Wednesday, April 14, 2021
Home Breaking News काग्रेस अझै अनिर्णीत

काग्रेस अझै अनिर्णीत

,

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटसमेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।

संसद् पुनस्र्थापनापछि बनेको नयाँ राजनीतिक कोर्षमा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन ।

सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । उनले प्रचण्ड—नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए ।

तर, सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

‘कसरी अघि बढ्ने भन्नेमा छलफल जारी छ, कुनै टुंगोमा पुगिसकेको अवस्था छैन, मूल कुरा असंवैधानिक कदम चाल्ने पक्षलाई सघाउन हुन्न भन्ने हो, पार्टीले बृहत् छलफलबाट यो विषयमा निर्णय गर्नुपर्छ,’ नेता केसीले राजधानीसँग भने ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको भए पनि संयमतापूर्वक झ्यालबाट हेरिरहेको प्रतिक्रिया दिए ।

कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको बैठकसमेत बोलाएको छ । दलको बैठकमार्फत कांग्रेसले २३ गते बस्ने संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा आधिकारिक निर्णय गर्ने अनुमान छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

साताका लोकप्रिय समाचार

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

पढाइ लेखाइको सुन्दर पक्ष

भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री निर्विरोध

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखा खोटाङकोे छैठौं अधिबेसनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

ट्रेन्डिङ

पाँच महिनादेखि विकास निर्माणमा धक्का

काठमाडौं । राजनीतिक संक्रमणको अन्त्य र स्थायी सरकारको गठनपछि आधार तय भएर गति लिने क्रममा रहेको समग्र क्षेत्रको पूर्वाधार तथा विकास निर्माण पुनः धरमराएको...

मोहना नदीमा बेपत्ता भएका दुई जनाको शव फेला

गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप...

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका...

सुनौं सुनौं लागिरहने प्राश्नाको भक्तिभाव

काठमाडौं ।‘भर्सटायल’ आवाजकी प्राश्ना शाक्यले श्रीस्वस्थानी व्रतारम्भको अवसर पार्दै मायालु भक्तिभाव सार्वजनिक गरेकी छन् । ईश्वरको ईश्वरी जय जगदेश्वरी देवी स्वस्थानी माता सकल जगतको प्राणीहरूको तिमी...

छायांकन खुला भएपछि फिल्म हल जबरजस्ती खोलिने

काठमाडौैं । विगत नौ महिनादेखि बन्द रहेको चलचित्र छायांकन कार्यलाई सरकारले मंगलबारबाट अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र छायांकन गर्ने अनुमति...

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड...

भोलिदेखि मनसुन पुनःसक्रिय हुने

काठमाडौँ । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने...

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री...

अब टेम्पु भाडा तिर्न र मन्दिरमा भेटी चढाउन पैसा बोक्न पर्दैन, कार्डबाटै मिल्छ

सिन्धुली । के तपाई टेम्पु चढ्दै हुनुहुन्छ ? खल्तीमा पैसा छैन ? यदि छैन भने पनि तपाईं चिन्ता नगर्नुहोस, सिन्धुलीमा अटो चढ्नप-यो भने बैंकबाटै...

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित...

न्यु क्यासलको महत्वाकांक्षामा बेल

लन्डन । साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेड खरिद गर्ने प्रक्रिया अघि बढाइरहेको छ । विश्वव्यापी बनेको कोरोना...

मुगुमा मानवअधिकार अवस्था अनुगमन समिति गठन

मुगु । मुगु जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको छ । बुधबार जिल्ला बार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)