मतपत्र छपाई मेसिन तयारी अवस्थामा राख्न शिक्षमन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस–मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झा लगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा मन्त्री श्रेष्ठले भने ‘सबै मेशिन दुरुस्त राख्नुस । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ ।’

निर्वाचन आयोगमा रहेका मेशिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो ।

मन्त्री श्रेष्ठले नजिकिदै गएको शैक्षिकसत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धित क्षेत्रमा पु¥याउन समेत निर्देशन दिए । ‘मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन्, यो वर्ष यस्तो विषय सुन्न नपरोस समयमै पाठ्यपुस्तक पु¥याउने विषयमा ध्यान दिनुस ।’ मन्त्री श्रेष्ठले भनmे ।
केन्द्रले गरेको कामप्रति सन्तोष ब्यक्त गर्दै मन्त्री श्रेष्ठले भने ‘आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइने छैन ।’ उहाले भने ‘पहिला दुर्गममा पुस्तक पु¥याएपछि , सुगममा पुस्तक पु¥याउने व्यवस्था गर्नुस ।’ मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पिआरसि) तत्काल ल्याएर छपाई गर्ने व्यवस्था गर्न निर्देशन दिँदै भने ‘कुनैपनि बहानामा पाठ्यपुस्तक नपुगेको सुन्न नपरोस ।’
उनले १–१२ कक्षाको पुस्तक छपाई जिम्मा पाएको केन्द्रले सबै तहको पुस्तक छपाई गरी बिक्रि वितरण शुरु गर्न समेत निर्देशन दिए ।
केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्म छपाई गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्य १ करोड ४७ लाख १३ हजार ९ सय ९९ थान छपाई पुरा गरेको छ ।

मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भुमी व्यवस्था तथा सहकारी लगायत सबै सरकारी निकायको गोप्य काम छपाई गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस