Sunday, April 18, 2021
Home प्रदेश प्रदेश २ गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

,

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन् । उनीहरुले हिजो शनिवार साँझ प्रधानमन्त्री ओलीलाई उनकै निवासमा भेटेर पीडितहरुले ज्ञापन पत्र बुझाएका थिए । गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायको नेतृत्वमा १३ जना पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मुख्य अभियुक्त एवम् योजनाकार भनिएको गौर हत्याकाण्डका हत्यारा अपराधीहरूलाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा ल्याइ कारवाही नगर्नाले हामी पीडितहरूको आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ पीडा बोध हुने गरेको बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ।

पीडितहरुसंगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौर हत्याकाण्डको फाईल खोलेर कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए । उक्त घटना इतिहासमा एउटा कालो दाग रहेको बताउदै प्रधानमन्त्री ओलीले अपराधीहरुलाई कुनै पनि हालतमा उम्किन नदिने बताएका थिए ।

“तपाईहरुको पीडा म बुझ्न सक्छु । २७ जनाको विभत् एवम् निर्ममतापूर्वक हत्या गरिएको गौर हत्याकाण्ड इतिहासको एउटा कालो दाग हो । यस दागले तपाईहरुलाई कुन हदसम्म पोल्छ, त्यो मैले बुझेको छु ।” प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक जना सहभागीले भने, “तपाईहरु ढुक्क हुनुस्, छानबिन आयोगले दिएको प्रतिवेदन छदैछ, थप अनुसन्धानका लागि अब गौर हत्याकाण्डको फाइल खुल्छ । कोही पनि दोषी उम्किन पाउदैनन्, कारबाही हुन्छ ।

त्यस्तै आइतबार बिहानै उनीहरुले न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण गराएका छन। लगत्तै आज पत्रकार सम्मेलन गरेर उनीहरूले दोषीलाई कारवाही नभए भद्रकालीमा अनशन बस्ने बताए ।

‘२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईस मिल चौरमा दिउसो १।४५ बजे उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहको जत्थाको उपयोग गर्दै सुनियोजित रुपमा भिषण एवं अमानवीय, अमानुषिक एवं नरसंहारकारी, आक्रमणबाट २७ जना सर्वसाधारणको मृत्यू र सयौको सख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । स्वचालित वन्दुक, धारिलो हतियार लगायत ढुङ्गा इट्टाको प्रयोग गरी अझ महिलाहरुलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।’ वक्तव्यमा भनिएको छ ।

व्यक्तिगत रिस इवि र राजनैतिक झडपको रुपमा नभई सुनियोजित र षडयन्त्रपूर्ण तवरबाट घटाईएको यस घटनाले मुख्यतः राष्ट्रिय स्तरका सबै राजनैतिक दलहरु पहाडिया वर्गको राजनैतिक दल हुन यस्ता दल र यिनका कार्यकर्ताहरुलाई तराई मधेश क्षेत्रमा कुनै पनि हालतमा छिर्न र राजनीति गतिविधि सञ्चालन गर्न दिनु हुँदैन, पहाडीयावर्गलाई तराई मधेश क्षेत्रबाट आम रुपमा लखट्नु पर्छ यहाँ मधेशी दलले मात्र राज गर्नु पर्छ भनी मधेशको नागरिकहरुलाई जातीय घृणा, अपहेलनाका भ्रम फैलाई मधेशको कथित मठाधीशरमसिहा बन्ने स्वार्थ लुकेको र शान्ति प्रक्रियामा रहेको नेकपा माओवादीको हत्या गरेमा आफुलाई अझ बढी उत्कृष्ठ एवं शक्तिशाली बन्ने अभिष्ट लालसा उपेन्द्र यादवमा निहित रहेको थियो । पीडितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाको वास्तविक तथ्य पत्तालगाउनकोलागि गठन भएको छानबिन आयोगले बुझाएको प्रतिवेदनले घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानुषिक र अमानवीय अपराध गरेको भनी निष्कर्ष दिएतापनि अपराधमा संलग्न अपराधीहरुलाई कानूनी दायरमा ल्याई कारवाई नगरेकोले रौतहट जिल्ला प्रहरी कार्यालयमा मिति २०६४ चैत २८ गते जाहेरी दर्ता भएको आज १४ वर्ष वितिसक्दा पनि कारवाई भएको छैन ।’

थप भनिएको छ, ‘अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौ वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याइ कार्वाही नगरेको कारणले पिडितहरुको आँखा अगाडीनै अपराधीहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पिडा बोध हुन गएकाले दोषीलाई कानून बमोजिम अविलम्ब कार्वाही गर्नु पर्ने अन्यथा यस घटनालाई अन्तर्राष्ट्रिय न्यायालय वा निकायमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रियस्तर समेतमा विविध प्रकारका सँघर्षका कार्यक्रमहरु सञ्चालन गर्न वाध्य हुने छौँ।’

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

साताका लोकप्रिय समाचार

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

ट्रेन्डिङ

गण्डकी प्रदेश सरकारले सागका पदकधारीलाई सम्मान गर्ने

पोखरा । गण्डकी प्रदेशले गतवर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा...

भागरथी हत्या प्रकरण : हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ- प्रहरी

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ...

सरकारको कामबारे सुझाब दिनुस्, आलोचना गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग बिहीवार भएको...

फिकुरी हिउँमा लुकामारी

अशोक सिलवाल राजधानी छोएको नुवाकोट । यहीँबाट थोरै दूरीमा पर्छ, फिकुरी डाँडा । अचेल यहाँ पुग्नेको घुइँचो बढी नै लाग्ने गरेको छ । नयाँ...

मिटिङ परम्परा रोक

हाम्रो ब्युरोक्रेसीमा अचम्मको प्रवृत्ति छ । उच्च प्रशासकदेखि तल्ला तहका कर्मचारीहरू नै मिटिङ परम्परामा अव्यस्त हुने गर्छन् । सम्भवतः नेपाल मात्रै विश्वमा एउटै देश...

थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव कार्यसूचीबाट ‘आउट’

काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउने ससदमा दर्ता भएको संकल्प प्रस्ताव बिहीबारको बैठकमा परेको छैन । संसद सचिवालयले हिजो बुधबार प्रकाशित गरेको...

रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय

नेपालको आमसञ्चार, शैक्षिक बहस तथा अन्तत्र्रिmया, खोज, अनुसन्धान, पत्रकारितालगायत क्षेत्रमा ज्यादै कम वा प्रायः नछोइएको विषय हो प्रशिक्षण वा प्रशिक्षण व्यावसाय । नेपालमा मानव...

संसद विघटनको विरोधमा तुलसीपुरमा विरोध प्रर्दशन

तुलसीपुर । संसद विघटनका विरुद्धमा मानवअधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले अप्रत्यासीत रुपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)