मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएका दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । त्यतिबेला उनी १५ वर्षकी थिइन् । लामो समय अस्पतालको बसाइपछि उनी ठीक भइन् । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली मात्र बनेकी छैनन्, उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर