Sunday, April 18, 2021
Home कला जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

,

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा एक अंकको फरकले सुन्दरबजार नगरपालिकाको समूहलाई हराउँदै आयोजक समूह पहिलो भएको हो ।

जम्मा १२ समूहले भाग लिएको उक्त लोकदोहोरी प्रतियोगिताको फाइनल चरणमा आयोजक टिमका तर्फबाट सचिव प्रशान्त तामाङ र सदस्य प्रीति आलेले नेतृत्व गरेका थिए । त्यस्तै, सुन्दरबजार नगरपालिकातर्फको टिममा पार्वती आले र विनोद धितालले गायन टोलीको नेतृत्व गरेका थिए ।

अत्यन्तै सिस्ट, शालीन शब्दमा सभ्य तौरतारिकबाट प्रस्तुत गरिएको १०-१० टुक्का गाउन दिइएको हो । मन्त्रमुग्ध भएर सुनेका दर्शक दीर्घाबाट पनि यही टिम पहिलो हुन्छ भनेर आंकलन गर्न सकेको अवस्था नरहेको लमजुङ रत्न साप्ताहिकका समाचार संयोजक रहेकी सुधा ढकालले बताइन् ।

उक्त प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल संयोजक रहेको निर्णायक मण्डलमा उक्त प्रतिष्ठानका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रतिष्ठानको गण्डकी प्रदेशका सचिव राजकुमार कार्की र प्रतिष्ठानको जिल्ला शाखा लमजुङका निवर्तमान अध्यक्ष दीपक पौडेल सदस्य रहेका थिए । निर्णायक समितिका संयोजक दाहालले निर्णय सुनाउँदै आफूहरूले राम्र्रै राम्रोका बीचमा नराम्रो खोजेर मूल्यांकन गरी नतिजा तयार गरेको बताए ।

उनले भने, ‘प्रतिस्पर्धा निकै उच्चकोटीको, दुवैतर्फको प्रस्तुति दमदार रह्यो । यो प्रस्तुतिले लोकदोहारीका क्षेत्रमा नयाँ आयाम थप्ने काम गरेको छ, यो उपमा म केन्द्रको बैठकमा समेत प्रस्तुत गर्ने छु ।’ आफूहरूलाई निर्णय गर्न निकै कठिन भएको र यो अपजसे कार्य पनि हो भन्दै मात्र एक अंकको फरकमा पहिलो र दोस्रो छुट्याएका छौं भन्दै दाहालले पहिलो हुने आयोजक टिमले ७ सय १५ र दोस्रो हुने सुन्दरबजारको टिमले ७ सय १४ अंक पाएको बताए ।

पहिलो हुने टिमले नगद १० हजार र प्रमाणपत्रका साथ प्रदेशस्तरमा हुने प्रतियोगितामा भाग लिने अवसर पाएको आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताए । उनले भने ‘दोस्रो हुने टिमलाई नगद ५ हजार, तेस्रो हुने दुई समूह बेसीसहर नगरपालिका र क्ब्होलासोथर गाउँपालिकालाई २ हजार पाँच सयका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।’ त्यस्तै, उत्कृष्ठ गायकमा पार्वती आले र सुरज दूतराज तथा उत्कृष्ठ स्वरमा पूजा परियार पुरस्कृत भएका छन् । यसैगरी, नवोदित प्रतिभा पुरस्कारबाट संस्कृति कला केन्द्रका विशाल विकले पाएका छन् । विजयी कलाकारलाई कार्यक्रम अवधिभर बसेर गीत सुन्नुभएका प्रमुख अतिथि रहेका बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा अग्रज गायिका माया गुरुङ र चर्चित राष्ट्रिय गायक राजन परियारले ठाडोभाकाको दमदार प्रस्तुति गरेका थिए । त्यसैगरी कार्यक्रमको बीचबीचमा विभिन्न नृत्य प्रदर्शन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लोक संस्कृति र राष्ट्रियता एक अर्काका पूरक भएको बताउँदै यस्ता मौलिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो भन्दै कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष अनुज अधिकारीले कार्यक्रमबारे प्रकाश पारे ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर...

ट्रेन्डिङ

भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित

उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा,...

काेराेना जाेखिम बढेपछि सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ...

गृहमन्त्री बादल सरकारको रक्षा कवच

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने गरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरू सक्रिय भइरहेको समयमा पूर्वमाओवादीबाट सरकारमा...

खाडी मुलुकको रोजगारी कटौतीले नेपाली अर्थतन्त्रमै धक्का

काठमाडौं । अन्तर्र्रािष्ट्रय श्रम संगठन (आईएलओ)ले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)का कारण खाडी मुलुकमा मात्रै ५० लाख जनाको रोजगारी संकटमा पर्ने बताएको छ...

नेकपाभित्रको गुट नेपाल बारमा पनि

काठमाडौं । नेकपाभित्र चुलिँदो आन्तरिक विवाद नेपाल बार एसोसिएसनमा पनि देखिएको छ । न्यायपरिषद्मा रिक्त सदस्य सिफारिसका लागि दुई पक्षबीचको गुटका कारण शनिबार मात्रै बार...

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

कोरोना महामारी : संक्रमित र मृतकको पहिचान नखुलाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले संक्रमित व्यक्ति र संक्रमणबाट मृत्यु भएकाको परिचय खुलाउँदा समाजमा अनेक लाञ्छना र विभेदको घटना बेहोर्नुपर्ने भएकाले व्यक्तिको सहमतिबेगर परिचय नखुलाउन...

इरानमा पनि कोरोना भाइरसबाट ५ जनाको मृत्यु

तेहरान । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच...

लकडाउन अन्त्य, राहतको महसुस

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । लकडाउन अन्त्यसँगै नागरिकले...

११ सहसचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उनीहरूको काज...

नदीनालामा बहाव बढ्दै : बाढी पहिरोले १४ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौँ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ ।...

अन्सिकाले जितिन् मिस युनिभर्स नेपाल २०२० को ताज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को उपाधि अस्ट्रेलिया निवासी, वर्ष २४ की अन्सिका शर्माले जितेकी छन् । उनले मिस फेयर्सको उपाधि पनि पाइन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)