सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको प्रदेश १–०२–००२च ३८४८ नम्बरको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।
एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राईलाईं प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।