Thursday, August 5, 2021
HomeEditor-Picksबैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

राजधानी संवाददाता,
sharethis

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ । उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ ।

आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअनाएको पाइएको छ । लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ ।

आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ ।

आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ ।

(Visited 141 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

ट्रेन्डिङ

ठूलाे पार्टी भएर पनि मुख्यमन्त्री बन्न पाएनन् तेजस्वी

पटना । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री...

जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

सर्लाही ।  जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)