टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडी अब इटहरीमा, यस्ता छन् विषेशता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्जअन्तर्गतका पाँचवटा नयाँ गाडी बिक्रीका लागि सार्वजनिक गरेको छ । पूर्वाञ्चलको इटहरीमा नाडा पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले यी नयाँ गाडी सार्वजनिक गरेका हुन् ।

यी गाडी टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ, बीएस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कम्पनीयुक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको सो कम्पनीले जनाएको छ । यसको बनावट अत्यन्तै सुन्दर रहेको भन्दै उसले टाटाको इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजअनुसार तयार पारिएकोे बताएको छ । बदलिँदो समयको मागअनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरू गाडीभन्दा निकै आरामदायी रहेको सो कम्पनीको दाबी छ ।

  शक्तिशाली बीएस सिक्स इन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाइनमा निर्मित ।
 विश्वसनीय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ पाँचवटा नयाँ मोडलका गाडी ।
 टाटा नेक्सन जसले हालै मात्र ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल ।
 ह्याचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको
 टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ प्राप्त ।

सो कम्पनीका अनुसार १२०० सिसी इन्जिन क्षमताको यस नयाँ टियागो गाडीको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी रातो, पहेंलो, निलोलगाएत ६ वटा रङमा उपलब्ध रहेको सो कम्पनीले जानकारी दिएको छ । यसैगरी, १२०० सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ क्यामेरा जस्ता अत्याधुनिक सुविधा रहेका छन् । मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँचवटा रङमा उपलब्ध रहेको सो कम्पनीले जनाएको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेको उसको भनाइ छ ।

त्यसैगरी, १२०० सिसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका नयाँ विशिष्ट विशेषता भएको नेक्सन ६ वटा रङमा उपलब्ध रहेको छ ।

१२०० सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित रहेको सो कम्पनीले जनाएको छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एनक्यापमार्फत प्रमाणित भइसकेको छ । साथै ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको सो कम्पनीले बताएको छ । त्यस्तै, २००० सिसी इन्जिन क्षमता भएको एच फाइभको सम्पूर्ण बनावट विशिष्ट वास्तुकलामा आधारित रहेको पनि सो कम्पनीले जानकारी दिएको छ । शक्ति, सुविधा र कार्यकुशलताका दृष्टिकोणले यो गाडी अतुलनीय भएको दाबी गर्दै सो कम्पनिले हाल यो गाडी विभिन्न आकर्षक रङमा उपलब्ध रहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै