Wednesday, April 14, 2021
Home कला दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

,

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन् ।

‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो । ‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा परियार पक्राउ परेका हुन् । उनलाई १३ फागुनमा पक्राउ गरेरअनुसन्धान थालिएको टेकुस्थित अपराध महाशाखाका प्रहरी निरीक्षक भुवनबहादुर खड्काले जानकारी दिएका छन् । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अभियुक्त परियारलाई प्रहरी परिसरमा राखिएको पनि अपराध महाशाखाका प्रहरी निरीक्षक खड्काले बताएका छन् ।

खड्काका अनुसार परियारले पाइरेसी गरेको विभिन्न प्रमाण पीडित पक्षले पेस गरेपछि उनमाथि अनुसन्धान थालिएको हो । ती व्यक्तिले दर्जनौं नेपाली फिल्मको पाइरेसी गरेको प्रारम्भिक अध्ययनमा देखिएको पनि उनले बताएका छन् । चलचित्र विकास बोर्ड चाबहिलमा पत्रकार भेटघाट गर्दै पीडित पक्षले यस्तो जानकारी गराएको हो । खड्काका अनुसार अभियुक्त परियारलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरूप सरकारी वकिलको कार्यालबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।

सिनेमा घर एप्सका सञ्चालक सागर खरेलका अनुसार ‘सिनेमा घर एप’मा रिलिज भएका ‘डमरुको डन्डीबियो, सरौतो’सँगै विभिन्न चलचित्र पाइरेसी गरेर गैरकानुनी कारोबार अभियुक्तले गरेका थिए । परियारले सिनेमा घरसहित विभिन्न एप्सबाट पनि फिल्म पाइरेसी गरेको आरोप पनि खरेलको छ ।

सिनेमा घर एपका अर्का सञ्चालक एवं अभिनेता खगेन्द्र लामिछानेले आफूहरूले निकै कम शुल्कमा दर्जनौं फिल्म दर्शकले दिँदै आएको बताए । यति हुँदा पनि एक जना दर्शकले आफूहरूलाई करोडौंको घाटामा डुबाएको र ती व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नुपर्दा दुःख लगेको छ भने । उनी पनि आफ्ना दर्शक भएको र पेसाले एक जना शिक्षकसमेत रहेका परियारले यति ठूलो अपराध गर्दा आफूहरूलाई ठूलो घाटा भएको उनको कथन थियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पछिल्लो समय युवा पुस्ता इन्टरनेटको पहुँचमा बढी रहने गरेको र उनीहरू यस्तो पाइरेसी प्रकरणमा बढी सक्रिय हुने गरेको पनि बताए । अभिभावकले आफ्ना छोराछोरी पाइरेसीजस्तो जघन्य अपराधमा त लागेका छैनन् भनेर बेलाबेलामा निगरानी गर्नुपर्ने सुझाव पनि उनले बताए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिलेको प्रतिलिपि अधिकारसम्बन्धी कानुन कमजोर रहेको जिकिर गरे । यो कानुन २०५९ ल्याइएको र त्यतिबेलाको यो पाइरेसीसम्बन्धी कानुन कमजोर भएका कारण पाइरेसी गर्नेहरूको मनोबल बढेको पनि उनले जिकिर गरे । बोर्डले पाइरेसीसम्बन्धी संशोधन प्रस्ताव राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रस्तुत गरेको र यो पारित भए पाइरेसी गर्नेलाई जधन्य अपराधअनुरूप कानुनी कारबाही हुने पनि अध्यक्ष दाहालले बताए ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

साताका लोकप्रिय समाचार

सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

सप्तरी, राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लामा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ । उक्त अभियानको...

कांग्रेसकाे ध्यान निर्वाचनमै

काठमाडौं । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ । यद्यपि, कांगे्रसको मुख्य...

गोरखा सांस्कृतिक समाजमा नयाँ नेतृत्व

काठमाडौं । गोरखा सांस्कृतिक समाजमा गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको तेस्रो अधिवेशनले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्षमा...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत...

ट्रेन्डिङ

सडक विभागका इन्जिनियरविरुद्ध २ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

जुम्लामा ज‌ंगली परम्परा : अपहरणपछि बलात्कार अनि विवाह

जुम्ला । करिब चार महिनाअघि जिल्लाको पातारासी–३ स्थित महरी गाउँकी एक किशोरीलाई एक युवकले जबर्जस्ती श्रीमती बनाए । त्यसको दुई महिनापछि पातारासी–२ तल्फीका युवाले...

निषेधाज्ञाबीच जारी तीनवटा आईपीओ बाँडफाँट सोमबार सकिने

काठमाडौं । निषेधाज्ञाका बीच जारी भएको रिलायन्स लाइफको साधारण सेयर शुक्रबार बाँडफाँट भएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले शनिबारका लागि पूर्वतयारी गरेको आईपीओ...

विपदमा लाखौँको बजेट, कहाँ खर्च भयो ? विवरण नै छैन

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १० का १२ वर्षीय बालक अभिषेक नेपालीलाई गएको असार २६ गते शुक्रबार दिउँसो ३ बजे पौडी खेल्न गएका...

जुम्लाको तापक्रम माईनसमा झरेपछि दाउराको जोहो गर्दै

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ बारागाउँकी गोरिकला रावतलाई अहिले जँगलबाट दाउरा ओसार्न भ्यानभ्याई छ । यो समयमा आवश्यक दाउरा जम्मा नगरे...

खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मुल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे...

नर्भिक अस्पतालले भन्यो- कोरोना भाइरसका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस (कोभिड–१९) का बिरामी फेला नपरेको जनाएको छ । शनिबार बिहानैदेखि विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना ...

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका...

गैरजिम्मेवार निजी अस्पतालमाथि कडा कारबाही आवश्यक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको छ ।...

नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई कतार प्रवेशमा प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारले आज सोमबारदेखि नै...

अदालत गएको विषयमा विवाद गरिएको भन्दै सभामुख असन्तुष्ट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा दुईपटक प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको नेपाली कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध ग-यो । दुईपटकसम्म...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)