Sunday, April 18, 2021
Home Editor-Picks ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

,

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व राजकुमार ह्यारी र मेघन क्यानडाको बसाइपछि अमेरिका बस्न थालेका हुन् ।

अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको ह्यारी र मेघनको अन्तर्वार्तामा उनीहरुले दरबार त्याग्नुको केही कारण खुलाएका छन् । अन्तर्वार्ताका क्रममा ह्यारीपत्नी मेघनले त ब्रिटिस राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासासमेत गरेकी छन् । विवाहपछि बेलायती राजपरिवारमा आफूले चर्काे रंगभेद महसुस गरेको बताएकी छन् । उनले यो क्रम बढ्न थालेपछि समस्याको रूप लिन थालेको र सहयोग माग्दा कसैबाट पनि सहयोग नपाएको गुनासो गरेकी छन् ।

३९ वर्षीय पूर्वअमेरिकी अभिनेत्री मेघन र राजकुमार ह्यारीको सन् २०१८ मा विवाह भएको थियो । मेघनकी आमा अश्वेत हुन् भने बुवा श्वेत । उनकी आमा अश्वेत भएका कारण बेलायतको राजपरिवारमा रंगभेदले ठाउँ पाएको हो ।

अन्तर्वार्ताका क्रममा मेघनले आफ्नो छोराको छाला कति कालो हुन सक्छ भनेर बारम्बार चासो राख्न थालेको खुलासा गरेकी छन् । सोही कारण राजपरिवारले उनलाई राजकुमारको उपाधि दिन अस्वीकार गरेको पनि बताएकी छन् ।

‘वास्तवमा बेलायतका राजपरिवारका सदस्यहरु मेरो छोरा आर्ची जन्मिदा नै उनको छालाको बारेमा कुरा गर्थे, उनको छाला कति कालो हुन सक्छ भन्नेबारे उनी जन्मिदा नै छलफल भएको थियो, उनीहरु मेरो छोरा आर्चीलाई राजकुमार बनाउन चाहन्थेनन्,’ अन्तर्वार्ताका क्रममा मेघनले भनेकी छन् ।

ह््यारी र मेघनले दरबार बस्दा आफूहरुलाई मानसिक तनाव दिने गरेको भएपनि दिनेको नाम भने खुलाएका छैनन् । मानसिक तनावकै कारण आत्महत्याको अवस्थासम्म पनि पुगेको मेघनको भनाइ छ । त्यो अवस्थामा ह्यारीले आफूलाई सान्त्वना दिने गरेको पनि मेघनले बताएकी छन् ।

मेघनले अन्तर्वार्तामा भनेकी छन्, ‘दरबारमा हामीहरुलाई गर्ने व्यवहारले मलाई जीवनदेखि नै नरमाइलो लागेको थियो, म बाँच्न पनि चाहँदैन थिएँ, मलाई जतिबेला पनि जीवनदेखि नै भागौं भन्ने सोच आइरहन्थ्यो, तर त्यतिबेला ह्यारीले मलाई दिएको सान्त्वना अहिले पनि म सम्झिरहन्छु ।’

पूर्वराजकुमार ह्यारीका बाबु चाल्र्स हुन् । चाल्र्स बेलायती राजगद्धीका उत्तराधिकारी पनि हुन् । ह्यारीले विवाहपछि आफ्नो परिवारलाई राजपरिवारले पैसा दिन छोडेको बताएका छन् । आफ्ना बाबु राजकुमार चाल्र्सले आफूहरुको कुुरै सुन्न अस्वीकार गर्ने गरेको पनि ह्यारीले बताएका छन् ।

बेलायती राजगद्धीका भावी उत्तराधिकारी चाल्र्सका दुई छोरामध्ये ह्यारी कान्छा हुन् । उनको जन्म सन १९८४ मा भएको थियो । ह्यारीका दाजु विलियमको जन्म भने सन १९८२ मा भएको थियो ।

ह्यारी पत्नी मेघनले अन्तवार्ताका क्रममा राजकुमार विलियमकी पत्नी केइटले आफूलाई विवाहपूर्व नै रूवाएको पनि बताएकी छन् । रूनुपर्ने घटनाको कारण भने उनले अन्तर्वार्तामा खुलाएकी छैनन् ।

अन्तर्वार्तामा मेघनले ससुरा राजकुमार चाल्र्सको पनि आलोचना गरेपनि महारानी एलिजावेथका बारेमा भने कुनै नकारात्मक धारणा राखिनन् ।

बकिङ्हम प्यालेसले भने ह्यारी–मेघनको अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएको छैन ।

(Visited 227 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडाैं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

ट्रेन्डिङ

बर्दियाका कोरोना संक्रमित कालीमाटीका व्यवसायी

राजापुर । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११...

कोरोना भाइरस : विश्व अर्थतन्त्र नै प्रभावित

काठमाडौं । चीनको उहानबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाइने

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली...

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो...

समीक्षाको कसीमा ‘सिकाइ र सहयोग’

श्रमिक बरालका नामले साहित्य, संगीत तथा बालसाहित्यमा कलम चलाएका नेपाल सरकारका सचिव खगराज बरालको ‘सिकाइ र सहयोग’ नामक कृति सांग्रिला पुस्तक प्रालिले हालै प्रकाशन...

ब्युझिँदै बिजारे चौर

 झाङ सैपाल हिमालसँगै हुस्सुले बिजारे टम्म ढाक्छ । क्षणभरमै हुस्सु र घामको रापले चौरसँग हुस्सु र सुर्यले लुकामारी गरेको हेर्न लायकको छ । गुन्यूचोलोमा...

कोरोना त्रास : नवलपुरमा उच्च सतर्कता

नवलपुर । सम्भावित कोराना भाइरसको जोखिम न्यूनीकरणका पूर्वी नवलपरासीमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जिल्लाको भारतसंग सीमा जोडिएको गण्डकमा...

कोरोना संक्रमितको फोक्सो र मुटुमा समस्या आउने : अध्ययन

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका...

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

१४ ग्राम ब्राउनसुगरसहित २ शाही र रावत पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले १४ ग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालिका–७ बस्ने बर्ष २८ को...

३१ विधामा नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । १० औं नेफ्टा अवार्ड २०७७’ आगामी २९ फागुनमा हुने भएको छ । यो अवार्डको उत्कृष्ट पाँचको मनोनयन काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)