अभिनेता रणवीर र निर्देशक भन्साली कोरोना संक्रमित

मुम्बई । मुम्बईमा पछिल्लो समय कोरोना बढेपछि त्यसको प्रभाव बलिउडमा पनि परेको थियो । यसै क्रममा बलिउड अभिनेता रणवीर कपुरलाई पनि कोरोना पोजेटिभ भएको छ ।

अभिनेता रणवीरले आफू कोरोना पोजेटिभ भएको बताउँदै आफूसँग एक साता यताबाट सम्पर्कमा आएका व्यक्तिलाई कोरोनाको लक्षण देखिएमा तत्कालै कोरोना परीक्षण गर्न रणवीरले सुझाव दिएका छन् ।

अभिनेता रणवीर अहिले आइसोलेसनमा छन् । घरमै रहेर उनले आफ्नो उपचार गराइरहेका छन् । रणवीरकी आमा नितुलाई केही दिनअघि कोरोना पोजेटिभ भएको थियो । यतिबेला रणवीरलाई कोरोना पोजेटिभ भएपछि परिवारका अन्य सदस्यको पनि मंगलबार कोरोना परीक्षणको लागि स्वाब दिइएको छ ।

रणवीरसँगै चलचित्र निर्देशक सञ्जयलिला भन्साली पनि कोरोना संक्रमित भएका छन् । फिल्म गंगुबाई काठियावाडीको छायांकनमा व्यस्त रहेको भन्सालीलाई छायांकनकै क्रममा कोभिड देखिएको हो । भन्सालीसँग छायांकनमा व्यस्त रहेकी अभिनेत्री आलिया भट्टलाई पनि कोरोनाको शंका गरिएको छ ।

अभिनेता रणवीर कपुरकी प्रेमिका भएका कारण आलिया रणवीरसँग पनि निकट छिन् । सोही कारण पनि आलियालाई कोरोनाको आशंका गरिएको हो । सोही कारण अभिनेत्री आलिया अहिले आइसोलेसनमा बसेकी छन् । उनको कोरोनाको रिपोर्ट आएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी