Monday, July 26, 2021
HomeBreaking Newsनिजी कलेजले नपढाएको समयको शुल्क मागेपछि विद्यार्थी आन्दोलित

निजी कलेजले नपढाएको समयको शुल्क मागेपछि विद्यार्थी आन्दोलित

विवेक विवश रेग्मी,
sharethis

इटहरी । इटहरीका निजी कलेजले लकडाउनको समयमा अध्यापन नै नभएको शुल्क लिएको भन्दै यहाँका विद्यार्थीले गरेको आन्दोलन उत्कर्षमा पुगेको छ । विद्यार्थीलाई मानसिक यातना दिएर जबरजस्ती रुपमा निजी कलेज सञ्चालकहरुले जथाभावी शुल्क लिएको भन्दै अघिल्लो हप्तादेखि सडकमा उत्रिएका विद्यार्थीहरुको आन्दोलन उत्कर्षमा पुगेको हो ।

शुक्रबार यहाँका विश्वआदर्श, कस्तुरी, कोशी, शुष्मा, लगायतका कलेजमा अध्ययन गर्ने सयौँ विद्यार्थीहरुले इटहरीको मुख्य चौक, उपमहानगरपालिका परिसरमा आन्दोलन गरेर सडकमा चक्काजाम समेत गरेका थिए । बिहीबार इटहरी उपमहानगरपालिका, हिसान सुनसरी र कलेज प्रशासनबीच दा्रेसो चरणको बैठक बसिएको भएपनि कुनै निर्णय नआएपछि आफूहरु पुनः आन्दोलनमा उत्रिएको विश्व आदर्श कलेजका विद्यार्थी नीमा तामाङले बताए ।

इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने बिहीबारको बैठकमा उपमहानगरपालिकाले असोज महिना यताको मात्रै शुल्क लिन भनेको थियो । तर, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले भने १२ महिनाको नै शुल्क लिनुपर्ने भन्दै बैठकबाटै उठेर हिनेका थिए । शिक्षा शाखा प्रमुख सुवेदीले निर्णय सुनाउने बित्तिकै हिसान सुनसरीका अध्यक्ष घिमिरे र शुष्मा कलेजका सञ्चालक बोधराज नेपाल बैठकबाटै बाहिरिएका थिए ।

कलेजले शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने भन्दै विद्यार्थीबाट एक वर्षकै शुल्क उठाउन बाध्य भएको निजी कलेज सञ्चालकहरुले बताउँदै आएका छन् । यद्यपि, कलेजले भने लकडाउनको समयको भने शिक्षक र कर्मचारीलाई तलव नदिएको स्वयम् शिक्षकहरुले बताउँदै आएका छन् । उनीहरुले खुलेर नबताएपनि नाम नखुलाउने शर्तमा हालसम्म कोरोनाकालको तलव नपाएको र अहिले विद्यार्थीसँग आँफूखुशी शुल्क असुल्ने गरेको बताउँदै आएका छन् ।

शुल्कको विषय राष्ट्रिय मुद्दा भएकोले आफूहरूले शुल्क नघटाउने र कोर्ष सकेको रकम लिएको भन्दै निजी कलेज सञ्चालकहरुले जिकिर गर्दै आएका छन् । आफूहरुको माग सम्बोधन नभएपछि शुक्रबार विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका घेराउ समेत गरेका थिए । मानवीय यातना दिएर विद्यार्थीसँग शुल्क उठाइरहेको विद्यार्थीहरुको आरोप छ । सहमति जुट्न नसकेपछि विद्यार्थीहरुले शुक्रबार नै विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीले शुष्मा कलेजको गेट नै भत्काइदिएका थिए । इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी यसरी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको मागलाई विद्यार्थी संगठनले पनि साथ दिएका छन् ।

निजी कलेजका विद्यार्थीहरुको आन्दोलनलाई एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ र माओबादी निकट अखिल क्रान्तिकारीले विज्ञप्तीमार्फत समर्थन जनाएका छन् । हिसान सुनसरीले भने गत आइतबार आन्दोलनको कुनै औचित्य नभएको र कुतर्कको पछि नलाग्न भन्दै विद्यार्थीको आन्दोलनलाई कुतर्कको संज्ञा दिएको थियो ।

(Visited 236 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका छन् । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली...

‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला सम्पन्न

गौर। प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला...

समाजवादको आधार निर्माण : संस्थान निजीकरण होइन सुदृढीकरण

  समाजवादमा जान सार्वजनिक उद्यम नभई हुँदैन । संविधानमा राज्यका निर्देशक सिद्धान्तमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको...

मिलन र विछोडको कथानक

राजनीति शक्तिका लागि संघर्ष हो । लामो समयसम्मको परिश्रम, घोटाइ, घोकाइ, दलाइ, खटाइ र अथक उठापटकपश्चात् मात्र शक्तिमा पुग्न पाइन्छ । किन्तु धेरैजसो परिश्रमीहरू...

ट्रेन्डिङ

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

राजस्व छल्नु गम्भीर अपराध

बन्दाबन्दी तथा निषेधाज्ञा जारी रहेकै बेलामा पनि निर्माणसम्बन्धी काम र उपभोग्य सामग्रीको ओसारपसारलगायतका केही अत्यावश्यक काम रोकिएनन् । यतिबेला भएका कामको सिलसिलामा उठ्नुपर्ने राजस्व...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)