एउटा डक्टरकाे काेराेना संक्रमण डायरी

पहिलो केस देखिएको पुस मसान्तदेखि नै महामारी नियन्त्रणको तयारीमा संलग्न थिएँ । ११ चैत बन्दाबन्दी भएपछि त झनै मेचीदेखि महाकालीसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेशमा समन्वय गर्न, कोभिड सेवा क्वारेन्टिन, आइसोलेसन, अस्पतालको तयारी, सामान तथा उपकरणको उपलब्धताको समन्वय, तयारी तथा अनुगमन र मूल्यांकन गर्न खटिनुपरेको थियो । लुम्बिनी प्रदेशमा कोरोनाले वैशाख, जेठमा महामारीको रूप लिँदा त्यहाँका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, अस्पताल, प्रयोगशालालाई प्राविधिक सहयोग गर्न तथा समग्र लुम्बिनी प्रदेशको संघसँग समन्वय गर्न खटिएको थिएँ । त्यहाँ बसी सीआई सिटी गठनमा सक्रिय, बाँकेको नरैनापुर, कपिलवस्तुको यशोधरा, पकडी, रूपन्देहीका सीमाका स्थानीय निकायमा तथा संक्रमितको नजिकमा रही विशेष काम गर्नुपरेको थियो ।

संघको काम पनि

देशभरको चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि भएकाले त्यो सरकारी अनुभवलाई आत्मसात गर्दे महामारीमा अग्रपंक्तिमा सेवारत आफ्ना सदस्यलाई सुरक्षित राख्न, मानमर्यादा उँचो बनाउन तथा हौसला दिन पनि सक्रिय रहें । चिकित्सक सहकर्मीलाई मास्क, पहिचानको ज्याकेट, थर्मल गन, यातायात, क्वारेन्टिन, आइसोलेसन, होटल व्यवस्था, स्वास्थ्य बिमा रेम्डेसिभिर, प्लाज्मालगायतका काम सफलीभूत पार्न सकियो । चिकित्सक संक्रमित भएर जटिलता आए आईसीयू र भेन्टिलेटरको व्यवस्था, प्लाज्मा थेरापी, रेम्डेसिभिरको उपलब्धताको प्रत्याभूति दिलाउन लागियो । यसैबीच देशका विभिन्न स्थानमा पुगेर स्वास्थ्यकर्मीको मनोबल बढाउँदै आफ्नै स्रोत तथा सहयोगबाट प्राप्त नेपाल चिकित्सक संघको आइडेन्टिटी या डिग्निटी ज्याकेट, स्यानिटाइजर, मास्क हस्तान्तरण पनि गरियो । जनतालाई स्वास्थ्य परामर्श दिन मोबाइल नम्बरमार्फत चौबीसै घण्टा सेवा आजसम्म दिँदै छु र उपचार नै जरुरत पर्नेलाई लकडाउनका बेला पनि उपचार सेवा प्रदान गरिरहेको थिएँ ।

संक्रमित हुदाँको क्षण र समय’bout

मलाई संक्रमण कहाँ र कोबाट भयो भन्नेमा म हालसम्मै खोजीमा छु ’cause एक त दिनमा धेरै स्थान र व्यक्ति तथा बिरामीसँग सम्पर्कमा रहने दोस्रो कोरोना आफैंमा नयाँ रोग । संक्रमण, लक्षण अवधि, जटिलता समय, निको हुने र पीसीआर नेगेटिभ हुने समय विश्वभर आज पनि बहसमा छन् ।

मलाई ११ असोज आइतबारका दिन बेलुका हल्का ज्वरो देखियो । तथापि, उक्त दिन व्यस्तताका कारणले खाना नखाएको तथा विगत ६ महिनादेखि बिहान, साँझ नभनी तथा शनिबार, सार्वजनिक बिदा नभनी काममा व्यस्त भएकाले होला भन्दै सुतें । सोमबार बिहान स्वस्थ नै महसुस भएपछि दिनभरको काममा व्यस्त भए तर बेलुका शरीर तातेका कारण सिटामोल खाएर सुतें । मंगलबार फ्रेस नै लागेकाले ललितपुर मेयरसाबको नजिकका सम्पर्कको स्वाब नमुना लिने कार्यक्रम, तालिम केन्द्र तब एचआईभी÷एड्सको कार्यक्रम सकी २ बजेतिर प्रदेश २ को अस्पतालको कोभिड र ननकोभिड सेवा अनुगमन गर्न वीरगन्जतिर लागेको थिएँ । उपलब्ध तथ्यांकलाई आत्मसात गर्दै विगत १० दिनमा भएका बैठक, भेटघाट, छलफल, उपचार गरेका बिरामी सबैलाई फ्ल्यासब्याक गर्दा पनि संक्रमण भएको यकिन थिएन । मेयरसाबका नजिकका सम्पर्कमा रहेकाको पनि कसैको कोरोना पाजेटिभ आएन । तसर्थ, पीसीआर गरेन ।

