Wednesday, April 14, 2021
Home Not-to-be-missed गोर्खा वारियर नबन्दै गोर्खा वारियर–२ निर्माण सुरु

गोर्खा वारियर नबन्दै गोर्खा वारियर–२ निर्माण सुरु

,

काठमाडौं । पहिलो शृंखला निर्माण नभई चलचित्र गोर्खा वारियरको दोस्रो शृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा गोर्खा वरियर–२ को निर्माण घोषणा गरियो । साहसिक गोर्खा सैनिकप्रति सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको हो ।

यो चलचित्र निर्माता निर्देशन मिलन चाम्सले गर्दै छन् । चलचित्र गोर्खा वारियरको छायांकन अफगानिस्तानमा गर्नुपर्ने र छायांकनका लागि केही ढिला हुने भएकाले गोर्खा वारियर–२ छायांकन थालिएको निर्देशक चाम्सले कार्यक्रममा प्रकाश पारे । यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले समारोहमा बताए ।

युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकमाथि श्रद्धासुमन अर्पण गर्दै कार्यक्रममा चलचित्र निर्माण गर्ने घोषणा गरियो । निर्देशक चाम्सले गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको बताए । अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका भनाइ र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य–दृष्यसहित कार्यक्रममा प्रकाश पारे । गोर्खा वारियर चलचित्र ४ शृंखलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे ।

कार्यक्रमका अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको उनले बताए । यो चलचित्रले नेपालीलाई गोर्खा सैनिकका रूपमा श्रव्य–दृष्यमार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे ।

यो चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसीसहितको मुख्य भूमिका रहने छ । रितेस चाम्स नवनायकका रूपमा यो फिल्मबाट प्रस्तुत हुँदै छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुन् । जसमा सहनिर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् । चलचित्रलाई नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिने भएको छ ।

साहसिक गोर्खाली सैनिकका बारेमा चलचित्र निर्माण हुन लागेको र आफू पनि गोर्खा सैनिकको अफिसरका रूपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता विजय लामाले कार्यक्रममा बताए ।

यस्तै नवअभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्रमार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए । अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफूलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्मको मुख्य नायिकाको जिम्मेवारी दिँदा झनै खुसी लागेको बताइन् । हास्य अभिनेता बुद्धि तामाङले आफू होचो कदको भए पनि गोर्खाली सैनिकका रूपमा दर्शकलाई फरक काम देखाउन लालयित भएको बताए ।

आगामी २०२२ को सुरुमा विश्वव्यापी रूपमा रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

(Visited 28 times, 3 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

साताका लोकप्रिय समाचार

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री निर्विरोध

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखा खोटाङकोे छैठौं अधिबेसनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी...

ट्रेन्डिङ

पोखरामा शनिबार थपिए १६ जना कोरोना संक्रमित

पोखरा । पोखरामा शनिबारमात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि...

यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने

काठमाडौँ । आउने शुक्रबार र शनिबार (१७ — १८ ) दुई दिने शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा...

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

काठमाडौँ । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

नवीन्द्रराज जोशीको अवस्था गम्भिर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले विज्ञप्ती जारी...

लकडाउन बन्यो मग्न मनहरुको सडक

साँझको समय । चिल्लो कालोपत्रे सडक । जेठको प्रचण्ड गर्मी । गर्मीबाट राहतको खोजीमा ३ वर्षको साना बालबालिकादेखि तन्नेरीहरुको एक झुण्ड मुखमा मुखौटो लगाएर...

गीतबाटै स्वास्थ्य सञ्चारकर्मीलाई सलाम

काठमाडौं । गायक राज सागर र गायिका जीना रसाइलीले कोरोना संक्रमण र लकडाउनमा मैदानमा खट्ने विभिन्न पेसाकर्मीलाई गीतबाटै सलाम गरेका छन् । यी गायक...

बागमती प्रदेशमा गौरवका आयोजना : आठ जिल्लामा हिल स्टेशन निर्माण सुरु

सिन्धुपाल्चोक । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पहाडी क्षेत्रमा हिल स्टेशन निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा...

शम्भु थापाले प्रश्न उठाएपछि न्याधीस हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

काठमाडाैं ।  न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा...

कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र...

नेकपा संकटमा ‘आइसब्रेक’ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

अभिभावक र विद्यार्थीका पीडा

कोरोना संक्रमणको बढ्दो महामारीका कारण शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि...

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)