ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समुह नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएका छन् ।

बिहीबार बिहान ११ बजे बस्ने गरी संदीय दलको बैठक डाकिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

एमालेको माधव नेपाल समूहले अध्यक्ष ओलीको निर्देशनलाई बेवास्ता गर्दै राष्ट्रिय भेला आयोजना गरेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले भोलिको बैठकमा सहभागी हुन नभ्याउने नेपाल पक्षिय नेताको भनाई छ । नेपाल पक्षले भेला गर्ने भएपछि महासचिव इश्वर पोखरेलले भेलामा सहभागी हुनेलाई कार्वाही गर्ने भन्दै भेलामा सहभागी नहुन भन्दै विज्ञप्ती समेत जारी गरेका थिए । नेपाल पक्षिय नेताहरुले भने कार्वाहीका लागि आफ्नो समुह लामबद्ध भएको प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी