Wednesday, April 14, 2021
Home प्रमुख दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

,

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ ।

यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ । खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ ।

खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामङ्गल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् । अहिले तोकिएका भन्दा अरु अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको सङ्ख्या पूर्वानुमान गर्नुपर्ने, सूक्ष्म व्यवस्थापनमा काम गर्नुपर्ने, अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे यकिन गर्नुपर्ने, स्वयंसेवकको सङ्ख्या बढाउनुपर्ने, वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने प्रवक्ताको भनाइ छ । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले तोकिएका १५ खोप केन्द्रमध्ये गङ्गालाल हृदय केन्द्र बूढानीलकण्ठ नगरको व्यवस्थापनमा पर्छ । बाँकी १४ वटा महानगरको व्यवस्थापन क्षेत्रमा छन् । एउटा केन्द्रमा दुई जना खोप लगाइदिने व्यक्ति र छ स्वयंसेवक खटाउने तयारी छ ।

“कामपामा यसपटक करिब दुई लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा हुनुहुन्छ । विगतका अभ्यास हेर्दा सबै जना खोपका लागि आउनुहुन्न । त्यसमध्ये करिब एक लाख ५० हजार व्यक्ति खोपका लागि आउने हामीले अपेक्षा गरेका छौँ”, कुँवरले भन्नुभयो । सबै केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

उहाँका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्र लिएर जानुपर्नेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ । ‘कोभिड–१९ रोगविरुद्धको खोप अभियान, कार्यक्रम सञ्चालन निर्देशिका २०७७/०७८’ मा पालिकाका अध्यक्ष/प्रमुखको संयोजकत्वमा पालिका समन्वय समिति र वडाध्यक्षको संयोजकत्वमा वडा समन्वय समिति गठन हुने व्यवस्था छ ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

साताका लोकप्रिय समाचार

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३...

पढाइ लेखाइको सुन्दर पक्ष

भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको...

ट्रेन्डिङ

कुलमानकाे अर्काे सफलता : देशकै ठूलो सौर्य प्लान्ट वैशाखदेखि विजुली बल्ने

काठमाडाैं ।  देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार...

गायिका कनिकाविरुद्ध कोरोना फैलाएको मुद्दा

मुम्बई । बलिउडकी चर्चित गायिका कनिका कपुर आफ्नो कोरोना संक्रमण (कोभिड १९)को उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छन् । आफ्नो गृहनगर लखनउको पीजीआई अस्पतालमा...

अमेरिकामा पहिलाे पटक एशियाली मुलकी महिला उपराष्ट्रपति

रासस । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं...

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा...

बेहोस हुने इन्जेक्सन दिएर स्वाथ्यकर्मीले बलात्कार प्रयाश गरेपछि…

बारा । महिलालाई जबरजस्ती गर्न खोज्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल...

दाङमा पहिरोले पुरिँदा दुईको मृत्यु

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली...

कञ्चनपुरमा सलहको झुण्ड देखियो

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी र भीमदत्त नगरपालिकामा सलह किरा देखिएको छ । बिहीबार कञ्चनपुरको पुर्नबास नगरपालिकामा केही झुन्ड देखिएको थियो भने...

अमेरिका र चीनबीचको वाकयुद्ध

उत्तरी छिमेकी चीनको वुहान सहरबाट फैलिएको कोरोना महामारीको प्रकोपले विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकालाई नै सर्वाधिक मात्रामा धनजनको क्षति पु-याएको छ । हालसम्म त्यहाँ...

नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच भिडियो कन्फरेन्स हुने

काठमाडौं । नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच कोरोना रोकथामबारे भिडियो कन्फरेन्स हुने भएको छ । आज शुक्रबार अपरान्ह ३ बजे सुरु हुने कन्फरेन्समा पछिल्लो...

बर्दघाटमा क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)