Wednesday, April 14, 2021
Home Breaking News बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

,

टीकापुर । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् । टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गर्नुभयो । खेल्ने, पढ्ने उमेरमा विवाह गरेकी लक्ष्मीले विवाहपछि धेरै समस्यासँग जुध्नुपर्यो ।

अहिले २२ वर्ष टेकेकी लक्ष्मीका तीन सन्तान छन् । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा तीन बच्चा हुर्काइरहेकी लक्ष्मीको न अहिलेसम्म विवाह दर्ता भएको छ न उहाँका बच्चाको जन्मदर्ता । “बालकै हुँदा विवाह भयो, बच्चैमा बच्चा हुर्काउनुपर्यो”, लक्ष्मी भन्नुभयो, “दुई बच्चा विद्यालय जाने उमेरका भइसके, अहिलेसम्म विवाह दर्तासमेत भएको छैन । अब त उमेर नपुगी गर्न मिल्दैन भन्छन्, मलाई त चिन्ता पो लाग्छ ।” लक्ष्मीलाई यतिखेर आफ्नोभन्दा सन्तानको पीडाले पोल्छ । आफूले जिन्दगी बर्बाद गरे पनि बच्चाको जिन्दगी राम्रो होस् भन्ने लक्ष्मीको चाहना छ । “मैले कम उमेरमा विवाह गरेको सजाय भोगिसकेँ, अब मेरा बच्चाले यस्तो पीडा भोग्न नपरोस् भन्ने चाहना छ”, उहाँले भन्नुभयो, “अब मेरो छोराछोरीको जन्मदर्ता नभए उनीहरुले भविष्यमा अधिकार नपाउने हुन् कि भन्ने पिर बढेको छ ।”

लक्ष्मीजस्तै मधु परियारलाई पनि बालविवाह गरेका कारण समस्या भएको छ । पन्ध्र वर्षको उमेरमा विवाह गरेकी मधुले पनि विवाह दर्ता र छोराको जन्मदर्ता नभएको बताउनुभयो । “मैले कम उमेरमा विवाह गरेका कारण विवाह दर्ता भएको छैन, विवाह दर्ता नभएका कारण बच्चाको जन्मदर्तासमेत छैन”, मधुले भन्नुभयो, “घटना दर्ता नभएसम्म कानूनीरूपमा सुरक्षित भइन्न भन्छन् । पढ्ने उमेरमा विवाह गरियो, अब पछुताउनुपरेको छ ।” चौध वर्षको विद्यालय जाने उमेरमा विवाह गर्नुभएकी सुशीला सुनार पनि पढ्न लेख्न नपाएकामा पछुताउनुभएको छ ।

“आफूसँगका साथीहरु पढेलेखेका जागिरे छन् । पढ्ने उमेरमा विवाह गरेर पढाइलेखाइबाट वञ्चित भएँ”, उहाँ भन्नुहुन्छ, “कसैले उमेर नपुग्दै, लेखपढ नसकी विवाह नगर्नुहोला । जीवन निकै पीडादायी हुन्छ ।” अभिभावकको लापरवाहीका कारण विपन्न बस्ती तथा शिविरमा अहिले पनि बालबालिका सानै उमेरमा विवाह गर्ने गरेको स्थानीयवासी पदम दमाइको भनाइ छ ।

“अभिभावकले छोराछोरी पढाउनुभन्दा विवाहलाई प्रोत्साहन गर्छन्, छोरी ठूली भए विवाह गरिदिए ढुक्क हुने ठान्छन्”, दमाइले भन्नुभयो, “त्यसको नतिजा छोरीको जीवन बर्बाद हुन्छ । छोरीले जीवनभरि दुःख पाउँछे । अभिभावक सचेत बन्न जरुरी छ ।” बालविवाह गरेर समस्या भोगेका आमाहरु भने बालविवाह गर्न नहुने बताउन थालेका छन् तर समाजमा गलत परम्पराका रूपमा रहेको बालविवाह भइरहेको छ ।

