कांग्रेस अझै पर्ख र हेरकै रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अझै पर्ख र हेरकै स्थितिमा देखिएको छ । उसले यस विषयमा तत्काल निर्णय नगरिने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने भनिएको अविश्वास प्रस्तावका ’boutमा पनि कांग्रेसले कुनै धारणा बनाएको छैन ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले २३ फागुनमा बस्ने संसद् बैठकमा कसरी जाने भन्ने विषयमा कुनै निर्णय गर्न सकेन तर कांग्रेस उचित समयमा उचित निर्णय लिने भन्दै अझै पर्ख र हेरकै रणनीतिमा रहेको देखिएको छ ।
बैठकको अन्तमा बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा कानुनी रूपमा फुटिनसकेको भन्दै हतारमा निर्णय लिन नहुने धारणा राखेका थिए ।

शुक्रबार बसेको दलको बैठकमा सभापति शेरबहादुर देउवा निकट सांसदहरू सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।
बैठकमा देउवा निकट मानिएका सांसदहरू भरतकुमार शाह, देवेन्द्रराज कँडेल, डिला संग्रौलालगायतले पाटीले नेतृत्व लिएरै सरकारमा जानुपर्ने धारणा राखेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणा राखेका थिए ।

– हतारमा निर्णय हुन्नः सभापति देउवा
– सरकारमा जाने कुरै नगरौंः पौडेल समूह

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू भने पार्टी हतारिएर सरकारमा जान नहुने बताउँदै आएका छन् । उनीहरू शुक्रबारको बैठकमा सोही नीतिसहित प्रस्तुत भएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने पार्टीले उचित समयमा उचित निर्णय लिने बताए । उनले भने, ‘संसद्मा नेकपाका साथीहरूले कसरी प्रस्तुत हुनुहुन्छ, सबैको समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ ।’

दलको बैठकमा शुक्रबार २९ जना सांसदहरूले धारणा राखेको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्षसमेत निकालेको छ ।

त्यसैगरी, कोभिड–१९ को खोप सबैलाई दिलाउनेगरी बन्दोबस्त मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरू स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अविलम्ब सञ्चालनमा ल्याउन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक