Sunday, April 18, 2021
Home Editor-Picks ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

,

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आवमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ ।

चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ । यो आवको फागुन १८ गतेसम्म दर्ता भएका सम्बन्धविच्छेदका ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ । चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो ।

“युवा विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमान्श्रीमतीमा आशङ्का पैदा हुन्छ, चरित्रको आरोप लाग्छ”, उहाँले भन्नुभयो, “यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।” उहाँले विवाह भनेको आपसी बुझाइ र सहमतिसहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यस्तै चालु आवको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्दासम्बन्धी आठ, बहुविवाह पाँच, जबर्जस्ती करणीसम्बन्धी १७, लागुऔषधसम्बन्धी पाँच, चोरीसम्बन्धी नौ, आत्महत्या दुरुत्साहनसम्बन्धी दुई, बाल यौन दुरुपयोगसम्बन्धी दुई, अपहरण गरी बन्धकसम्बन्धी दुई, पशुपक्षीको कसुर छ, बोक्सी आरोपसम्बन्धी एक, विवाह बदर एक, बालविवाह एक, सङ्गठित ठगी एक, हातहतियारसम्बन्धी १०, करारको यथावत परिपालन एक, झुठो विवरण पेश गरी नागरिकता लिएको एक र घरेलु हिंसासम्बन्धी आठ मुद्दा परेको जिल्ला अदालत बागलुङले जनाएको छ । यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आवमा नयाँ दर्ता भएका २९० मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिलेसम्म रहेका ५९३ मुद्दामा २२१ मुद्दा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् ।

विसं २०७४ भदौ १ गतेदेखि मुलकी ऐन, २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागू भएको थियो । पहिलो मुलुकी ऐन जारी भएको १६४ वर्षपछि नयाँ मुलुकी ऐन आएको हो । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैवाहिक बलात्कार मुद्दा लाग्ने भएका छन् ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको...

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

ट्रेन्डिङ

कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो...

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

काठमाडौं । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

शिक्षण संस्थालाई जनस्वास्थ्य मापदण्ड कार्यान्वयन निर्देशन

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि सरकारले भौतिक उपस्थितिसहित पठनपाठनरत शिक्षण संस्थालाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण...

राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही...

कालिकोटमा ३ सय ७५ जनाको रोजगारी खोसियो

कालिकोट । आफ्नो कार्य संचालन गरेको पहिलो वर्षमै गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगारी दिएर चर्चामा आएको जिल्लाको पलाता गाउँपालिकाका तीन सय ७५ जनाको रोजगारि खोसिएको...

संकट समाधान गर्न रातदिन फिल्डमै छौं : जनकराज दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनरात नभनी कार्यक्षेत्र खटिएकाे बताउछन् । एक वर्षे कार्यकालमा देशकै राजधानीमा सुधारमा धेरै काम भएकाे उनकाे दावी छ...

साझा प्रकाशनमा निर्वाचन शुरु

काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन...

कोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास

सप्तरी । चीनबाट सुरु भएर विश्वव्यापी बनेको कोरोना भाइरसको सन्त्रास र महंगीसँगै मंगलबार उपबास बस्ने कारणले सप्तरीमा यस पटक रंग र उमंगको पर्वको रुपमा...

नेयमार कारबाहीबाट बचे

लिस्वन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् । युरोपेली फुटबलको सर्वाेच्च...

म्युजिक भिडियो खेलाइदिन्छु भन्दै बियर खुवाएर किशोरी बलात्कार

काठमाडौं । म्युजिक भिडियो खेलाइदिन्छु भन्दै किशोरी बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)