भारतविरुद्ध इग्ल्यान्डको सहज जीत

अहमदावाद । भारतविरुद्धको तेस्रो टी–२० मा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । जितसँगै पाँच खेलको टी–२० सिरिजमा २–१को अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा भारतले दिएको १ सय ५७ रनको लक्ष्य २ विकेटको क्षतिमा पुरा गर्दै ८ विकेटको फराकिलो जित हासिल गरेको हो ।

इंग्ल्यान्डको जितमा जोस बट्लर र जोनी बेइस्ट्रोले नटआउट ८३ र ४० रनको योगदान दिए । यस्तै, डेविड मलानले १८ तथा ज्यासन रोयले ९ रन जोडे । यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।

सुरुवाती ३ विकेट सस्तैमा गुमाएको भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७७ रनको पारी खेल्दै सम्माजनक योगफलतर्फ डोहोर्याए । यस्तै, रिषभ पन्तले २५, हार्दिक पाण्ड्याले १७ तथा रोहित शर्माले १५ रन बनाए । जितसँगै इंग्ल्यान्डले ५ खेलको टी–२० सिरिजमा २१को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेट तथा दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा