Sunday, April 18, 2021
Home भर्खरै अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

८३ प्रयोगशालामध्ये ३८ स्थानमा परीक्षण शून्य

,

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट कुनै पनि व्यक्तिको परीक्षण नभएको पाइएको छ । पछिल्ला केही दिनयता दैनिक परीक्षण दर ५ हजारभन्दा कम संख्यामा भएको देखिएको छ । देशभर ४८ सरकारी र ३५ निजी प्रयोगशाला वा तोकिएका अस्पतालबाट कोरोना परीक्षण हुँदै आए पनि केहिदिनयता निकै न्यून मात्रामा कोरोना परीक्षण भएको देखिएको हो ।

जसअन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनस्वास्थ्य÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराट मेडिकल कलेज रहेका छन् । यस्तै, नारायणी अस्पताल वीरगन्ज, नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, वीर अस्पताल, नेपाल एपीएफ अस्पताल बलम्बुमा कुनै पनि व्यक्तिको कोरोना परीक्षण नभएको पाइएको छ ।

नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल भक्तपुर, केएमसी अस्पताल काठमाडौं, ह्याम्स अस्पताल, चितवन मेडिकल कलेज भरतपुर, बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायनामिक डायग्नोस्टिक सेन्टरबाट पनि कुनै व्यक्तिको कोरोना परीक्षण भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केजीडीएच टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, जनमैत्री अस्पताल, निजामती–कर्मचारी अस्पताल, हेटौंडा अस्पताल, आईओएम एमएचएसी काठमाडौं प्रयोगशालाबाट पनि आइतबार बेलुकी ४ बजेअघिको २४ घण्टाको विवरणलाई आधार मान्दा एक जनाको पनि कोरोना परीक्षण भएको छैन ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देही, भेरी अस्पताल नेपालगन्ज, वागेश्वरी डाइग्नोस्टिक एन्ड पोलिक्लिनिक सेन्टर प्रालि, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेलधुरा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न छोडेका छन् ।

हालसम्म २१ लाख ९२ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार थप ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ८ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५३ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

कोभिड–१९, मानसिक स्वास्थ्य र गीता दर्शन

गत डिसेम्बरमा चीनको वुहान प्रान्तमा देखापरेको नोबेल कोरोना भाइसरको संक्रमण अहिले संसारका धेरैजसो देशमा पुगिसकेको अवस्था छ । भाइसरविरूद्धको कुनै औषधि निर्माण नभइसेकाले पूर्वसावधानी...

फिट रोनाल्डो

लिस्वन । जुनसुकै खेलमा खेलाडीको सबैभन्दा ऊर्जावान् समय २० देखि ३० वर्षसम्मको उमेरलाई लिइन्छ । यही उमेरको अवधिमा खेलाडीले आफ्नो नाममा इतिहास बनाइसकेका...

विश्वकर्माको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ कार्यसमिति

काठमाडौ । नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

दाहाल–नेपाल समूहले भोलि आमहड्ताल गर्ने

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले पूर्वनिर्धारित...

प्रमाणित हुने बित्तिकै नेपालीले काेराेना बिरुद्धकाे खोप पाउँछन् : मन्त्री ढकाल

काठमाण्डाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएकाे छ...

अझैसम्म पनि सरकार कोरोनाको रोकथाममा गम्भीर बनेन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित...

अध्यक्ष र कर्मचारीले हेपे भन्दै गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा

चुरे मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका उपाध्यक्षले पदबाट राजिनामा दिएकी छन् । आन्तरिक विवादका कारण देखाउँदै गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा दिएकी हुन्...

अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढिरहेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादले फेरि एकपटक दुवै शक्तिलाई एकै ठाउँमा उभ्याएको छ ।...

उदयपुरमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

उदयपुर । उदयपुरको तीन वटा स्थानीय तहहरुमा कोरोना समुदाय स्तरमा नै फैलिएको छ । पछिल्लो समय एकै परिवारका चार सहित १५ जनामा कोरोना संक्रमित...

ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी...

साने बायर्न जाने सम्भावना

म्युनिख । जर्मन क्लब बायर्न म्युनिख जर्मन तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड लिरोए साने अनुबन्ध नजिक पुगेको छ । बायर्नले सानेलाई लामो...

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)