Sunday, May 9, 2021
Home प्रदेश इटहरी खानेपानीमा थोरै कर्मचारीबाटै गुणात्मक काम

इटहरी खानेपानीमा थोरै कर्मचारीबाटै गुणात्मक काम

विवेक विवश रेग्मी,

विवेक विवश रेग्मी, इटहरी । इटहरी ९ का बीजेन्द्र पौडेलले इटहरी खानेपानीबाट पानी पिउँन थालेको दश वर्ष बित्यो । त्यसअघि उनको परिवारले कलको पानी प्रयोग गर्दै आएका थिए । खानेपानी जडान गरेसँगै आफ्नो जीवनमा सहज भएको पौडेल अनुभूत गर्छन् पौडेल । भन्छन्, ‘खानेपानी जडान गरेको दश वर्ष बित्यो, स्वच्छ पानीको प्रयोग गर्न पाउँदा स्वास्थ्य पनि सहज भएको अनुभूती हुन्छ ।’ उनले मासिक तीन देखि चार सय रुपैँयासम्म पानीको बिल तिरेपनि स्वच्छ खानेपानी प्रयोग गर्न पाउँदा मन दंग रहेको सुनाए ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरी क्षेत्रमा स्वच्छ खानेपानी पिउँने उनीजस्तै १८ हजार बढी घरपरिवार रहेका छन् । पछिल्लो समय इटहरीमा खानेपानीको धारा जडान बृद्धि भएसँगै कलको पानी प्रयोग गर्नेको संख्या न्यून हुँदै गएको छ । धारा जडान गरेर स्वच्छ पानी प्रयोग गर्नेको संख्या समेत बढ्दै गएको छ ।

इटहरी ५ की सकुन्तला श्रेष्ठले खानेपानीको धारा जडान गरेको करीब १३ वर्ष बित्यो । उनले धारा जडान गरेपछि पिउँने पानी प्रयोगमा सहज भएको बताइन् । ‘पहिला कलको पानीमा गन्ध आउँदा समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘धारा जडान गरेपछि पहाडको कुवाको पानीजस्तै मीठो पानी प्रयोग गरिरहेका छौँ ।’ उनले दिउँसोको समयमा कहिलेकाहीँ पानी नआउने हुँदा समस्या हुने गरेको उदृत गर्दै स्वच्छ पानी प्रयोग गरेबापत खानेपानी कार्यालयलाई मासिक पाँच देखि छ सय रुपैँयासम्म तिर्दै आएको सुनाइन् । ‘केही वर्ष अगाडिसम्म इटहरी उपमहानगरपालिका कार्यालयमा गएर पानीको पैसा तिथ्र्यौँ, आजभोलि मोबाइल बैँकिङबाट तिर्दै आएका छौँ,’ पछिल्लो समय प्रविधिको प्रयोगले सहज भएको सम्झदैँ उनले भनिन्, ‘यसअघि घण्टौँसम्म लाइन बसेर रकम तिर्नुपर्ने बाध्यता हटेकाले पनि समयको बचत भएको छ ।’

खानेपानीको यो व्यवस्थापनमा यहाँका कर्मचारीहरुको तदारुकता मुख्य कारक मानिएको छ । ०५४ सालमा सातजना कर्मचारीबाट सुरु भएको इटहरी खानेपानीमा हाल ४२ जना कर्मचारी कार्यरत छन् । सेवा विस्तारसँगै कर्मचारीहरुको संख्यासमेत थप गर्नुपरेको शाखा प्रमुख राजु दंगालको दावी छ । दक्ष तथा निष्ठावान यीनै कर्मचारीहरुको कारण खानेपानीको सेवा प्रवाहलाई उपभोक्ताहरुले मन पराएका छन् ।

‘बस्ती बढेसँगै धारा जडान गर्नेको संख्या पनि बढ्दै गएको छ, र यो सँगै कर्मचारीहरुको संख्यासमेत थप भएको छ,’ दंगाल भन्छन्, ‘खानेपानी संस्थाले पनि कर्मचारीले न्यूनतम पारिश्रमिक पनि पाएकाले उपभोक्ताको सेवाका लागि कुनै सम्झौता गरेको अवस्था छैन ।’

