पुलिस क्लबलाई काठमाडौं मेयर्स कपको उपाधि

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गरेर उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफ क्लबले तीन लाख रुपैयाँ पायो । टस जितेर ब्याटिङ गरेको एपीएफले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एक सय ६ रनको विजय लक्ष्य पुलिसले २४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै २ छक्का र ७ चौका प्रहार गरे । यस्तै, दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए। बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रन मात्र बनायो । उसले ५ रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना ३ महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना ४ रनमा तथा आसिफ शेख र शरद भेषवाकर शून्य रनमा पेभेलियन फर्किए ।

यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए । बलिङतर्फ गुल्सन झा र सागर ढकालले ४–४ विकेट लिए । यस्तै पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट लिए।

प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र काठमाडौं मेयर ११ सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्