Sunday, April 18, 2021
Home Editor-Picks संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

,

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधपछि बैठक बुधबारसम्मका लागि स्थागित भएको छ । संवैधानिक परिषद्को काम, कार्यव्य र अधिकारसम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेस र जसपाका सांसदहरूले बैठक अवरोध गरेपछि बैठक स्थागित भएको हो ।

कार्यसूचीअनुसार अध्यादेश पेस गर्न कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई रोस्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सचेतक पुष्पा भुसालले विरोध जनाउँदै अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएकी थिइन् । त्यस्तै, सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरे ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकारसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्ष दल जसपाले रोस्टममा नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले पुनः १० मिनेटपछि बैठक सुरु गर्न सकेनन् । उनले सूचना टाँस गरी बैठक २६ फागुन दिउँसो १ बजेका लागि बोलाएका छन् ।

सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै पहिलो बैठकमै नेकपाको दाहाल र नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो । सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरू उभिएर विरोध गरेका थिए । त्यसपछि समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक भुसालले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गरिन् ।

उनले यो अध्यादेश संविधानको भावनाविपरीत भएकाले अध्यादेश संसद्भित्र प्रवेश नगराएर तुरुन्तै फिर्ता लैजानका लागि प्रमुख प्रतिपक्षी दलका तर्फबाट माग गरिन् ।

प्रतिनिधिसभा पुनस्र्थापित भएपछि पनि पहिलो बैठकमा नै सरकारले संसदीय अभ्यासलाई सुचारु रूपले अगाडि बढाउन नदिएर व्यवधान खडा गरेको नेतृ भुसालले बताइन् ।

सभामुखले अध्यादेश पेस गर्ने कार्यक्रम अगाडि बढाएपछि पुनः कांग्रेसका सांसद उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक खाँडले संविधानविपरीत आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता गर्नुपर्ने माग गरे । विरोधकाबीच मन्त्रीले अध्यादेश पेस गरेपछि नेपाली कांग्रेसका सांसद नाराबाजी गर्दै बेल घेर्न आइपुगेका थिए । सांसदले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

यसअघि नेकपाको दाहाल–नेपाल पक्षले सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएको छ । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै सांसद भीम रावललले सर्वोच्चको फैसलालाई कानुनी राजनीतिक भनेर प्रश्न उठाए । आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै रावलले भने, ‘कानुनी फैसला हो कि राजनीतिक फैसला हो ? यदि नेकपा अवैधानिक हो भने प्रधानमन्त्री कुन पार्टीको हो ? कुन सरकारको हो भन्ने स्पष्ट हुनुपर्छ ।’

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

काठमाडौं फेरि विश्वको प्रदूषित सहरहरुको १ नम्बर सूचीमा

काठमाडौ । काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा १ नम्बरमा परेको छ । काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

ट्रेन्डिङ

मेस्सीको उस्तै लय

मड्रिड । झन्डै तीन महिनाको विश्रामपछि खेलाडीहरूको प्रदर्शन कस्तो हुने हो त्यो सबैको कौतूहलको विषय बनेको थियो । तर, कौतूहल अब मेटिएको छ ।...

कोरोना सन्त्रासः आधा देशमा निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत...

अज्ञात राेगबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्याे

महाेत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले  मृत्यु हुनेकाे सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने...

सडकका बेसहारामा पनि कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिइन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो ।...

ऊर्जामन्त्री पुनको भारतसंग आग्रह : अब हाम्रो विद्युत किन्नुस्

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत खरिद...

भक्तपुरकी जनप्रतिनिधिले ६ दिनमै जितिन् कोरोना

भक्तपुर । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्कनुभएको छ । यही...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

विश्वकप छनोटः युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

पेरिस । डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप छनौट चरणको पहिलो खेल युक्रेनसँग बराबरीमा रोकियो । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बिहीबार बिहान भएको पहिलो खेलमा फ्रान्स...

कानुनी अड्चनको गाँठो फुकाउँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दालाई कानुनी निकास दिने भएको छ । सर्वोच्चले १९ सदस्यीय बृहत् पूर्ण इजलासमा...

कोरोनावाट जोगाउन थुनुवालाई धरौटीमा हिरासतमुक्त

जनकपुरधाम । कोरोना भाइरस संक्रमण जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न सुरु गरेको छ । गम्भीर प्रकृतिका...

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

निजामती सेवा ऐनको प्रावधान विरुद्ध देशभरका नायब सुब्बाहरु आन्दोलनमा

काठमाडौं । निजामती सेवा सञ्चालनका लागि सङ्घीय निजामती सेवा ऐन निर्माणको लागि सरकारले संसदमा पेश गरेको विधेयकको मस्यौदाप्रति निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरुले आपत्ति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)