Wednesday, April 14, 2021
Home Editor-Picks नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

,

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रक्तिव्यक्ति आय ११ सय ५९ डलर थियो ।

राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००-१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०÷११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो ।

एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको राािष्ट्रय तथ्यांक विभागले देखाएको हो । विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ । आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् ।

– अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब
– जीडीपीको आकार १४.७ प्रतिशतले वृद्धि

नेपालको कुल वार्षिक उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार सन् २०१०-११ मा आधार वर्ष परिवर्तन गर्ने सन्दर्भमा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ भने सो परिवर्तनले जीपीडीको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

विभागका अनुसार कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५, खानी तथा उत्खननमा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत्मा ४६.८, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुद्राका व्यापारमा २३.१, आवास तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा सञ्चारमा २.६ प्रतिशत, वितीय तथा बिमासम्बन्धी क्रियाकलापमा ३६.८, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापमा ५२, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तै, मानव स्वास्थमा १.२ प्रतिशत र औद्योगिक वर्गीकरण, कला, मनोरञ्जन तथा अन्य क्रियाकलापमा भने ८५.८ प्रतिशतले घटेको देखिएको छ ।

यसैगरी, कोभिड–१९ को प्रभावका कारण नेपालको आर्थिक अर्थतन्त्र ऋणात्मक भएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न लकडाउन र त्यसपछिको विभिन्न समयमा भएको निषेधाज्ञाको कारण नेपाली अर्थतन्त्रमा असर परेको विभागले जनाएको छ ।

१० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि भएको छ, मध्यवर्ती उपभोगमा ३५.४२, कुल ग्राहस्थ उत्पादनमा १४.०७ वृद्धि भएको विभागले जनाएको छ

आर्थिक वर्ष २०७६-७७ को अन्तिम त्रैमास र आर्थिक वर्ष २०७७-७८ को प्रथम त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक बनेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा आर्थिक वर्ष २०७५-७६ को सोही अवधिको तुलनामा आर्थिक वृद्धिद्धर १५.५ प्रतिशतले ऋणात्मक र चालू आर्थिक वर्षको प्रथम त्रैमास मा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक भएको विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा गत आर्थिक वर्षमा १.९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको पनि विभागले जनाएको छ । आधार वर्ष परिवर्तन गर्नुअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको गणना आधार वर्ष परिवर्तन गरेको छ ।

राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको विभागले हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको हो । अबदेखि सन् २०१०-११ को आधारमा विगत तथा आगामी वर्षका स्थिर मूल्यमा गणना र मापन हुनेछ ।

पुराना आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेकोमा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष पाँचौंपटक परिवर्तन गरेको हो । हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाका आधार वर्ष सन् २०००-१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०-११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरिएको छ । विश्वमा पनि हरेक १० वर्षमा राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन गर्ने गरिएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर ४.६ प्रतिशतले संकुचन आएको विभागको भनाइ छ । यस्तै, विगत १० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि भएको छ । मध्यवर्ती उपभोगमा ३५.४२, कुल ग्राहस्थ उत्पादनमा १४.०७ वृद्धि भएको विभागले जानकारी दिएको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

साताका लोकप्रिय समाचार

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलको जित, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको नेतृत्वको जित सुनिश्चित भएको छ । शनिबार केन्द्रको मत गणना सकिएको छ । नुवाकोटसहित ५ जिल्लाको...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

ट्रेन्डिङ

पलाञ्चोक भगवतीको मन्दिरमा महायज्ञ हुने

काभ्रे । जिल्लाको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत्र १८, गतेबाट लगाइने...

आँगनमै स्वास्थ्य सेवा पाएपछि दंग बृद्धा

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले ९१ जनाको निःशुल्क आँखाको अप्रेसन गरिदिएको छ । वर्षैदेखि आँखा नदेख्ने भएर आफनो घर आँगन पनि बिरानो ठान्न थालेका...

रौतहटको बागमती नदीमा नुहाउन गएका ३ बालिका बेपत्ता

रौतहट । रौतहटको बाग्मती नदीको डुबेर ३ जना बालिका बेपत्ता भएका छन् । आइतबार बिहान करिब ११ बजे नदीमा नुहाउन गएका ३ जना बालिका...

विश्वविजेता फ्रान्स सहज समूहमा

जुरिच । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन गरिएको छ । सोमबार राति...

२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई...

७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश २ मा बिरोध

जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने निर्णयको प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बिरोध जनाएका छन् ।...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

दाङमा पहिरोले पुरिँदा दुईको मृत्यु

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली...

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक...

भोलिदेखि मनसुन पुनःसक्रिय हुने

काठमाडौँ । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने...

भारतसंग जोडिएका सबै घाटहरु बन्द

बैतडी । विश्वभरी कोरोनो भाईरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसंग जोडिएका सबै घाटहरु बन्द गरिएका छन् । शिवनाथ गाउँपालिकाको नागार्जुन...

सीमा नाकामा स्थायी बीओपी धमाधम थपिँदै

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पु-याउने गरी धमाधम काम अघि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)