स्थानीयवासी नन्दादेवी विकले आफूले शिविरमा बालविवाह हुन थालेको जानकारी पाए रोक्ने गरेको भए पनि अभिभावकले भागी विवाहलाई प्रोत्साहन गरेका कारण रोक्न नसकिएको बताउनुभयो । “विवाह भए त हामी रोक्छौँ, यहाँ भागी विवाह गरेर भारत जाने चलन छ”, उहाँ भन्नुहुन्छ, “भारत जानेलाई कसरी रोक्नु ? भारत पुगिसकेपछि हामीलाई थाहा हुन्छ । एकैपटक बच्चा जन्माएर नेपाल आउँछन् ।” बीस वर्षमुनिका किशोरकिशोरीले विवाह गरेपछि उनीहरुको विवाह दर्तासमेत हँुदैन । विवाह दर्ता नहुने कारणले कति प्रतिशत बालविवाह हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा ८० जना २० वर्षमुनिका गर्भवती महिला सेवा लिन आएको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका अनमी हेमा ज्ञवालीले जानकारी दिनुभयो ।

“अहिले पनि ८० जना किशोरी गर्भवती छन्, यो तथ्याङ्कले अहिले पनि बालविवाह भइरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “कम उमेरमा आमा बन्ने किशोरीको स्वास्थ्यमा गम्भीर असर पार्छ । कम उमेरमा जन्मिएको बच्चा पनि स्वस्थ नहुनसक्छ ।” नेपालको कानूनअनुसार २० वर्षमुनिको उमेरमा भएको विवाह स्वतः बदर हुन्छ । यदि कसैले २० वर्ष नपुग्दै विवाह गरेको उजुरी परेमा त्यसलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ अन्तर्गत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो ।

“विवाह हुन थालेको जानकारी पाए हामीलाई खबर गर्नुस्, हामी विवाह बदर गर्छौँ”, निरीक्षक बमले भन्नुभयो, “यो सबैको समस्या हो, बालविवाह रोक्ने जिम्मा हामी सबैको हो ।” टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले २० वर्ष उमेर नपुगी कसैले विवाह गरेको खण्डमा उसलाई सरकारीस्तरबाट दिइने सबै सेवा सुविधाबाट वञ्चित गरिने बताउनुभयो । “कसैले विवाह गरेको भेट्टाएमा तुरुन्त वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्छु”, उहाँले भन्नुभयो, “हामी त्यो विवाह बदर गरेर अभिभावको जिम्मा लगाउँछौँ, बालबालिकाको भविष्य बिग्रनबाट बचाऔँ ।”

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

साताका लोकप्रिय समाचार

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको...

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

ट्रेन्डिङ

गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता

हेटौँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको...

‘इरिटेड’ गरिराछु भन्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

एजेन्सी । अमेरिकन टिकटक स्टार डेझरिया ले आन्त्महत्या गरेकी छिन् । १८ वर्षीया ति किशोरीले आत्महत्या गर्नु अघि एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई...

अन्तर्राष्ट्रिय वादोकपमा नेपाललाई ९ स्वर्ण

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्णसहित ११ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले आयोजना...

मानहुँकोटमा जग्गा किनबेच राेक, माैलक घर बनाइने

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि...

महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही...

सिङ्गो गाउँ नै पहिरोको जोखिममा, १३ घर विस्थापित

इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्क लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह...

गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम...

कोरोना जितेर १८३ जना घर फर्किए

 काठमाडाै‌ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड...

विदेशबाट फर्किएका नागरिकहरुलाई हाेटलमा राख्ने तयारी

काठमाडौं । विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ । बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा...

नेपालको आर्थिक वृद्धि ५.३५ प्रतिशत

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को छ । गत आर्थिक वर्ष नेपालमा ७.१५ आर्थिक वृद्धिदर हासिल...

सबै संक्रमित डिस्चार्ज भएपछि नारायणी अस्पताल सेनिटाइज

वीरगन्ज । दुई जना पत्रकारसहित अस्पतालमा बाँकी रहेका ४३ जना कोरोना संक्रमित ठिक भई सोमबार एकै पटक डिस्चार्ज भएपछि नारायणी अस्पताललाई सेनिटाइज गरिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)