Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

सुभाष साह,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ । बैठकले पार्टीको १०आंै महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडांैमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ । महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ । बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्रको गुटगत भेला तथा आफू अनुकूलका निर्णयले पार्टीभित्रको विवाद चुलिँदै गएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनित गरेको छ । तर, त्यसलाई माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अस्वीकार गर्ने बताएपछि विवाद बढ्ने देखिएको हो । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहलाई जानकारी नै नदिई जिम्मेवारी हेरफेर, मनोनित गरिएपछि विवाद बढेको छ ।

– १०औं महाधिवेशन २ देखि ६ मंसिर २०७८ मा तय
– माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी
– अध्यक्षको ७० वर्षे प्रावधान हट्ने
– गुटगत भेला र निर्णयले पार्टीमा विवाद बढ्दो

नेपाल र खनाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै गुटगत भेला गरेका थिए । लगतै शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूको बैठक राखी विभिन्न निर्णय गरे । सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूह चिढिएको छ ।

बैठकले नेताहरूको जिम्मेवारीसमेत व्यापक रूपमा फेरबदल गरिएको छ । प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाललाई चयन गरिएको छ । यस्तै, प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभु साह, सचिवमा सुमन प्याकुरेल, बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल, अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनीलाई चयन गरिएको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा, सचिवमा गोविन्द नेपाली, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह, सचिवमा धर्मराज रेग्मी रहेका छन् ।

आगामी बजेटमार्फत सरकारले आयात गरेर सामान बेच्नेलाई भन्दा पनि देशभित्रै उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने उद्योगलाई विशेष संरक्षण गर्ने नीति लिइने अर्थ मन्त्रालयको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा, सचिवमा राजेन्द्रसिंह रावललाई जिम्मेवारी दिइएको छ । यस्तै, स्कुल विभाग प्रमुखमा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, विदेश विभाग प्रमुखमा राजन भट्टराई, सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । यसैगरी, नेता प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले माओवादी केन्द्र परित्याग गरी एमालेमै रहने उद्घोष गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको नेता कर्णबहादुर थापाले बताए । २३ जना केन्द्रीय सदस्य मनोनित गरिएको उनले जानकारी दिए ।
मनोनित हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलमपाखी, कमल चौलागार्इं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा र दधिराम न्यौपाने रहेका छन् । यसैगरी, गिरधारी लाल, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर चौधरी, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताद्वय नेपाल र खनाललाई बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन् । नेपाल र खनाल समूहका केन्द्रीय सदस्य उपस्थिति नभएको देखेर ओलीले अगामी बैठकमा उनलाई बोलाउन महासचिवलाई निर्देशन दिएका हुन् ।

समानान्तर कमिटी बनाउने चेतावनी
एमालेका अध्यक्ष ओलीले पार्टीमा सल्लाह नै नगरी जिम्मेवारी हेरफेर केन्द्रीय सदस्य मनोनित र महाधिवेशनको मितिबारे निर्णय गरेपछि असन्तुष्ट नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गर्ने जनाएको छ । सो समूहले त्यसविरुद्ध देशव्यापी रूपमा समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिएको छ ।

ओली समूहको निर्णयलगतै शुक्रबार बानेश्वरमा बसेको नेपाल र खनाल समूहको स्थायी कमिटी बैठकले ओलीको एकलौटी निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएका छन् ।

ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि आक्रोशित बनेको नेपाल र खनाल समूहले गुटगत निर्णय भएकाले स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

साताका लोकप्रिय समाचार

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वास मत लिन चाहेकाले राष्ट्रपतिले आगामी २७ वैशाख...

निषेधाज्ञाको पहिलो दिन : सुनसान सडक (फाेटाेफिचर)

काठमाडाैं ।  निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन...

ट्रेन्डिङ

स्याङजामा अहिलेसम्मको कोरोनाको रिपोर्ट नेगेटिभ

स्याङ्जा । स्याङजाका बिभिन्न स्थानीय तहमा गरिएको कोरोना भाइरसको नमुना अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सोमबारसम्म गरिएको ३ सय ४० जनाको...

सिरहामा एक कोरोना संक्रमितको मृत्यु

सिरहा । सिरहामा कोरोना भाइरस संक्रमित भएर उपचाररत एक जनाको आज (शुक्रबार) मृत्यु भएको छ । आज विहान करिब ११ बजे लहान नगरपालिका-९ खुट्टीपारी...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा, मोदीले गरे स्वागत

भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ...

कोरोना थप फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयोः सेना परिचालन

त्रिशूली । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको...

एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई लिएर सरकारले एसईई...

आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिए, ३८ संक्रमित सम्बन्धित पालिकामै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण नर्सिङ्ग कलेजमा निर्माण गरिएको अस्थायी कारोना विशेष अस्पताल (आइसोलेसन वार्ड) कोरोना संक्रमित बिरामीले भरिएको छ...

भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटा । लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई उद्योग बाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै...

बाजुरामा थप १ जनामा -यापिड टेस्टमा पोजेटिभ

बाजुरा । बाजुराको बुढिगगा नगरपालिकामा १ जनामा -यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । ¥यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा...

बलात्कार अभियुक्त छ वर्षपछि पक्राउ

पाँचथर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२...

विश्वकर्मा, सृष्टि र सौन्दर्य

हरेक वर्ष १ आश्विनका दिन श्री विश्वकर्मा भगवान्को पूजा गरिन्छ । देशैभरि भएका ठूलठूला कलकारखाना र ससाना कारखानामा पनि श्री विश्वकर्माको पूजा गरिन्छ ।...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

क्वारेन्टिनमा खुशी बाँडदै प्यूठानी समुदाय

प्युठान । कोरोना संक्रमणपछि कतिपय क्वारेन्टिनमा बसेकाले सकसपूर्ण जीवन बिताइरहेको बेला प्युठानका गाउँ घरमा भने रमाईला कुराले क्वारेन्टिनमा बस्ने हरुको मनमा दिक्दारी उत्पन्न हुन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)