खानेपानी कार्यालयले सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउँदै आएकाले कर्मचारीमा उत्साह सँगै काम गर्न प्रेरित गर्ने कार्यालयको दावी छ । शाखा प्रमुख दंगालका अनुसार स्थापना कालमा नेपाल सरकारले तोकेको एक हजार एक सय ४० रुपैँया तलव खाने कर्मचारीले हाल ४३ हजार ७७५ रुपैँया सम्म तलब बुझिरहेका छन् । त्यस समयमा कार्यालय सहयोगीको नौ सय ६० रुपैँया तलव थियो, हाल उनीहरुको २१ हजार ७५२ रुपैँया तलव रहेको दंगालले बताए ।

दंगालका अनुसार वर्षमा सार्वजनिक विदा तथा शनिबार पनि कार्यालयको सम्पूर्ण सेवामा खटिने कर्मचारीलाई सट्टा विदा र थप एक महिनाको अतिरिक्त पारिश्रमिक दिने गरेका कारण पनि यहाँ काम गर्ने कर्मचारीहरु खुशी छन् ।

‘सार्वजनिक विदा र शनिबार पनि कार्यालयको सम्पूर्ण सेवा सूचारु हुन्छ,’ उनले भने, ‘वर्षभरी सेवा दिएवापत कर्मचारीलाई वर्षमा १० दिन पशासनिक विदा, ३० दिन सट्टा विदा आलोपालो र एक महिनाको अतिरिक्त पारिश्रमिकको सुविधा रहेको छ ।’ पारिश्रमिक र सेवासुविधा राम्रो हुनुको मुख्य कारण खानेपानी संस्थाको आम्दानी हो ।

उनका अनुसार हाल इटहरीका कुल ३३ हजार ७९४ घरपरिवार मध्ये १८ हजार ४५१ घरपरिवारले स्वच्छ खानेपानी पिउँदै आएका छन् । उनीहरुबाट खानेपानी कार्यालयले मासिक ५० लाख रुपैँया संकलन गर्दै आएको शाखा प्रमुख दंगालले बताए । ‘एक घरधूरीबराबर प्रतिमहिना १८ युनिट सम्म औषतमा बिल उठ्ने गरेको छ,’ उनले सुनाए, ‘१८ युनिट भनेको कुल दुई सय ७० रुपैँया हो, यसै हिसाबबाट पानीको रकम संकलन भइरहेको छ ।’

अझ प्रविधिको प्रयोगले आम्दानी झन् बढाएको छ । अनलाइनबाटै पैसा तिर्नेको संख्या पनि बढिरहेको छ । बस्ती बढेसँगै धारा जडान गर्नेको संख्या बढिरहेको र यो सँगै उपभोक्ताले घरमै बसेर अनलाइनबाटै सेवा पनि पाइरहेको दंगालको भनाइ छ । ‘प्रविधिको प्रयोगले उपभोक्तामा सहज भएको छ,’ उनी भन्छन, ‘स्वच्छ पानी पिएबापत घरमै बसेर इसेवा, खल्ती र आइएमी पे लगायतका अनलाइन एप्लिकेशन मार्फत पैसा तिर्न सकिन्छ ।’ अनलाइनबाट नतिरेको अवस्थामा भने इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानी शाखा वा खानेपानी कार्यालयमा गएर पैसा तिर्न सकिने दंगालले बताए । दंगालका अनुसार हाल खानेपानीका कुल ग्राहकको ४० प्रतिशत उपभोक्ताले अनलाइनबाटै पैसा तिर्दै आएका छन् ।

तीन वर्ष अगाडिदेखि खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेसँगै उपभोक्तामा सहज अनुभूति भएको महसुस गरिएको इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई बताउँछन् । ‘यसअघि टाढा–टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘हामीले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएपछि उपभोक्तालाई निकै सहज भएको अनुभूति गरेका छौँ ।’ अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरिएको उनले सुनाए ।

