलात्कार

,
sharethis

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले करणी गरेको जानकारी दिएकी थिइन् घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका थिए ।

बलात्कारमा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

(Visited 492 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

साताका लोकप्रिय समाचार

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन

लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

टोकियो ओलम्पिकमा नेपालको खेल

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

ट्रेन्डिङ

खोप ल्याएर चमत्कार गछौंः स्वास्थ्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका कृष्णगोपाल श्रेष्ठले अब खोप ल्याएर चमत्कार गर्ने बताएका छन् । शुक्रबार पद वहाली कार्यक्रममा उनले भने 'कोभिड–१९...

राष्ट्रिय सहमति र एकता अत्यावश्यक

नेपालको नयाँ राजनीतिक नक्सा निर्माण भएसँगै सरकार र राज्यको दायित्व पनि केही बढेर गएको छ । नयाँ नक्सा निर्माणसँगै नक्साअनुसारको सार्वभौमिकता कायम गर्न यो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)