प्रदेश २ को यात्रा

फर्पिङको बाटो हुँदै गाडीमा हेटांैडा हुँदै वीरगन्ज पुगेकाले होला राति सुतेका बेला पसिना आउनेगरी ज्वरो आयो, ज्वरो बढी भएकाले होला खाना रुचेन । तर, स्वाद थियो, गन्ध पनि थियो । भोलिपल्ट बिहान उठेर साथीभाइ भेट्दै चियानास्ता गरेर नारायणी अस्पताल, वीरगन्ज गई काम सकी खाना खाएर जनकपुर लागियो र त्यहाँ पनि जनकपुर अस्पताल हेरी जानकी मन्दिरको दर्शन गर्दे जनकपुरमै बसियो । तर, कामले धपेडी, थकान यथावत् रहेकाले त्यस दिन पनि हलुका शरीर तात्यो । तर, सिटामोल खानुपरेन र पसिना पनि आएन । भोलिपल्ट बिहानै ४ बजे उठेर राजविराज ७ बजे पुगेको थिएँ ।

राजविराज र त्यसपछि

असोज १५ गते बिहीबार बिहानै राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल पुगें । अस्पतालको कार्यालयमा जाँदा त्योसँगै सटेको घरमा मानिस देखेपछि त्यहीँ गएर सबैको फोन नम्बर मागे र स्पष्ट नहुँदा नजिकै गएर लेखँे । त्यतिकैमा क्यान्टिनतिरबाट कोही ‘ए दाइ, त्यहाँ किन गएको ? तिनीहरू त कोरोना लागेका हुन् भनेर चिच्याए । मसँग नजिकै रही कुरा गरिरहेका अस्पतालकै पीसीआर ल्याबका कर्मचारी जो कोभिड–१९ पोजेटिभ भई अस्पताल निवासमै आइसोलेसनमा रहेछन् । तब नआत्तिएर एसएमएस अपनाउँदै अस्पतालको अनुगमन गर्ने र कोभिड तथा ननकोभिड सेवा सुविधा हेरेँ।

काठमाडौं आइपुगेपछि

बर्दिबास हुँदै बेलुका ६ बजेतिर काठमाडौं घरमा आइपुगें । तब शरीर तात्न थालेपछि परिवारलाई आइसोलेट गरे । ज्वरो बढ्दै गएपछि औषधि खाई सुतें । भोलिपल्ट पनि फ्रेस नभई हल्का ज्वरो भएपछि कार्यालय नगई श्रीमतलिाई थर्माेमिटर र पल्स अक्सिमेट्र िल्याइदिन भनें । हरेक घण्टामा नाप्दै बस्न थालें । असोज १५ गते सुर्खेतका अनन्य मित्र डा. हरि सापकोटाको मृत्युले मेरो मनमा चिसो पस्न थालिसकेको थियो । शनिबर भएकाले पीसीआर ल्याब बन्द होलान् र एक दिन थप हेरांै भनी आइतबर बिहान पीसीआरका लागि नमुना दिए । बेलुका सिटी अंक १९ सहित कोरोना पुष्टि भएको रिर्पाेट पाएँ ।

सोमबार र मंगलबबारको सार्क तहको आकस्मिक सेवाका लागि अस्पतालहरूको तयारी होपको भच्र्युअल तालिम भएकाले ज्वरो, रक्तचाप, अक्सिजनको मात्रा हेर्दै सहभागी भएँ । तर, मंगलबारको दिन बिहान १० बजेदेखि अक्सिजनको मात्रा ९७ प्रतिशतबाट घट्दै गएपछि, सुख्खा खोकी सुरु भयो र अक्सिजनको मात्रा ९० तल हुन थालेपछि खोकी झनै बढ्न थाल्यो । तालिमलाई निरन्तरता दिन सकिनँ । तातो पानी, औषधि, खोप्टो परेर सुत्ने गर्दा पनि सुख्खा खोकी र अक्सिजनको मात्रामा सुधार नभई श्वास फेर्न गाह्रो हुँदै झनै ८५ तिर पुगेपछि अस्पताल जानैपर्ने महसुस गरें । श्वास फेर्न ज्यादै गाह्रो, लगातारको सुख्खा खोकी, ज्वरोले अब त बा“च्न सकिँदैन होला । मृत्यु भएकाको प्रतिशतमै समाहित भइन्छ भन्ने लागिसकेको थियो ।

