कर्णाली राजमार्गमा माईक्रो बस दुर्घटना हुँदा २ को मृत्यु १५ जना घाईते (सूचीसहित)

दैलेख । कर्णाली राजमार्गमा विहिबार माईक्रोबस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका गाउँपालिका १ का भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही, नरहरिनाथ गाउँपालिका ८ का २१ बर्षका कमल विक हुन ।

घाईते हुनेमा कालिकोट शुभकालिका गाउँपालिका २ का ४९ बर्षका दिर्घ शाही, २५ बर्षका कलेन्द्र जंग शाही, वडानं ४ का २२ बर्षका तर्क राज शाही, वडानं ३ का २५ बर्षिय तिर्थराज शाही, वडानं ५ का ४० बर्षिय दिल ब.रोका हुन् । त्यसैगरि कालिकोट जिल्लाका खाडाचक्र नगरपालिका २ बस्ने ४९ बर्षिय धिरबहादुर शाही रहेका छन् । सोही वडाका ३३ बर्षका भरत शाही, खडाचक्र न.पा.११ की ४२ बर्षिया कसु शाही ( महिला ),खडाचक्र न.पा.६ का ४४ बर्षका धिरेन्द्र शाही जुम्ला कनिका सुन्दरी गापाका ४ का ४५बर्षिय नरबहादुर बुढा र कालिकोट जिल्ला महाबै गापाका ५ का २१ बर्षिय विवस शाही रहेका छन् । घाईते मध्ये कसैको टाउको,कसैको खुट्टामा चोटपटक लागेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

त्यसैगरि बर्दिया जिल्ला राजापुर नगरपालिका ९ घर भई जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत २२ बर्षिय प्रहरी जवान निराजन चौधरी,दाङ्ग घोराही नगरपालिका १७ घर भएका जिप्रकामा कार्यरत प्रहरी जवान २६ रमेश चौधरी, री जवान रमेश चौधरी, सुर्खेत वि.न.न.पा. १० घर भएका ४२ बर्षिइ आयुस खान, सुर्खेत बि. न.पा.३ का २५ बर्षिय कालिकोट कार्यरत प्रहरी सहायक निरिक्षक विमल विसी घाईते भएको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याले दैलेखले जनाएको छ । घाईतेको सुर्खेत देउती अस्पतालमा उपचार भईरहेको केही घर फर्कि सकेका सुर्खेत प्रहरीले जनाएको छ ।

राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका –१ टुईकुनामा माईक्रोबस दुर्घटना भएको हो । कालिकोट देखी सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बस तिब्रगतिमा हुँदा अनियन्त्रित भई को कारण खुलेको छैन । बस राजमार्गबाट १०० मिटर तल खसेको छ । बसमा कालिकोटबाट २१ यात्री सवार थिए ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप