कतार सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजीमार्फत नेपाली कामदार पठाउन सरकारले तयारी थाल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तयारी सुरु गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराएका हुन् । उनले कतार सुरक्षा गार्डका लागि सरकारले जीटुजीमार्फत नेपाली कामदार पठाउने तयारी थाल्न लागेको बताए । आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको उनले बताए । जसका लागि सरकार आफंैले कतारमा सुरक्षा कार्डलगायत अन्य क्षेत्रका नेपाली कामदार पठाउन कतारका राजदूतसँगसमेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिए ।

‘कतार कामदार पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै नेपाली कामदार पठाउनेगरी अब छिट्टै सम्बन्धित क्षेत्रका विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी रहेको बताउँदै मन्त्री चौधरीले भने, ‘सरकारले जीटुजीमार्फत पठाउँदा नेपाली कामदार कतार जान अहिलेको जस्तो बार्गेनिङको आधारमा धेरै पेसा तिरेर जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकरले कतारसँग जीटुजी गर्ने तयारी गरेको अभिव्यक्ति राखेसँगै अहिले म्यानपावर व्यवसायीहरूले विरोध जनाएका छन्

विगतका दिनमा कतारमा वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा म्यानपावर व्यवसायीद्वारा नेपाली कामदार पठाउँदै आएका थिए । तर, आगामी दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा नेपाली कामदारलाई निकै फाइदा र राहत मिल्ने सम्बन्धित सरोकारवाला बताउँछन् । उनीहरूले दक्षिण कोरियाको जस्तै सरकार टु सरकार पठाउन सकियो भने नेपाली कामदार श्रम शोषणमा पर्ने जस्ता समस्या पनि विस्तारै हट्दै जाने दाबी गरेका छन ।

कोरोना विश्व महामारीका कारण गत ११ चैतदेखि सुरु भएको लामो मुलुक लकडाउनले गर्दा वैदेशिक रोजगारीको क्षेत्र पनि निकै प्रभावित भएको उनीहरूको भनाइ छ । सम्बन्धित सरोकारवालाका अनुसार कोरोना संक्रमितको संख्या घटेर मुलुकमा लकडाउन अन्त्य भएको यति लामो समय बितिसक्दा पनि अझैसम्म वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या खासै बढ्न सकेको छैन ।

अहिले विगतका वर्षमा जस्तो वैदेशिक रोजगारीमा जानैका लागि उत्साहित हुने युवाको चाप नदेखिएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर, पछिल्लो समय केही म्यानपावर कम्पनीले कतार पुलिसका लागि नेपालीको माग आएको भन्दै अवैध रूपमा अन्तर्वार्ता लिएर सर्वसाधारणबाट मोटो रकम असुल्ने घटना बाहिर आएसँगै अहिले झन् कतार जाने कामदारको संख्या घटेको विभागले जनाएको छ ।

अवैध धन्दामा संलग्नलाई तत्काल दण्ड दिन सोहीअनुसार विभागले अनुगमन गरी कानुनी कारबाहीको दायरामा ल्याइसकेको दाबी गरेको छ । त्यसैले केही म्यानपावरले अवैधानिक रूपमा संलग्न भई यस्तो गलत काम गर्दै आएकाले कतारको सुरक्षा गार्डका लागि अब सरकारले जीटुजीमार्फत् पठाउने’bout छलफल चलाइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालको कानुनअनुसार हाल कतारका लागि संस्थागत रूपमा म्यानपावरले निःशुल्क एवं जम्मा १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिएर कामदार पठाउन सक्ने अवस्था हुँदाहुँदै पनि यस्तो अवैध धन्दामा संलग्नले लाखौं रकम सर्वसाधारणसँग असुल्दै आएका छन् ।

जसले गर्दा आफ्नो घर खेत बन्धकी राखेर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई चर्को भार पर्दै आएको छ । सोही अवैधानिक क्रियाकलाप न्यूनीकरणका लागि सरकारले जीटुजीमार्फत नेपाली कामदार पठाउँदा कामदारलाई धेरै सहज हुने मन्त्रालयको अपेक्षा छ । मन्त्रालयको यस्तो कार्यमा अहिले वैदेशिक रोजगार विभागले पनि निकै साथ दिइरहेको छ । विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले पनि अहिले अवैध धन्दा न्यूनीकरणका लागि विभागको अनुगमन टोली निकै सक्रिय भएको दाबी गरे । अहिले दैनिक रूपमा कतार जान ठगीमा परियो भन्दै उजुरी दिन आउनेको संख्या बढेको विभागले जनाएको छ । सरकारले यसलाई प्राथमिकतामा राखेमा १० हजारमै कतार पठाउन सकिने विभाग स्रोतको दाबी छ ।

सरकारले जीटुजी गरे आन्दोलनमा गर्ने व्यवसायीको चेतावनी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकरले कतारसँग जीटुजी गर्ने तयारी गरेको अभिव्यक्ति राखेसँगै अहिले म्यानपावर व्यवसायीहरूले विरोध जनाएका छन् । मन्त्री चौधरीले सो अभिव्यक्ति राखेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतारसँग सरकारले जीटुजी गरेमा व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघका अनुसार लामो समयसम्म व्यवसायीले आफ्नो श्रम र स्रोत लगानी गरी सम्पूर्ण पूर्वाधार तयार गरेपछि सरकारले व्यवसायलाई कब्जामा लिई व्यापार गर्न खोजेको छ । यस्तो प्रवृत्ति नेपालको संविधान र कानुनविपरीत रहेको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