झैझगडा होइन देश बनाउने अभियानमा लाग

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन पुगेका छन् । यसले निम्त्याएको नयाँ राजनीतिक परिस्थितिमा एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अभियान चलाइरहेका छन् । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै समाहित भएका छन् । तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने प्रक्रियामा लागेका छन् ।

विगतको पृष्ठभूमि नियाल्दा आआफ्ना विचार र पंक्तिजस्तो देखिए पनि हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू इमानदार र राष्ट्रको हितको खातिर अगाडि बढ्नुपर्छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच हतारमा एकता भएकाले नै अहिलेको परिस्थिति सिर्जना भएको देखिन्छ । मुख्य कुरा विचार र सिद्धान्त नै हो । जबसम्म विचार तथा सिद्धान्तमा मेल खाँदैन र नेतृत्वहरू स्वार्थ र तिकडमको राजनीतिबाट मुक्त हुन सक्दैनन् तबसम्म जस्तासुकै एकता पनि सार्थक र प्रभावकारी हुन सक्दैन ।

लोकतन्त्र बलियो बन्नका लागि राजनीतिक दलहरू फुट्नुहुँदैन । दलहरू फुटेर होइन जुटेर अगाडि बढेमा नै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । त्यसैले, सबै कम्युनिस्ट घटकबीच ढिलोचाँडो एकता अनिवार्य नै छ । तर, एकता नहुँदासम्म विभिन्न महŒवपूर्ण एजेन्डामा कार्यगत एकता गरेर अघि बढ्न सकिन्छ । अहिले एमाले र माओवादी केन्द्रबीच तत्कालका लागि पुनः एकता हुन सक्ने अवस्था नभए पनि विभिन्न महŒवपूर्ण विषयमा कार्यगत एकता गरेर अघि बढ्न सकिन्छ ।

अहिले प्रमुख सत्तारूढ दल एमालेमा समाहित भएका सबै नेता कार्यकर्ताले अझै पनि एकले अर्कालाई देखाइदिन्छांै भन्दै अगाडि बढे भने कालान्तरमा त्यसले सिंगो एमाले दललाई नै गम्भीर क्षति पु¥याउने निश्चित छ । नेकपामा हिजो विकास भएको अराजकता र अनुशासनहीनता अब एमालेमा बिल्कुल दोहोरिन दिनुहँुदैन । कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो गहना भनेकै अनुशासन हो र विधि पद्धतिको पालना हो । आशा छ, एमालेमा रहेका नेता कार्यकर्ताले आफूलाई अनुशासनको कसीमा कडा रूपमा स्थापित गर्नेछन् । आफ्नै नेतृत्व र नेतालाई खुइल्याएर पार्टीलाई कमजोर र निम्सरो बनाउने कार्यसमेत अब सदाका लागि अन्त हुनेछ । माओवादी केन्द्रले पनि सोही रूपमा नै आफूलाई जनतासमक्ष सशक्त पार्टीको रूपमा स्थापित गराउन सक्नुपर्छ ।

हिजोको दिनमा नेकपाको आन्तरिक लफडाका कारण आम कार्यकर्तामा निराशा छाएको थियो । नेकपाको संगठन जनताको घरदैलोमा पुग्न पनि सकेको थिएन । जसका कारण नेकपा जनता र कार्यकर्ताको ढुकढुकी बन्न नसककेको साँचो हो । त्यसैले पनि छोटो समयमा नै नेकपा नामक दल टुक्रिएर पुनः पूर्ववत् अवस्थाका दुई दल बन्न पुगेका हुन् ।
तथापि, देशको राजनीतिक निकास दिने जिम्मा पनि राजनीतिक दलका हैसियतले यिनैले लिनुपर्छ । अब सधैं झगडामा अल्झिएर बस्नुहुँदैन । सत्तारूढ तथा प्रतिपक्षलगायत सबै राजनीतिक दलले जनतासमक्ष देश बनाउने महान् अभियानमा लाग्ने शपथ खाएर अघि बढ्नुको विकल्प छैन ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)