टेकु अस्पतालमा उपचाररत

डा. अनुप बास्तोलालाई फोन गरेर जानकारी दिँदा तुरुन्त अस्पताल पुग्नपर्ने भनेपछि तयारीदेखि संलग्न, साथीभाइ र सरकारी अस्पतालकै पूर्ण विश्वास रहेकाले टेकु अस्पतालमै आउने भनेपछि बेड छैन । तर, आउनुस् आकस्मिकमा राखेर भए पनि उपचार गरांैला भनेपछि ३ बजे टेकु अस्पताल पुगें । चिकित्सक साथीहरू तयारीमा भएकाले सिटी स्क्यान गरेर भाग्यले आईसीयू बेड पनि खाली भएकाले आईसीयूमै लगे । सिटीमा दुवै फोक्सोमा निमोनिया भई गम्भीर एआरडीएस अर्थात् सेभेर कोभिड–१९ निमोनिया देखिएको थियो । आईसीयूमा जानासाथ नसा खोल्ने, अक्सिजन जोड्ने र केही आवश्यक परीक्षण सुरु भए । अक्सिजन जोड्नासाथ सहज भई स्वर्गमा पुगेझंै आनन्द आयो, खोकी कम भयो र निद्र्रा लाग्न सक्ने अवस्थामा पुगें । अब बाँचिन्छ कि भन्ने आशा जाग्यो ।

उपचारमा सबै औषधि ट्रायलमा भएकाले लक्षणअनुसारका औषधि कुनै नाइटो वरिपरि, कुनै तिघ्रामा त कुनै नसाबाट दिँदै डाक्टरको सल्लाहमा रेम्डेसिभिर बेलुकाबाटै सुरु भयो । म मधुमेहको बिरामी त्यो पनि धपेडीका कारण नियन्त्रणमा रहन नसकेकाले संक्रमणले धेरै देखियो र उपचारका क्रममा त्यो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । औषधि, सुई र रगतमा चिनीको मात्रा हेर्न पटकपटक तानिने रगतले कष्ट त दिएको थियो तर सहज र स्वस्थ हुने आशामा सबै गौण थिए । उपचाररत रहँदा आफ्ना प्रतिबद्धता, आइरहने मेसेज र मोबाइल फोनले तथा त्यहाँ प्रस्तुत हुने सहानुभूति, आश्वासन र खोजबिन तथा फोन गर्नेको आफ्नै कामको प्राथमिकता र जबरजस्तीले फोन उठाउन पनि छोडें । राष्ट्रिय पत्रिकामा लेखिने स्तम्भ जसरी भए पनि लेख्नुपर्छ भन्दै ल्यापटप खोल्दा र लेख्न खोज्दा आ“खा नै तिरमिराउँथ्यो । हेर्न नसक्ने भएपनि प्रतिबद्धता भन्दै पूरा गरें । स्टाफ कलेजको दैनिक २ घण्टा सञ्चालन हुने अनलाइन तालिम पनि जानकारी दिएर नै सहभागी भएँ ।

सरकारले १४ दिनमा डिस्चार्ज गर्ने भने पनि एक हप्तामा स्वास्थ्यमा उल्लेखनीय सुधार, परिवार नै चिकित्सक र स्वाबमा सिटी भ्यालु ३४ देखिएकाले घर जाने इच्छा जाहेर गरें । चिकित्सकहरूको १० दिनको होम क्वारेन्टिन र एक हप्तापछिको फलो अप अनिवार्य मान्ने सर्तमा डिस्चार्ज भई घरमा आएँ । एक सातापछि फलोअपमा जाँदा गरेको स्वाब नेगेटिभ र सिटी स्क्यानमा निमोनिया र दागहरू भर्ना भएको बेलालाई १०० मान्ने हो भने ७० ठीक भएको छ भन्ने खबरले थोरै भए पनि खुसी प्राप्त भयो ।

सन्देश :
के ठूला, के साना । के साथी, के परिवार, के प्रधानमन्त्री तथा राष्ट्रपति कसैलाई पनि कारोना छैन होला भन्ने ग्यारेन्टी नगर्नुहोस् । म मात्र सुरक्षित छु । जसलाई पनि कोरोना भएको छ भन्ने सोचेर हरेक स्थान र समयमा एसएमएस अवलम्बन गर्नुपर्छ । रोगले कसैलाई लक्षण नदेखाउला त कसैलाई सामान्य लक्षण । तर, जसलाई जटिलता हुन्छ, उनलाई मृत्यु वा मृत्युको मुखमा पु¥याउँछ । निको भए पनि विविध पोस्ट कोभिड सिन्ड्रोम छोडेर जान्छ । पोस्ट कोभिड सिन्ड्रोमले दुःख दिइरहने तथा पुनः संक्रमण झन् कडा हुन सक्ने भएकाले निको भएर अजम्बरी नठानांै । सबैले अक्सिजन सिलिन्डर, थर्माेमिटर र पल्स अक्सिमेट्री घरमै राख्यांै भने ज्येष्ठ नागरिक, दीर्घरोगी र अन्य परिवारलाई अस्पताल खोज्दा र पु-याउँदासम्म जोगाउन सकिन्छ ।

अन्तमा, यो ४९ वर्षमा मानिस, समाज चिन्ने अवसर कोरोनाले दियो । गाउँघरमा देख्दै र समाचारमा सुन्दै आएको छुवाछूतको प्रत्यक्ष पीडक भइयो । छुवाछूतमा पीडकलाई कस्तो महसुस हुँदोरहेछ भन्नेको अनुभव पनि कोरोना संक्रमणले गरायो ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी