Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedवर्षा राउतको अभिनय रहेको सर्ट फिल्म ‘सावधान’ रिलिज

वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म ‘सावधान’ रिलिज

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा बालयौन दुराचारको विषयलाई उठाइएको छ ।

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा हेर्न पाइन्छ । वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् । त्यस्तै बुवाको भूमिकामा प्रवीण खतिवडा छन् । आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेका छन् ।

अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए । ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

बालबालिकासम्बन्धी काम गर्ने कुनै एनजिओले निर्माण गरेको हो कि जस्तो देखिए पनि सावधान व्यक्तिगत लगानीबाट बनेको फिल्म हो । करिब १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । ‘घरभित्र हुने यौनदुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पिडकहरु झन् उत्साही हुनसक्छ, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ एक निर्माता फुर्वाले बताइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मोडल कुन्साङ बोम्जन फिचर्ड 'केवल तिमीभित्रै'

स्क्रिप्ट पढ्ने बित्तिकै कथाले मन छोएको र आफू अभिनय गर्न तयार भएको वर्षा राउत बताउँछिन् । उनले थपिन्, ‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पु¥याउनु कलाकारहरुको कर्तव्य हो । यो फिल्मले पनि यही उद्देश्य बोकेको छ ।’

शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो । दर्शकहरुले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन् ।

बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको निर्मात्री फुर्वाले अवगत गराइन् । जनचेतनामूलक सिर्जनाहरु प्रस्तुत गर्दै जाने योजना यो अभियानको रहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 136 times, 1 visits today)

आजको समाचार

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

राजनीति कसका लागि ?

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

तस्विरमा कुमारी जात्रा (फाेटाेफिचर)

काठमाडाैं ।  सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गइ जात्रा अवलोकन गरेकी छिन् । जात्रा अवलोकन गर्न...

ट्रेन्डिङ

कार्यसम्पादन गुणस्तर बढाउने तत्वहरू

अन्य प्राणीभन्दा मानव विवेकशील प्राणी हो तथापि उसको सामाजिक र व्यवस्थापकीय कार्यसम्पादनमा उत्प्रेरणाको अहं भूमिका रहन्छ । घरायसी कार्य होस् वा सामाजिक तथा औपचारिक...

संक्रमित भन्दा संक्रमणमुक्त हुने दर बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)