Wednesday, April 14, 2021
Home भर्खरै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

,

काठमाडौं । सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछिको फैसलामा सो दल कट्टेलकै भएको फैसला गरेको हो । एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत देखिँदा उत्प्रेषणको आदेशले बदर गर्ने फैसला अदालतले गरेको छ ।

आदेशमा भनिएको छ,“निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुवै राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानूनबमोजिम आवश्यक निर्णय गर्नू, गराउनू ।”

फैसलामा आयोगमा दर्ता भइसकेका दलसँग नाम मिल्ने गरी नयाँ दल दर्ता गर्दा पनि निर्वाचन आयोगको २०७५ जेठ २३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी २०७५ कात्तिक ९ गतेको निर्णय फैसला राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्थाविपरीत देखिँदा उत्पे्रषणको आदेशबाट बदर गरिएको उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष् कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले आयोगमा २०६९ मा नेपाल कम्युनिष्ट पार्टीका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच २०७५ जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

फैसलामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम पहिले नै आयोगमा दल दर्ता भएका राजनीतिक दल एकीकरण गरी नयाँ दल निर्माण हुँदा सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानको उल्लङ्घन गर्ने गरी दल दर्ता गर्न नमिल्ने उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सङ्क्षिप्तमा नेकपा र नेपाल कम्युनिष्ट पार्टी सङ्क्षिप्तमा नेकपा एउटै नाम हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा कोष्ठभित्र लेखिएको कुरामा सारभूत रुपमा भिन्नता नदेखिएको फैसलामा उल्लेख छ ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उल्लेख भएको देखिएबाट दुई पार्टीको नाम फरक परेको भन्ने नदेखिई एकआपसमा एउटै मिले भिडेको भन्ने नै देखिन्छ”, फैसलामा भनिएको छ ।

आयोगमा फरक नाम लिएर दल दर्ता गर्नसमेत फैसलामा भनिएको छ । कानूनी रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनिएको तत्कालीन एमाले र माओवादी केन्द्र पुरानै पार्टीका नाममा फर्किएका छन् र नेकपा अलगअलग पार्टी भएको ठहर भएको छ । सर्वोच्च अदालतको यो फैसलासँग दुई पार्टीको चिह्नको विवादसमेत अन्त्य हुने देखिएको छ ।

(Visited 80 times, 2 visits today)
Loading comments...

आजको समाचार

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

साताका लोकप्रिय समाचार

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

ट्रेन्डिङ

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

ट्राफिक प्रहरीको सई हुँ भन्दै पैसा उठाउने पक्राउ

लहान । सिरहाको बरियारपटी गाउँपालिका ५ स्थित जिझौलमा ट्राफिक प्रहरीको सई हुँ भन्दै सवारी चालकसँग पैसा उठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ...

हिरालालकाे दुख : गीत सुनाउन गाउँ जाँदा काेराेना सार्छ कि भन्दै तर्किन्छन्

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति...

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।...

कोरोना कहरमा ‘पलाँती कान्छा’ को कोसेली यात्रा

वीरेन्द्रनगर । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) सुर्खेत लाटी कोइलीको पलाँती बस्तीमा पुग्ने तयारी गरे । कोरोनाको कहरमा पलाँताका अनुहारहरु...

नवीन पौडेल भन्दैछन् ‘लेउ खुकुरी लेउ…’

काठमाडौं । देश रोइरहेको छ, बेथितीले सिमा नाघेको छ । राज्यसन्चालकलाई आफ्नै पार्टीको गुट उपगुट मिलाउदै ठिक्क छ । यहि परिबेशलाइ समेटेर एउटा गीत...

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ...

सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन

काठमाडौं । सरकारविरुद्ध काठमाडौंको बालुवाटारमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । आरडीटी परीक्षण रोक्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी...

लकडाउनले टेलिकमको आम्दानी घट्यो

काडमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल टेलिकमको आय अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६-७७ को तेस्रो त्रैमाससम्म कम्पनीको आय...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)