खोटाङमा रुखबाट लडेर फुपुभदैको मृत्यु

सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको छ । घाँस काट्नेक्रममा रुखबाट लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय उर्मिला थापा र साकेला गाउँपालिका–४ मात्तिम आहालेका ६७ वर्षीय रामबहादुर खड्काको एकै दिन मृत्यु भएको हो ।

हिजो आइतबार दिउँसो घर नजिकै दुधिलोको घाँस झार्नेक्रममा लडेर गम्भीर घाइते भएकी थापाको जिल्ला अस्पताल दिक्तेलमा उपचारकोक्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दिन खन्यूको घाँस काट्नेक्रममा रुखबाट खस्दा खड्काको घट्नास्थलमै मृत्यु भएको मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । वडाअध्यक्ष भट्टराईका अनुशार मृतक खड्का र थापा साइनोले फुपुभदै हुन् ।

  • सुर्य तामाङ
तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)