Thursday, August 5, 2021
Homeखेलथ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १० गते देखि १६ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपको विजेता ५ हजार र दोस्रो हुने टोली ३ हजार अमेरिकी डलर प्राप्त गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर हरेक खेलको म्यान अफ दि म्याचले २ सय ५० अमेरिकी डरल प्राप्त गर्नेछन् । एन्फाले दर्शकका लागि टिकट दर पनि तोकेको छ । भीआईपीतर्फ १ हजार ५ सय र साधारण प्याराफिट ७ सय टिकट दर तय गरेको हो । साधारणतर्फ १० हजार ५ सय र भीआईपीतर्फ १ हजार ५ सय दर्शकका लागि टिकट बिक्री गरिने राईले बताए ।

प्रतियोगितामा झन्डै १ करोड खर्च हुने र १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नेपाल, बंगलादेश र किर्गिस्तानबीच चैत १० गते सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका एन्फाले मंगलबार सार्वजनिक गरिसकेको छ । पहिलो खेलमा बंगलादेश र किर्गिस्तान चैत १० गते प्रतिस्पर्धा हुनेछ । घरेलु टोली नेपालले चैत १२ गते आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीच चैत १४ गते खेल हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले चैत १६ गते फाइनल खेल्नेछन् ।

विश्वकप छनोटअन्तर्गत तय भएको अस्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि एन्फाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भए पनि किर्गिस्तानको २३ वर्षमुनिको टोलीले खेल्नेछ । हाल बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट मैत्रीपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको अन्तिम छनोट हुने एन्फाले जनाएको छ । भारतीय लिग खेलिरहेका गोलकिपर किरण चेम्जोङ र अभिषेक रिजाललाई पनि टोलीमा समेट्न सम्बन्धित क्लबसँग छलफल भइरहेको प्रवक्ता राईले जानकारी दिए ।

(Visited 62 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

रगत लिने र दिने दुवैलाई लाभ

  विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८...

खर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउपालिकाको पहलमा खर्कमा रहेका गाई गोठमा पुगेर गाई बस्तुलाई उपचार गरिएको छ । हुम्लामा बर्षाको समयमा खर्क...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

ट्रेन्डिङ

लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

लमजुङ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङ चिसापानीको बुद्धोदय माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ बर्षीय...

अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलो पटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा आजबाट संचालनमा आएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)