खानेपानी कार्यालयका व्यवस्थापक हरि कटवालका अनुसार संस्थाले थोरै कर्मचारीहरुबाट गुणात्मक काम लिइरहेको छ । विश्व खानेपानी संस्थाका अनुसार एक हजार घरधूरी बराबर ४ जना कर्मचारी आवश्यक पर्दछ । तर, इटहरीमा एक हजार घरधूरी बराबर दुई जना मात्रै कर्मचारी परिचालन भएको कटुवाल बताउँछन् ।

स्थापना कालमा ७५ वटा धारा जडान भएको भएपनि अहिले बस्ती र घरधूरी बढेकाले धारा जडान गर्नेको संख्या पनि बढिरहेको उनले सुनाए । खानेपानी जति विस्तार भएपनि दक्ष र कामप्रति निष्ठावान कर्मचारीहरुले जस्तोसुकै चुनौतिलाई स्वीकार गर्ने कट्वालको दावी छ ।

‘हामीकहाँ दक्ष जनशक्ती र अनुभवी कर्मचारी भएकाले उपभोक्ताको माग अनुसार समस्या समाधान भइरहेको छ,’ कटवालले भने, ‘सार्वजनिक विदा र शनिबारका दिन पनि सबै सेवा सूचारु हुने हुँदा उपभोक्तालाई पनि सहज भइरहेको हामीले महसुस गरेका छौँ ।’

पछिल्लो समय इटहरी खानेपानीले उपभोक्ताको हितका निम्ति विभिन्न अभ्यास गर्दै आएको छ । यो सकारात्मक पक्ष हो । यसले इटहरीका धेरैजसो मानिसहरुलाई स्वच्छ खानेपानी पिउनका लागि अभिप्रेरित समेत गर्दछ ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

करेला बेच्दै केटी फकाउँदै दीलिप रायमाझी

काठमाडौं । कोरोना संक्रमणको महामारी फेरि सुरु भएसँगै केही दिन यताबाट काठमाडौंसहित मुलुकका थुपैै जिल्ला लकडाउन छन् । जसका कारण नेपाली चलचित्र उद्योग ठप्प...

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

ट्रेन्डिङ

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

निषेधाज्ञामा पनि तयार भो ‘डान्सिङ विथ द स्टार नेपाल’

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो समय नेपालका टेलिभिजन च्यानलबाट टेली शृंखला तथा रियालिटी सोले निरन्तरता पाउन सकेका छैनन् । तर, यसैबीच पनि डान्सिङ...

आफ्नै बुवाद्वारा ११ बर्षीया छोरी बलाकृत, छोराद्वारा आमाको बलात्कार

बैतडी । बैतडीको पञ्चेस्वरमा एकजनाले आफ्नै ११ बर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ । यस्तै जिल्लाको पुरचौडीमा एक छोराले आफ्नै ६१ बर्षीय...

डक्टरले महिलालाई भित्री बस्त्र खोल्न लगाए अनि यौन दुर्व्यवहार गरे

सप्तरी, राजविराज । भान्जीको उपचारका लागि अस्पताल पुगेकी एक महिलामाथि उपचारमा संलग्न एक डाक्टरले आपत्तिजनक व्यवहार गरेको भन्दै शुक्रबार राजविराजस्थित छिन्नमस्ता अस्पताल दिनभर तनावग्रस्त...

वीर अस्पतालको विजोगः शय्या अभावमा धमाधम रेफर

काठमाडौं । देशकै जेठो अस्पताल वीरले पर्याप्त शय्या अभावका कारण विरामीलाई रेफर गर्ने गरेको छ । वीर अस्पतालले आकस्मिक सेवाका विरामीका लागि आईसियू पर्याप्त...

आत्मबल बढाउँदै दाङका कोरोना सङ्क्रमित

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका-५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत...

२६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ । आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, कास्की, बारा,...

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै...

कोरोना प्रभावित अर्थतन्त्र र विकास

कोरोना भाइरसले सम्पूर्ण विश्वमा एकै समय त्रासपूर्ण वातावरण सिर्जना गर्दा अतिविकसितदेखि कमजोर राष्ट्र सबै महामारीको चपेटामा परेका छन् । यी सबै देश कोरोना रोकथाममा...

पाख्रिनाको ‘झोला झाल’ प्रसारको लागि तयार

काठमाडौं । नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । केही अगाडि छायाँकन भएको सिरियल अहिले...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)