Saturday, September 25, 2021
Your Ads Here
HomeEditor-Picksआमा सँगै कर्णाली नदीमा हेलिएकी रजनीको शब नौ दिनपछि भेटियो

आमा सँगै कर्णाली नदीमा हेलिएकी रजनीको शब नौ दिनपछि भेटियो

राजधानी समाचारदाता,
sharethis

दैलेख । आमा सहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिका ३ की ५ बर्षिया बालिका रजनी बडुवालको शव भेटिएको छ । वेपत्ता भएको ९ दिनपछि रजनीको शब अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।

बालिकाको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टम लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइने डिएसपी श्रेष्ठले जानकारी दिए । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलीपल्ट अर्थात फागुन २४ मा सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट २५ मा सुकी र १० वर्षीया छोराको ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । यस्तै १२ वर्षीया सरिता कक्षा ५, १० वर्षका ललित कक्षा ३ र ५ वर्षीया रजनी कक्षा १ मा अध्ययनरत थिईन ।

पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको प्रहरी अनुसन्धानले देखाएको छ। आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भएका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन्। मानसिंहले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको स्थानीय बासिन्दाहरुको भनाइ छ। प्रहरीले उक्त घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 147 times, 1 visits today)

आजको समाचार

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

साताका लोकप्रिय समाचार

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

तस्विरमा कुमारी जात्रा (फाेटाेफिचर)

काठमाडाैं ।  सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गइ जात्रा अवलोकन गरेकी छिन् । जात्रा अवलोकन गर्न...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

ट्रेन्डिङ

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।...

जातीय विभेदविरुद्ध प्रकाश सपूतको नयाँ गीत

काठमाडौं । गायक प्रकाश सपूतले आफ्नो नयाँ गीतमा छुवाछूत र अन्य नाममा मानिसबीच हुने विभेदविरुद्ध आवाज उठाएका छन् । उनले शुक्रबार रिलिज गरेको ‘मान्छे...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)